M'Cheyne Bible Journey

Bible Reading Plan — M'Cheyne One Year

Follow this Bible Reading Plan through four passages a day—the Old Testament once and the New Testament and Psalms twice a year.

365 Fixed one-year plan
4 Four readings a day
90 Selected day
‹ Day 90 / 365 ›
Version

Reading confirmation

Did you finish this M'Cheyne day?

Confirm it to mark this day complete on your M'Cheyne progress chart.

Family · Old Testament

레위기 2, 3

Open in reader →
Chapter 2

Laws for the Grain Offering

1“ ‘कसैले याहवेहका निम्ति अन्‍नबलि ल्याउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्। त्यसले त्यसमाथि जैतुन तेल खन्याओस्, र त्यसमा धूप हालोस्।

2अनि त्यसलाई हारूनका पुजारी छोराहरूकहाँ ल्याओस्। पुजारीले एक मुठी मसिनो पिठो र तेल सबै धूपसित लिएर त्यसलाई सम्झनास्वरूप वेदीमा जलाउनेछ। यो अग्निबलि हो—याहवेहलाई मनपर्ने बास्‍ना।

3अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।

Baked and Cooked Grain Offerings

4“ ‘तिमीहरूले चुलोमा पकाएको अन्‍नबलि ल्यायौ भने यो मसिनो पिठोका खमिर नमिसाइएको र तेल मिसाइएका फुरौलाहरू अथवा तेल दलेका अखमिरी बाबर होस्।

5यदि तिमीहरूका अन्‍नबलि तावामा पकाएको हो भने त्यो खमिर नमिसाइएको र जैतुन तेल मिसाइएको पिठोबाट बनिएको होस्।

6त्यसलाई टुक्रा-टुक्रा पारेर त्यसमाथि तेल खन्याउनू; त्यो अन्‍नबलि हो।

7तिमीहरूका अन्‍नबलि ताप्केमाथि पकाएको हो भने त्यो मसिनो पिठो र जैतुन तेलबाट बनाइएको होस्।

8यी कुराहरूले बनिएको अन्‍नबलि याहवेहकहाँ ल्याउनू; र त्यो पुजारीलाई दिनू, जसले त्यसलाई वेदीमा लानेछ।

9त्यस पुजारीले अन्‍नबलिबाट सम्झनाको भाग निकालेर याहवेहलाई मनपर्ने बास्‍नाझैँ अग्निबलिको रूपमा वेदीमाथि जलाओस्।

10अन्‍नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।

Regulations on Yeast and Salt

11“ ‘तिमीहरूले याहवेहकहाँ ल्याउने प्रत्येक अन्‍नबलि खमिर नहाली बनाइएको होस्। किनकि याहवेहकहाँ चढाइने अग्निबलिमा तिमीहरूले कुनै खमिर अथवा मह नजलाऊनू।

12तिमीहरूले ती याहवेहकहाँ अगौटे फलका बलिको रूपमा ल्याउन सक्छौ, तर तिनीहरूलाई वेदीमा मनपर्ने बास्‍नाको रूपमा नचढाउनू।

13तिमीहरूका सबै अन्‍नबलिहरूमा नुन मोल्नू। तिमीहरूका परमेश्‍वरको करारको नुनलाई तिमीहरूका अन्‍नबलिदेखि अलग नराख्नू। तिमीहरूका सबै बलिहरूमा नुन चढाउनू।

Grain Offering of Firstfruits

14“ ‘याहवेहका निम्ति अगौटे फलहरूको अन्‍नबलि चढाउने इच्छा भएमा आफ्ना अगौटे फलहरूका अन्‍नबलिका निम्ति पिँधेका र आगोमा पिल्स्याएका ताजा अन्‍नका बालाहरू चढाउनू।

15त्यसमा तेल हाल्नू र धूप राख्नू; यो अन्‍नबलि हो।

16पिँधेको अन्‍न र तेल सम्झनाको भाग सबै धूपसित याहवेहका निम्ति अग्निबलिको रूपमा पुजारीले जलाओस्।

Chapter 3

Fellowship Offering from the Herd

1“ ‘यदि कसैले मेलबलि चढाउँछ भने, र यसको निम्ति बलि बथानबाट भाले वा पोथी पशु चढाउँछ भने त्यसले याहवेहको सामु निष्खोट पशु चढाओस्।

2त्यसले आफ्नो बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको प्रवेशद्वारमा मारोस्। त्यसपछि हारूनका पुजारी छोराहरूले वेदीको चारैतिर रगत छर्कून्।

3त्यसले मेलबलिबाट याहवेहका निम्ति अग्निबलि चढाओस्। आन्द्राभुँडी ढाक्ने बोसो र आन्द्रामाथिको बोसो सबै ल्याओस्,

4कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नु।

5त्यसपछि हारूनका छोराहरूले त्यसलाई वेदीमा होमबलिमाथि बल्दैगरेको दाउरामाथि जलाओस्। यो याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो।

Fellowship Offering from the Flock

6“ ‘यदि त्यसले याहवेहका निम्ति बगालबाट मेलबलिको रूपमा एउटा पशु चढाउँछ भने त्यसले निष्खोट भाले वा पोथी चढाओस्।

7त्यसले बलिको लागि थुमा चढाउँछ भने याहवेहको सामु यस प्रकारले चढाओस्ः

8त्यसले बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको सामु मारोस्; हारूनका छोराहरूले त्यसको रगत वेदीका चारैतिर छर्कून्।

9मेलबलिबाट त्यसले याहवेहका निम्ति अग्निबलि ल्याओस्: त्यसको बोसो, ढाडको छेउदेखि काटेको बोसे पुच्छरको सम्पूर्ण भाग, भित्री भागहरूलाई छोप्ने सबै बोसो र त्यससित जोडिएका बोसो,

10कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्।

11पुजारीले यी सबैलाई वेदीमा अग्निबलिको रूपमा याहवेहका निम्ति जलाओस्।

Fellowship Offering of a Goat

12“ ‘यदि त्यसको बलिचाहिँ बाख्रा हो भने त्यसले यो याहवेहको सामु चढाओस्।

13त्यसले आफ्नो हात त्यसको टाउकोमाथि राखेर त्यसलाई समागम पालको सामु मारोस्। त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको चारैतिर छर्कून्।

14त्यसले जे थोक चढाउँछ, त्यो भेटी याहवेहलाई अग्निबलिको रूपमा चढाओस्: भित्री अङ्गहरू र त्यससित गाँसिएका भागहरूलाई छोप्ने सबै बोसो,

15कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्।

16पुजारीले तिनलाई अग्निबलिको रूपमा मनपर्ने बास्‍नाको रूपमा वेदीमा जलाओस्। सबै बोसो याहवेहकै हुन्।

17“ ‘तिमीहरू जहाँ बसे तापनि आउने पुस्ताका लागि यो एउटा सधैँभरि रहिरहने विधि हो: तिमीहरूले कुनै बोसो अथवा रगत नखानू।’ ”

Family · New Testament

요한복음 21

Open in reader →
Chapter 21

Jesus Appears at the Sea of Tiberias

1यसपछि येशू तिबेरियास तालको किनारमा फेरि चेलाहरूकहाँ देखा पर्नुभयो; अनि यो यस प्रकारले भयो:

2सिमोन पत्रुस, थोमा (दिदुमस), गालीलको कानाका नथानेल, जब्दीका छोराहरू र अरू दुई चेलाहरू सँगसँगै थिए।

3सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जान्छु।” अनि तिनीहरूले भने, “हामी पनि तिमीसँगै जान्छौँ।” अनि तिनीहरू गए, र डुङ्गामा चढे; तर तिनीहरूले रातभरि पनि एउटै माछा मार्न सकेनन्।

4बिहानको मिरमिरेमा येशू किनारमा उभिनुभएको थियो; तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिन्‍न सकेनन्।

5उहाँले तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “हे बालकहरू हो! तिमीहरूसँग केही माछाहरू छन् कि?”

6उहाँले फेरि भन्‍नुभयो, “डुङ्गाको दाहिनेपट्टि जाल हान, र तिमीहरूले केही भेट्टाउनेछौ।” तिनीहरूले त्यसै गरे, र जालमा यति धेरै माछाहरू पर्‍यो कि तिनीहरूले जाल तान्‍नै सकेनन्।

7तब येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु नै हुनुहुन्छ! उहाँ प्रभु हुनुहुन्छ,” भन्‍ने सुन्‍नसाथ सिमोन पत्रुसले आफ्नो खास्टो कम्मरमा बेह्रेर पानीमा हाम फाले (किनकि तिनले लुगा फुकालेका थिए)।

8अरू चेलाहरू एउटा सानो डुङ्गामा माछाले भरिएका जाललाई तान्दै आए। किनकि किनार प्रायः नब्बे मिटर जति मात्र टाढा थियो।

9किनारमा आइपुगेपछि तिनीहरूले आगोको भुङ्ग्रोमा माछा राखिएका र केही रोटी देखे।

10येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका माछाबाट केही ल्याओ।”

11सिमोन पत्रुसले डुङ्गामा चढेर जाललाई तानेर किनारमा ल्याए। गन्ती गर्दा एक सय त्रिपन्‍न वटा ठूला-ठूला माछा परेका रहेछन्, तर यति धेरै भए तापनि जाल फाटेको थिएन।

12येशूले तिनीहरूलाई भन्‍नुभयो, “आएर खाओ।” चेलाहरूले उहाँलाई “तपाईं को हुनुहुन्छ?” भनी सोध्ने हिम्मत गरेनन्। उहाँ प्रभु हुनुहुन्छ भनी तिनीहरूले जान्दथे।

13येशू आएर रोटी लिनुभयो; र तिनीहरूलाई दिनुभयो, र माछा पनि दिनुभयो।

14येशू मृत्युबाट जीवित हुनुभएपछि चेलाहरूसँग देखा पर्नुभएको यो तेस्रोपल्ट थियो।

Jesus Restores Peter

15तिनीहरूले भोजन गरिसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “ए यूहन्‍नाका छोरा सिमोन, यिनीहरूभन्दा के तिमी मलाई बढ्ता प्रेम गर्छौ?”

16येशूले प्रश्न दोहोर्‍याउनुभयो, “ए यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?”

17उहाँले तेस्रोपल्ट तिनलाई भन्‍नुभयो, “ए यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई साँच्‍चै प्रेम गर्छौ?”

18म तिमीलाई साँचो-साँचो भन्दछु, जब तिमी जवान थियौ, तब आफैँ लुगा लगाउँथ्यौ, र आफ्नो इच्छाअनुसार जहाँकहीँ पुग्न सक्थ्यौ। तर जब तिमी बूढा हुनेछौ, तब तिमीले आफ्ना हातहरू पसार्नेछौ, र अरूले तिमीलाई लुगा लगाइदिनेछ र तिमीले नचाहेको ठाउँमा तिमीलाई लैजानेछ।”

19पत्रुसको मृत्युद्वारा कसरी परमेश्‍वरको महिमा हुनेछ भनी त्यसको जानकारी दिन येशूले उनलाई यसो भन्‍नुभएको थियो। त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ!”

20पत्रुसले पछिल्तिर फर्केर हेर्दा येशूले प्रेम गर्नुभएको चेलाले उहाँहरूलाई पछ्याउँदै गरेको देखे। (बेलुकीको भोजनमा उहाँसँग अडिएर, “गुरुज्यू, हामीमध्ये तपाईंलाई कसले चाहिँ विश्‍वासघात गर्नेछ?” भनेर सोध्ने व्यक्ति यिनै थिए।)

21तिनलाई देखेर पत्रुसले येशूलाई सोधे, “प्रभु! यिनको चाहिँ के हुने हो?”

22येशूले उत्तर दिनुभयो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भनी चाहना गरेँ भने पनि यसको तिमीलाई के सरोकार? तिमीले चाहिँ मलाई पछ्याऊ!”

23यसकारण विश्‍वासीहरूका बीचमा त्यो चेलाचाहिँ मर्नेछैन भन्‍ने हल्‍ला फिँजियो, तर येशूले तिनी मर्नेछैनन् भनी भन्‍नुभएको थिएन। उहाँले यति मात्र भन्‍नुभएको थियो, “यदि मैले म फर्किनआउन्जेल उनी बाँचिरहून् भन्‍ने चाहना गरेँ भने तापनि यसको तिमीलाई के सरोकार?”

24यी कुराको विषयमा साक्षी दिने, र लेख्ने चेला यिनै हुन्। अनि हामी जान्दछौँ, यिनको साक्षी सत्य छ।

25येशूले गर्नुभएका अरू पनि धेरै कामहरू छन्। यदि ती सबै एक-एक गरी लेखिएका भए मेरो अनुमानमा लेखिएका ती पुस्तकहरू संसारभरि पनि अटाउनेथिएनन् होला।

Secret · OT / Psalms

잠언 18

Open in reader →
Chapter 18

The Power of Words and the Wisdom of Friendship

1मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ;

2मूर्खले समझदारी मन पराउँदैन,

3दुष्‍टता आउँदा घृणा पनि आउँछ;

4मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्;

5दुष्‍टको पक्ष लिनु राम्रो होइन

6मूर्खको ओठले त्यसलाई झगडामा पार्छ,

7मूर्खको मुख नै त्यसको विनाश हो,

8कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्,

9आफ्नो काममा अल्छी गरिरहने व्यक्ति

10याहवेहको नाम किल्‍ला भएको सहरमा हो;

11धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो;

12आफ्नो पतन आउनुभन्दा अगि मानिसको हृदय घमण्डी हुन्छ,

13जसले सुन्‍न अगि नै जवाफ दिन्छ,

14मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सम्हाल्छ,

15विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ,

16उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ,

17दोस्रो व्यक्ति आएर प्रश्नहरू नगरुन्जेल,

18चिट्ठा हालेर झगडा मिलाइन्छ,

19चित्त दुःखाएको भाइलाई मनाउनु किल्‍ला भएको सहर जित्नुभन्दा गाह्रो हुन्छ;

20मानिसको पेट त्यसको मुखको फलले भरिन्छ;

21जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ;

22पत्नी पाउनेले असल कुरा पाउँछ,

23गरिब मानिसले दयाको बिन्ती चढाउँछ,

24जसका साथीहरू अविश्‍वासयोग्य छन्; उसलाई उनीहरूले नोक्सानी पुर्‍याउन सक्छन्,

Secret · New Testament

골로새서 1

Open in reader →
Chapter 1

Greeting

1परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट,

2कलस्सेमा भएका परमेश्‍वरका पवित्र जनहरूलाई, जो ख्रीष्‍टमा विश्‍वासयोग्य दाजुभाइ-दिदीबहिनीहरू हुन्:

Thanksgiving and Prayer for the Colossians

3हामी तिमीहरूको निम्ति जब प्रार्थना गर्छौँ, हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछौँ।

4किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको विश्‍वास र परमेश्‍वरका सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ।

5त्यो विश्‍वास र प्रेम जुन आशाबाट पलाएर आउँछ, त्यो तिमीहरूको लागि स्वर्गमा जम्मा गरिएको छ, र यस विषयमा तिमीहरूले अगि नै सुसमाचारको सत्य वचनमा सुनिसकेका छौ।

6जसरी सुसमाचार संसारभरि फैलिएको छ, त्यसरी नै तिमीहरूमा आएको छ। तिमीहरूले यो सुसमाचार जुन दिनदेखि सुन्यौ र साँचो रूपमा परमेश्‍वरको अनुग्रहलाई बुझ्यौ, यसले तिमीहरूमा फल फलाइरहेको छ; र वृद्धि भइरहेको छ।

7तिमीहरूले जुन सुसमाचार इपाफ्रासबाट सिकेका छौ; तिनी हाम्रा प्रिय सहकर्मी हुन्, जो हाम्रा तर्फबाट ख्रीष्‍टका विश्‍वासयोग्य सेवक हुन्।

8तिनले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको बारेमा पनि हामीलाई बताएका छन्।

Prayer for Wisdom to Walk Worthily

9यसकारण हामीले तिमीहरूको विषयमा सुनेको दिनदेखि तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौँ। हामी निरन्तर बिन्ती गरिरहेका छौँ, कि परमेश्‍वरले तिमीहरूलाई आत्माले दिइने समझशक्ति र सारा बुद्धिद्वारा उहाँको इच्छाको ज्ञानले भरिदिनुभएको होस्,

10ताकि तिमीहरू प्रभुको योग्य जीवन बिताउन र उहाँलाई हरेक किसिमले प्रसन्‍न पार्न, हरेक असल कामको फल फलाउन परमेश्‍वरको ज्ञानमा बढ्दै जाओ।

11तिमीहरू उहाँको महिमित शक्तिअनुसार पूर्ण सामर्थ्यले बलिया होओ, ताकि तिमीहरूमा धेरै सहनशीलता र धैर्यता होस्।

12ज्योतिको राज्यमा उहाँका पवित्र सन्तहरूको पैतृक-अधिकारमा तिमीहरूलाई सहभागीको योग्य तुल्याउनुहुने पितालाई आनन्दसाथ धन्यवाद चढाओ।

13किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो,

14जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ।

The Supremacy of Christ

15ख्रीष्‍ट अदृश्य परमेश्‍वरका प्रतिरूप, सारा सृष्‍टिमा ज्येष्‍ठ हुनुहुन्छ।

16किनकि उहाँमा नै सबै थोकहरू सृष्‍टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्‍टि गरिएका हुन्।

17उहाँ सबै थोकभन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्।

18उहाँ मण्डलीका शिर हुनुहुन्छ, र मण्डलीचाहिँ उहाँको शरीर हो। हरेक थोकमा उहाँको सर्वश्रेष्‍ठता होस् भनेर उहाँ नै आदि हुनुहुन्छ; मरेकाहरूबाट जीवित हुनेहरूमा ज्येष्‍ठ हुनुहुन्छ।

19किनकि उहाँको सारा परिपूर्णता ख्रीष्‍टमा बास भएकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो।

20अनि उहाँद्वारा परमेश्‍वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्‍टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।

Reconciled Through the Cross

21विगतमा तिमीहरू आफ्नो दुष्‍ट चालको कारण परमेश्‍वरदेखि बिराना भएका थियौ र आफ्ना मनमा शत्रुहरू भएका थियौ।

22तर अब तिमीहरूलाई उहाँको दृष्‍टिमा पवित्र, निष्खोट र निर्दोष उपस्थित गराउन, उहाँले तिमीहरूलाई आफ्नो भौतिक शरीरको मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ।

23यदि तिमीहरू आफ्नो विश्‍वासमा अटल र स्थिर भई रह्‍यौ भने; अनि तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन सुसमाचार स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ, र म पावल त्यसैको सेवक नियुक्त भएको छु।

Paul's Labor and Ministry for the Church

24अब तिमीहरूका निम्ति कष्‍ट भोगिरहेकोमा म आनन्दित छु; अनि उहाँको शरीर, जुनचाहिँ मण्डली हो, यसको निम्ति ख्रीष्‍टका कष्‍टहरूको कमीमा म आफ्नो शरीरमा त्यो पूरा गर्दछु।

25परमेश्‍वरले मलाई तिमीहरूकहाँ सम्पूर्ण रूपमा वचन प्रस्तुत गर्न भनेर, उहाँको आज्ञाअनुसार म त्यस मण्डलीको सेवक बनाइएको छु—

26अर्थात् त्यो रहस्यमय कुरा, जो युगौँयुग र पुस्तौँदेखि गुप्‍त राखिएको थियो, तर अब त्यो प्रभुका जनहरूलाई प्रकट गरिएको छ।

27यस महिमामय सम्पत्तिको रहस्यचाहिँ ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा, त्यो कुरा गैरयहूदीहरूलाई थाहा गराउनको लागि परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएको छ।

28ख्रीष्‍टलाई नै हामी घोषणा गर्दछौँ, सारा बुद्धिसाथ हरेकलाई सल्‍लाह र शिक्षा दिन्छौँ, ताकि हामीले हरेकलाई ख्रीष्‍टमा परिपक्व प्रस्तुत गराउन सकौँ।

29यसैको लागि ममा काम गर्ने ख्रीष्‍टको शक्तिशाली सामर्थ्यमा भर पर्दै, म काम गर्दछु र कडा सङ्घर्ष गर्दछु।