M'Cheyne Bible Journey

Bible Reading Plan — M'Cheyne One Year

Follow this Bible Reading Plan through four passages a day—the Old Testament once and the New Testament and Psalms twice a year.

365 Fixed one-year plan
4 Four readings a day
270 Selected day
‹ Day 270 / 365 ›
Version

Reading confirmation

Did you finish this M'Cheyne day?

Confirm it to mark this day complete on your M'Cheyne progress chart.

Family · Old Testament

사무엘하 23

Open in reader →
Chapter 23

The Last Words of David

1दावीदका अन्तिम वचनहरू यिनै हुन्:

2“याहवेहको आत्मा मद्वारा बोल्नुभयो;

3इस्राएलका परमेश्‍वर बोल्नुभयो,

4त्यो व्यक्ति बिहानको सूर्योदयको

5“यदि मेरो घरानाको परमेश्‍वरसँग सम्बन्ध ठिक नभएको भए

6तर दुष्‍ट मानिसहरू सबै काँडाझैँ फालिनेछन्,

7जसले काँडालाई छुन्छ,

David's Mighty Men

8दावीदका वीर मानिसहरूका नाम यिनै हुन्:

9दोस्रोचाहिँ अहोही दोदोका छोरा एलाजार थिए, जो तीन जना वीर योद्धाहरूमध्ये एक जना थिए, जो पास-दम्मीममा लडाइँको निम्ति भेला भएका पलिश्तीहरूलाई चुनौती दिँदा दावीदसँग थिए। तब इस्राएलका अरू सेनाहरू पछि हटेका थिए।

10तर एलाजार आफ्नै ठाउँमा खडा रहेर हात गलेर तरवारमै नटाँसिएसम्म तिनले पलिश्तीहरूसँग युद्ध गरिरहे। त्यस दिन याहवेहले ठूलो विजय दिनुभयो। तर बाँकी सेनाहरूचाहिँ मरेकाहरूलाई लुट्नको लागि मात्र एलाजारकहाँ फर्केर आए।

11त्यसपछि तेस्रो वीर मानिस हरारी आगीका छोरा शम्मा थिए। जब पलिश्तीहरू दाल खेतमा भेला भए, तब इस्राएली सेनाहरू पलिश्तीहरूबाट भागे।

12तर शम्माचाहिँ त्यस खेतको बीचमा खडा भए। तिनले त्यस खेतलाई सुरक्षा दिइराखे; र पलिश्तीहरूलाई मारे। अनि याहवेहले त्यस दिन ठूलो विजय दिनुभयो।

13कटनीको समयमा तीस जना मुख्य वीरहरूमध्ये तीन जना अदुल्‍लामको गुफामा दावीदकहाँ आए। एक दल पलिश्तीहरूचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए।

14त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए।

15दावीदले पानीको इच्छा गरेर भने, “अहो, कसैले बेथलेहेमको मूलढोकाको छेउको इनारबाट मलाई पानी पिउनलाई ल्याइदिए हुनेथियो!”

16यसकारण ती तीन जना वीरहरू पलिश्तीहरूको छाउनीबाट छिरेर गए। अनि बेथलेहेमको मूलढोकाको छेउको कुवाबाट पानी लिएर दावीदकहाँ फर्किआए। तर तिनले त्यो पानी पिउन इन्कार गरे। तिनले पिउनको सट्टा पानीलाई याहवेहको सामु खन्याइदिए।

17तिनले भने, “हे याहवेह, मबाट यस्तो काम नहोस्! के यो पानी आफ्ना जीवनलाई जोखिममा पार्ने मानिसहरूको रगत होइन र?” यसकारण दावीदले त्यो पानी पिएनन्।

18सरूयाहका छोरा योआबको भाइ अबीशैचाहिँ तीन जनाका अगुवा थिए। तिनले तीन सय मानिसहरूको विरुद्धमा आफ्नो भाला उठाए र मारे। यसैले तिनी पनि ती तीन जना वीरहरूझैँ प्रसिद्ध भए।

19के ती तीन जनाभन्दा तिनको बढी आदर भएको थिएन र? यद्यपि तिनी उनीहरूमध्ये एक थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए।

20कब्सेलबाट यहोयादाका छोरा बनायाह एक जना वीर योद्धा थिए, जसले धेरै वीरताका कामहरू गरेका थिए। तिनले मोआबका दुई जना वीर योद्धाहरूलाई मारे। हिउँ परेको दिन एउटा खाडलमा तल ओर्लेर तिनले एउटा सिंहलाई मारे।

21तिनले एक जना डरलाग्दो ठूलो रूप भएको इजिप्टियनलाई मारे। त्यस इजिप्‍टियनको हातमा एउटा भाला थियो, तापनि त्यसको विरुद्धमा बनायाहले एउटा लहुरो लिएर गए। तिनले त्यस इजिप्‍टियनको हातबाट भाला खोसेर त्यसलाई त्यसकै भालाले मारे।

22यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए।

23तिनको पनि तीस जनाभन्दा बढी सम्मान भयो, तर ती तीन जना वीर मानिसहरूसँग गनिएनन्। दावीदले तिनलाई आफ्ना अङ्गरक्षकहरूमाथि सेनापति नियुक्त गरे।

24ती तीस जनामा यी व्यक्तिहरू थिए:

25हरोदी शम्मा,

26पल्ती हेलेस,

27अनातोतका अबीएजेर,

28अहोहीका सल्मोन,

29नतोपातीबाट बानाहका छोरा हेलेद,

30पिरातोनीका बनायाह,

31अर्बातीका अबी-अल्बोन,

32शाल्बोनी एल्याहबा,

33शम्माका छोरा जोनाथन,

34माकातीबाट आहसबैका छोरा एलीपेलेत,

35कर्मेलबाट हेस्रो,

36सोबाबाट नातानका छोरा यिगाल,

37अम्मोनीका सेलेक,

38यित्रीबाट ईरा,

39र हित्ती उरियाह।

Family · New Testament

갈라디아서 3

Open in reader →
Chapter 3

The Spirit Received Not by the Law

1हे अबुझ गलातीहरू हो! कसले तिमीहरूलाई टुनामुनाद्वारा वशमा पार्‍यो? तिमीहरूका आँखाकै अगि येशू ख्रीष्‍ट क्रूसमा टाँगिनुभएको कुरा स्पष्‍ट रूपले बताइएको थियो।

2तिमीहरूबाट म यति मात्र जान्‍न चाहन्छु: के तिमीहरूले व्यवस्थाका काम पालन गरेर वा सुनेका सुसमाचारमा विश्‍वास गरेर परमेश्‍वरको आत्मा पाएका हौ?

3के तिमीहरू यति धेरै मूर्ख छौ? परमेश्‍वरको आत्मामा सुरु भएर के तिमीहरू मानवीय कार्यमा नै टुँगिन चाहन्छौ?

4यदि साँच्‍चै यो व्यर्थको थियो भने के तिमीहरूले व्यर्थैमा दुःख भोग्यौ?

5म फेरि पनि सोध्न चाहन्छु, परमेश्‍वरले तिमीहरूलाई उहाँको आत्मा दिनुभएर तिमीहरूका माझमा अचम्मका कामहरू गर्नुभएको छ, यो व्यवस्थाको कर्मद्वारा हो वा तिमीहरूले सुनेका सन्देशको विश्‍वासद्वारा गर्नुभएको हो?

Abraham's Faith and the Curse of the Law

6यसरी नै, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो।”

7अब यो बुझ कि, जस-जसले विश्‍वास गर्छन्, तिनीहरू अब्राहामका सन्तान हुन्।

8धर्मशास्त्रले पहिलेदेखि नै जानेर परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुनेछ, र यो सुसमाचार धेरै अगि नै अब्राहामलाई भनिसक्नुभएको थियो: “तँद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्।”

9त्यसकारण परमेश्‍वरमा विश्‍वास गर्ने सबैले विश्‍वासी अब्राहामसित नै आशिष् पाउनेछन्।

10जति जना व्यवस्थाको काममा भर पर्दछन्, तिनीहरू सबै श्रापित हुन्; किनकि यस्तो लेखिएको छ: “यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।”

11यो कुरा प्रष्‍ट छ, परमेश्‍वरको दृष्‍टिमा व्यवस्थाद्वारा कोही मानिस धर्मी ठहरिन सक्दैन, किनकि “धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”

12व्यवस्थाचाहिँ विश्‍वासमा आधारित हुँदैन, बरु “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ ती कामहरूद्वारा जिउनेछ।”

13हाम्रा निम्ति श्राप बनेर व्यवस्थाको श्रापबाट दाम तिरी ख्रीष्‍टले हामीलाई उद्धार गर्नुभयो; किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “काठमा झुण्ड्याइएको हरेक श्रापित हुनेछ।”

14उहाँले हामीलाई मोल तिरेर उद्धार गर्नुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूकहाँ पुगोस्; अनि विश्‍वासद्वारा नै हामी परमेश्‍वरको आत्माको प्रतिज्ञा पाउन सकौँ।

The Promise Precedes the Law

15दाजुभाइ-दिदीबहिनीहरू हो, म एउटा प्रचलित उदाहरण दिन्छु। जब मानिसको सहमतिमा करारपत्र पक्‍का भएको छ भने कसैले त्यसलाई रद्द गर्न सक्दैन, न त त्यसमा केही थप्न सक्छ, त्यसरी नै व्यवस्था र प्रतिज्ञामा हुन्छ।

16अब्राहाम र उनका सन्तानलाई प्रतिज्ञाहरू गरिएको थियो। धर्मशास्त्रले, “सन्तानहरूलाई,” भन्दैन, अर्थात् धेरै मानिसहरू हो, तर “तेरा सन्तानलाई”, जसको अर्थ एउटा व्यक्ति, जो ख्रीष्‍ट हुनुहुन्छ।

17म यसो भन्छु: चार सय तीस वर्षपछि ल्याइएको व्यवस्थाले परमेश्‍वरले पहिल्यै स्थापित गर्नुभएको करारलाई भङ्ग गर्दैन; अनि प्रतिज्ञालाई रद्द तुल्याउन सक्दैन।

18यदि उत्तराधिकार व्यवस्थामा आधारित भए त यो प्रतिज्ञामा आधारित हुँदैन; तर परमेश्‍वरले उहाँको अनुग्रहमा प्रतिज्ञाद्वारा अब्राहामलाई उत्तराधिकार दिनुभयो।

19त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, त्यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेल यो व्यवस्था स्वर्गदूतहरूद्वारा एक जना मध्यस्थकर्तालाई सुम्पिइएको थियो।

20एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्‍वर एउटै हुनुहुन्छ।

21तब के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि होइन! यदि व्यवस्था जीवन दिनको लागि दिइएको हो भने निश्‍चय नै धार्मिकता पनि व्यवस्थाबाट नै आएको हो।

22तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्‍टमा विश्‍वासद्वारा पाइन्छ; अनि जस-जसले विश्‍वास गर्दछन्, उनीहरूलाई दिइनेछ।

Children of God Through Faith

23तर विश्‍वास आउनुभन्दा अगि हामी व्यवस्थाको अधीनमा कैदी भएका थियौँ; अनि विश्‍वास प्रकट नहोउन्जेल हामी व्यवस्थामै बाँधिएका थियौँ।

24यसकारण ख्रीष्‍ट नआउन्जेल व्यवस्था नै हाम्रो अभिभावक थियो, ताकि हामी विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ।

25अहिले त्यो विश्‍वास आएको छ। अब हामी अभिभावकको अधीनमा छैनौँ।

26यसकारण ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका सन्तान हौ।

27किनकि तिमीहरू जति जनाले ख्रीष्‍टमा बप्‍तिस्मा लिएका छौ, तिमीहरूले ख्रीष्‍टलाई धारण गरेका छौ।

28अब न कोही यहूदी छ, न गैरयहूदी; न कोही सेवक छ, न फुक्‍का र न कोही पुरुष छ, न स्त्री; किनकि ख्रीष्‍ट येशूमा तिमीहरू सबै जना एक हौ।

29यदि तिमीहरू ख्रीष्‍टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ।

Secret · OT / Psalms

에스겔 30

Open in reader →
Chapter 30

The Day of the Lord Coming Upon Egypt

1याहवेहको यो वचन मकहाँ आयो:

2“हे मानिसको छोरा, अगमवाणी गरेर भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

3किनकि त्यो दिन नजिकै छ;

4इजिप्टको विरुद्धमा एउटा तरवार आउनेछ;

5कूश, लिबिया, लूद र सारा अरब, कुब र करारको देशका मानिसहरू इजिप्टसितै तरवारद्वारा ढल्नेछन्।

6“ ‘याहवेह यसो भन्‍नुहुन्छ:

7तिनीहरू उजाड

8जब मैले इजिप्टमा आगो लगाएर

9“ ‘त्यस दिन सुरक्षित भई ढुक्‍क बसेको कूशलाई डर देखाउन मबाट सन्देश वाहकहरू जहाजमा जानेछन्। इजिप्टको विनाशको दिन तिनीहरूलाई वेदनाले छोप्नेछ; किनकि त्यो निश्‍चय आउनेछ।

10“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

11त्यो र त्यसका सेना, जाति-जातिहरूमा अत्यन्तै निष्‍ठुर छन्,

12म नील नदीको पानीलाई सुकाइदिनेछु,

13“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

14म माथिल्‍लो इजिप्टलाई उजाड पार्नेछु,

15इजिप्टको किल्‍ला पेलुसियममा

16म इजिप्टमा आगो लगाउनेछु;

17हेलिओपोलिस र बुबास्तीसका

18जब तहपनेसको दिन अँध्यारो हुनेछ,

19यसरी म इजिप्टमाथि दण्ड ल्याउनेछु;

The Prophecy of Pharaoh's Broken Arm

20एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:

21“हे मानिसको छोरा, मैले इजिप्टको राजा फारोको हात भाँचिदिएको छु। यसलाई निको पार्न बाँधिएको छैन, अथवा त्यसमा मलमपट्टी लगाइएको छैन, ताकि त्यो तरवार समाउन सक्ने बलियो बनोस्।

22यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म इजिप्टको राजा फारोको विरुद्धमा छु। म त्यसका दुवै पाखुराहरू, अर्थात् राम्रो र भाँचिएका दुवै पाखुराहरू भाँचिदिनेछु; अनि त्यसको हातबाट तरवार खस्‍न लगाउनेछु।

23म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशभरि छरपस्ट पारिदिनेछु।

24म बेबिलोनको राजाका पाखुराहरू बलिया पार्नेछु; अनि मेरो तरवार त्यसको हातमा राखिदिनेछु, तर म फारोका हातहरू भाँचिदिनेछु; अनि नबूकदनेसरको सामु मर्न लागेको घाइते मानिसझैँ त्यसले सुस्केरा हाल्नेछ।

25म बेबिलोनको राजाका पाखुराहरू बलिया बनाइदिनेछु, तर फारोका हातहरू लत्रक्‍क झुण्डिनेछन्। जब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्, तब म बेबिलोनको राजाको हातमा मेरो तरवार राखिदिन्छु; अनि त्यसले त्यो इजिप्टको विरुद्धमा चलाउनेछ।

26म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्‍न देशभरि छरपस्ट पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”

Secret · New Testament

시편 78:38-72

Open in reader →
Chapter 78

38तापनि तिनीहरूप्रति उहाँ दयालु हुनुभयो;

39उहाँले मानिसहरू देह मात्र हुन् भनी सम्झिनुभयो,

40तिनीहरूले कत्ति चोटि मरुभूमिमा परमेश्‍वरको विरुद्धमा विद्रोह गरे,

41तिनीहरूले घरी-घरी परमेश्‍वरलाई परीक्षा गरे;

42तिनीहरूले उहाँको शक्तिको स्मरण गरेनन्—

43जब उहाँले इजिप्टमा आफ्नो अलौकिक चिन्हहरू,

44उहाँले तिनीहरूका नदीलाई रगतमा परिवर्तन गरिदिनुभयो;

45उहाँले तिनीहरूलाई नाश पार्नलाई झिँगाका हुलहरू पठाउनुभयो,

46उहाँले तिनीहरूका अन्‍नबालीहरू फट्याङ्ग्राहरूलाई,

47उहाँले तिनीहरूका अङ्‌गुरका बोटहरू असिनाले

48उहाँले तिनीहरूका गाईबस्तुहरूलाई असिनाले,

49उहाँले तिनीहरूका विरुद्ध आफ्नो प्रचण्ड रिस,

50उहाँले आफ्नो क्रोधका लागि बाटो तयार पार्नुभयो;

51उहाँले इजिप्टका सबै ज्येष्‍ठ सन्तानलाई,

52तर उहाँले आफ्ना मानिसहरूलाई भेडाहरूका बथानलाई जस्तै निकालेर ल्याउनुभयो;

53उहाँले तिनीहरूलाई सुरक्षित डोर्‍याउनुभयो यसैले तिनीहरू डराएनन्;

54यसरी परमेश्‍वरले तिनीहरूलाई आफ्नो पवित्र देशको सिमानामा ल्याउनुभयो,

55उहाँले जाति-जातिहरूलाई तिनीहरूकै सामु लखेट्नुभयो,

56तर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे

57तिनीहरूका पितापुर्खाहरू जस्तै बेइमान र विश्‍वासघाती,

58तिनीहरूका देवस्थानहरूद्वारा उहाँलाई क्रोधित तुल्याए;

59जब परमेश्‍वरले तिनीहरूको सोर सुन्‍नुभयो, उहाँ अत्यन्तै रिसाउनुभयो;

60उहाँले शीलोमा भएको पवित्रस्थानलाई त्याग्नुभयो,

61उहाँको शक्तिको सन्दुक निर्वासनमा पठाइदिनुभयो,

62उहाँले आफ्ना मानिसहरूलाई तरवारले काटिन सुम्पिदिनुभयो;

63आगोले तिनीहरूका जवान पुरुषहरू भस्म पारिए,

64तिनीहरूका पुजारीहरू तरवारले मारिए,

65तब प्रभु निद्राबाट बिउँझिएझैँ जाग्नुभयो;

66उहाँले आफ्ना शत्रुहरूलाई बदला लिनुभयो;

67तब उहाँले योसेफका पालहरूलाई त्याग्नुभयो,

68तर यहूदाका कुललाई छान्‍नुभयो,

69यही ठाउँमा उहाँले आफ्नो पवित्रस्थान उच्‍च स्थानहरूझैँ बनाउनुभयो।

70उहाँले दावीदलाई आफ्नो सेवक चुन्‍नुभयो,

71उहाँले भेडा गोठालोबाट,

72अनि दावीदले हृदयको इमानदारीतामा तिनीहरूको हेरचाह गरे;