EN
EN English
M'Cheyne Bible Journey
Bible Reading Plan — M'Cheyne One Year
Follow this Bible Reading Plan through four passages a day—the Old Testament once and the New Testament and Psalms twice a year.
KO Korean
EN English
CN Chinese
JP Japanese
PH Philippine languages
HI Hindi
BN Bengali
TA Tamil
TE Telugu
ML Malayalam
FA Persian
MY Burmese
NE Nepali
MR Marathi
KN Kannada
HA Hausa
YO Yoruba
SW Swahili
IG Igbo
ID Indonesian
PT Portuguese
VI Vietnamese
AR Arabic
RU Russian
UK Ukrainian
RO Romanian
IT Italian
FI Finnish
TO Tongan
HR Croatian
SR Serbian
TR Turkish
HU Hungarian
PL Polish
SK Slovak
LA Latin
NL Dutch
CS Czech
FR French
ES Spanish
DE German
OT Other languages
Reading confirmation
Did you finish this M'Cheyne day?
Confirm it to mark this day complete on your M'Cheyne progress chart.
창세기 1
God Creates the Heavens and the Earth
1आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो।
The First Day: Light Separated from Darkness
2पृथ्वी आकारविनाको र शून्य थियो। गहिराइको सतहमाथि अन्धकार थियो, र पानीमाथि परमेश्वरको आत्मा घुमिरहनुहुन्थ्यो।
3अनि परमेश्वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” तब उज्यालो भयो।
4अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग गर्नुभयो।
5परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—पहिलो दिन।
The Second Day: The Expanse Made
6अनि परमेश्वरले आज्ञा गर्नुभयो, “पानीलाई पानीबाट अलग गर्नलाई पानीको बीचमा एउटा अन्तर होस्।”
7यसरी परमेश्वरले एउटा अन्तर बनाउनुभयो। अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो।
8परमेश्वरले अन्तरलाई “आकाश” भनेर नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो—दोस्रो दिन।
The Third Day: Land, Sea, and Vegetation
9त्यसपछि परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भयो।
10परमेश्वरले सुक्खा जमिनलाई “भूमि” र जम्मा भएको पानीको भागलाई “समुद्र” भनेर नाम दिनुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
11तब परमेश्वरले आज्ञा गर्नुभयो, “भूमिले वनस्पति, किसिम-किसिमका बिउ हुने बोटबिरुवा र बिउ हुने फल फल्ने रूखहरू पृथ्वीमा उमारोस्।” तब त्यस्तै भयो।
12भूमिले वनस्पति उमार्यो: आ-आफ्नै प्रकारअनुसारका बिउ भएका बिरुवा र रूखहरूले आ-आफ्नै प्रकारअनुसार बिउ भएका फलका रूखहरू उमार्यो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
13अनि साँझ पर्यो र बिहान भयो—तेस्रो दिन।
The Fourth Day: The Sun, Moon, and Stars
14तब परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशको अन्तरमा दिन र रात छुट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू जनाउने चिन्हहरू होऊन्।
15अनि पृथ्वीमा प्रकाश दिनलाई आकाशमाथि ज्योतिहरू चम्कून्।” तब त्यस्तै भइहाल्यो।
16परमेश्वरले दुई वटा ठूला ज्योतिहरू बनाउनुभयो—ठूलो ज्योति दिनमा प्रभुत्व गर्नलाई र सानो ज्योति रातमा प्रभुत्व गर्नलाई। उहाँले ताराहरू पनि बनाउनुभयो।
17परमेश्वरले तिनीहरूलाई आकाशको अन्तरमा पृथ्वीमा उज्यालो दिन;
18अनि दिन र रातमा प्रभुत्व गर्न; अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई राख्नुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
19अनि साँझ पर्यो र बिहान भयो—चौथो दिन।
The Fifth Day: Fish and Birds
20फेरि परमेश्वरले आज्ञा गर्नुभयो, “पानी जीवित प्राणीहरूले भरियोस् र पृथ्वीमाथि आकाशको अन्तरमा चाहिँ चराहरू उडून्।”
21यसरी परमेश्वरले समुद्रका आ-आफ्नै प्रकारका विशाल जलजन्तु र पानीमा झुण्ड-झुण्ड बनाएर पौडने तिनीहरूका आ-आफ्नै प्रकारका जीवित प्राणीहरू, र सबै पखेटा भएका चराहरूलाई आ-आफ्नै किसिमको गरी सृष्टि गर्नुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
22परमेश्वरले तिनीहरू सबैलाई आशिष् दिनुभयो र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै अनि संख्यामा वृद्धि हुँदै समुद्रको पानीमा भरिँदै जाओ र चराहरू पृथ्वीमा वृद्धि हुँदै जाऊन्।”
23तब साँझ पर्यो र बिहान भयो—पाँचौँ दिन।
The Sixth Day: Animals and Mankind
24फेरि परमेश्वरले आज्ञा गर्नुभयो, “पृथ्वीले विभिन्न जातका जीवित प्राणीहरू, अर्थात् प्रत्येकका आ-आफ्नै किसिमअनुसार: घरपालुवा जनावरहरू, जमिनमा हलचल गर्ने प्राणीहरू र जङ्गली जनावरहरू उत्पन्न गरोस्।” तब त्यस्तै भयो।
25परमेश्वरले जङ्गली जनावरहरू, घरपालुवा जनावरहरू र जमिनमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूका आ-आफ्नै किसिमले बनाउनुभयो। अनि परमेश्वरले देख्नुभयो, त्यो असल थियो।
26तब परमेश्वरले आज्ञा गर्नुभयो, “हामी मानिस जातिलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशका चराहरू, घरपालुवा जनावर, सबै जङ्गली पशु, र पृथ्वीमा चलहल गर्ने सबै प्राणीहरूमाथि शासन गरून्।”
27यसकारण परमेश्वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो,
28परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै, वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ। समुद्रका माछा, आकाशका चराहरू र जमिनमा हलचल गर्ने प्रत्येक प्राणीहरूमाथि शासन गर।”
29तब परमेश्वरले तिनीहरूलाई भन्नुभयो, “हेर, म तिमीहरूलाई सम्पूर्ण पृथ्वीमा प्रत्येक बिउ भएका बिरुवा र फलमा बिउ भएका प्रत्येक रूख दिन्छु। ती तिमीहरूका भोजनका निम्ति हुनेछन्।
30तर पृथ्वीमा भएका सबै पशुहरू र आकाशमा भएका सबै चराहरू र जमिनमा चलहल गर्ने सबै प्राणीहरू—जीवनको सास भएका प्रत्येकका निम्ति—म आहाराको लागि हरियो वनस्पति दिन्छु;” तब त्यस्तै भइहाल्यो।
31आफूले बनाउनुभएका सबै कुरा परमेश्वरले हेर्नुभयो र ती अति असल थिए। तब साँझ पर्यो र बिहान भयो—छैटौँ दिन।
마태복음 1
The Genealogy of Jesus Christ
1अब्राहामका पुत्र, दावीदका पुत्र येशू ख्रीष्टको वंशावली:
2अब्राहाम इसहाकका पिता,
3यहूदा फारेस र जेरहका पिता, तिनीहरूकी आमा तामार थिइन्।
4आराम अम्मीनादाबका पिता,
5सल्मोन बोअजका पिता, तिनकी आमा राहाब थिइन्,
6अनि यिशै राजा दावीदका पिता थिए।
7सोलोमन रहबामका पिता,
8आसा यहोशापातका पिता,
9उज्जियाह योतामका पिता,
10हिजकिया मनश्शेका पिता,
11अनि योशियाह येकोनिया र तिनका भाइहरूका पिता, तिनीहरू बेबिलोनमा लगिएको समयमा जन्मेका थिए।
12बेबिलोनमा लगिएपछि:
13यरुबाबेल अबिहूदका पिता,
14आजोर सादोकका पिता,
15एलिहूद एलाजारका पिता,
16अनि याकोब योसेफका पिता, जो मरियमका पति थिए। अनि मरियमले ख्रीष्ट भनिने येशूलाई जन्म दिइन्।
17यसरी अब्राहामदेखि दावीदसम्म जम्मा चौध पुस्ता, दावीददेखि बेबिलोनमा लगिएको समयसम्म चौध पुस्ता र बेबिलोनबाट निकाला भएदेखि ख्रीष्टसम्म चौध पुस्ता छन्।
The Birth of Jesus
18येशू ख्रीष्टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको मगनी योसेफसित भएको थियो। तर तिनीहरूको विवाह हुनुभन्दा अगि नै यो थाहा भयो, कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्।
19तिनका पति योसेफ एक धर्मी मानिस भएका हुनाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्क त्यागिदिने विचार गरे।
20तर ती दिनहरूमा योसेफले यस्तो विचार गरेपछि प्रभुका एउटा दूतले सपनामा तिनीकहाँ देखा परेर यसो भने, “दावीदको पुत्र योसेफ, मरियमलाई तिम्री पत्नीको रूपमा घर लैजान नडराऊ। किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
21तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।”
22यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको थियो:
23“कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँलाई इम्मानुएल भन्नेछन्,” जसको अर्थ हो, “परमेश्वर हामीसित।”
24योसेफ बिउँझेपछि प्रभुका दूतले तिनलाई आज्ञा दिएझैँ गरे। अनि मरियमलाई पत्नीको रूपमा घरमा लगे।
25तर तिनले पुत्र नजन्माउन्जेल तिनीसित सहवास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे।
에스라 1
The Proclamation of Cyrus
1परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले:
2“परसीयाका राजा कोरेस यसो भन्छन्:
3तिमीहरूको बीचमा जो याहवेहका प्रजा हुन्, तिनीहरूका परमेश्वर तिनीहरूसँग होऊन्! तिमीहरू याहवेह, इस्राएलका परमेश्वर, जो यरूशलेममा हुनुहुन्छ, उहाँको मन्दिर पुनर्निर्माण गर्नलाई यहूदाको यरूशलेममा जाओ।
4अनि जहाँ-जहाँ यहूदीहरू अहिलेसम्म जीवित रहेका छन्, त्यहाँका स्थानीयवासीहरू सबैले यरूशलेममा परमेश्वरको मन्दिरका निम्ति सुन, चाँदी, धनसम्पत्ति र गाईबस्तुहरू, साथै स्वेच्छा-भेटीहरू ल्याऊन्।’ ”
The Temple Vessels Restored and the Return Prepared
5त्यसपछि यरूशलेममा याहवेहको भवन पुनर्निर्माण गर्न यहूदा र बेन्यामीनका घरानाका अगुवाहरू, पुजारीहरू र लेवीहरू, हरेक जसका हृदयमा परमेश्वरले काम गर्नुभयो, तिनीहरू यरूशलेम गएर याहवेहको भवन पुनर्निर्माण गर्न तयार भए।
6तिनीहरूका छिमेकीहरू सबैले स्वेच्छा भेटीहरूसहित सुन र चाँदीका सामानहरू, धनसम्पत्ति, गाईबस्तुहरू, र बहुमूल्य उपहारहरू दिएर उनीहरूलाई सहायता गरे।
7त्यसबाहेक कोरेस राजाले याहवेहको भवनका भाँडाहरू पनि निकालेर ल्याए, जुन नबूकदनेसरले यरूशलेमबाट लगेर आफ्नो देवताको मन्दिरमा राखेका थिए।
8परसीयाका राजा कोरेसले कोषाध्यक्ष मित्रेदातद्वारा ती चीजहरू ल्याए, जसले ती चीजहरू गन्ती गरेर सूची बनाए; अनि यहूदाका राजकुमार शेश्बस्सरलाई बुझाए।
9ती चीजहरूको तालिका यही थियो:
10सुनका कचौराहरू 30 वटा;
11सबै गरेर सुन र चाँदीका जम्मा भाँडाहरू 5,400 थिए।
사도행전 1
Preface to Theophilus
1प्रिय थियोफिलस, मैले मेरो पहिलो पुस्तकमा येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका बारेमा लेखेको छु।
2उहाँले चुन्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा आज्ञा दिनुभएको दिनदेखि उहाँ स्वर्गमा उठाएर लगिनुभएको दिनसम्मको वृत्तान्त मैले मेरो त्यसै पुस्तकमा वर्णन गरिसकेको छु।
3आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्वासलाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो।
4तिनीहरूसँगै भोजन गरिरहेको बेला एकपल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्नू। त्यो प्राप्त नभएसम्म यरूशलेमलाई नछोड्नू।
5किनकि यूहन्नाले पानीले बप्तिस्मा दिए, तर केही दिनमा तिमीहरूले पवित्र आत्माले बप्तिस्मा पाउनेछौ।”
The Ascension of Jesus and the Promise of His Return
6तब तिनीहरू उहाँको वरिपरि भेला भए र उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले यसै समयमा इस्राएलको राज्य पुनर्स्थापना गराउनुहुन्छ?”
7उहाँले तिनीहरूलाई भन्नुभयो: “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको समय वा मिति जान्ने काम तिमीहरूको होइन।
8तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ; र तिमीहरू यरूशलेममा, सम्पूर्ण यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म नै मेरा साक्षी हुनेछौ।”
9उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।
10उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात् सेता पोशाकमा दुई जना मानिस तिनीहरूका नजिक प्रकट भए।
11तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएको यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।”
The Disciples Devoted to Prayer in the Upper Room
12त्यसपछि प्रेरितहरू जैतुनको पहाड भनिने डाँडाबाट यरूशलेम फर्के। यो ठाउँ यरूशलेम सहरदेखि झण्डै एक शब्बाथ दिनको बाटो टाढा पर्दछ।
13तिनीहरू त्यहाँ आइपुगेपछि, तिनीहरू आफू बसेको माथिल्लो तलाको कोठामा गए।
14येशूकी आमा मरियम, उहाँका भाइहरू र अन्य महिलाहरूसँग मिलेर तिनीहरू निरन्तर प्रार्थनामा लागिरहे।
Matthias Chosen to Replace Judas
15ती दिनमा पत्रुस, दाजुभाइ-दिदीबहिनीहरूका (तिनीहरूका संख्या करिब एक सय बीस थियो) बीचमा उभिए,
16र भने, “दाजुभाइ-दिदीबहिनीहरू हो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दावीदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्त्रको त्यो वचन पूरा हुनैपर्थ्यो।
17किनकि त्यो पनि हामीहरूमध्येकै एक थियो, र त्यो हाम्रै सेवाको एउटा साझेदार पनि थियो।”
18(आफ्नो दुष्टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो। त्यही खेतमा त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, र त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्ट भए।
19यरूशलेमका हरेक मानिसले यो कुरा थाहा पाए। यसैकारण तिनीहरूले आफ्नो भाषामा त्यस खेतलाई आखेल्दामा अर्थात् रगतको खेत भनी नाम राखे।)
20पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ,
21यसैकारण एक जना यस्तो व्यक्ति छान्नु आवश्यक छ, जो प्रभु येशू हाम्रा साथमा हुनुहुँदा सबै कुराको साक्षी थियो।
22त्यो मानिस यूहन्नाको बप्तिस्माको समयदेखि सुरु गरेर येशू हामीबाट माथि उठाइ लगिइनुभएको बेलासम्म हामीसँगै रहेको हुनुपर्दछ। किनकि तीमध्ये एक जना हामीसँगै उहाँ पुनरुत्थान हुनुभएको साक्षी हुनैपर्दछ।”
23त्यसैले तिनीहरूले बर्साबास भनिने योसेफ (जसलाई युस्तस पनि भनिन्थ्यो) र मतियास गरी दुई जनालाई प्रस्ताव गरे।
24अनि तिनीहरूले प्रार्थना गरे, “प्रभु, तपाईं सबै मानिसहरूका हृदयका कुरा जान्नुहुन्छ। यी दुईमध्ये कसलाई तपाईंले छनौट गर्नुभएको छ, हामीलाई देखाइदिनुहोस्।
25अनि त्यसले यो प्रेरितको सेवाको काम गर्न सकोस्, जुन सेवाका निम्ति छानिएको ठाउँ छोडेर यहूदा आफ्नो निज ठाउँमा गयो।”
26त्यसपछि तिनीहरूले गोला हाले, र गोला मतियासको नाममा पर्यो। त्यसैले तिनी एघार प्रेरितहरूसँग थपिए।