简
KO 韩语
EN 英语
CN 中文
JP 日语
PH 菲律宾语族
HI 印地语
BN 孟加拉语
TA 泰米尔语
TE 泰卢固语
ML 马拉雅拉姆语
FA 波斯语
MY 缅甸语
NE 尼泊尔语
MR 马拉地语
KN 卡纳达语
HA 豪萨语
YO 约鲁巴语
SW 斯瓦希里语
IG 伊博语
ID 印度尼西亚语
PT 葡萄牙语
VI 越南语
AR 阿拉伯语
RU 俄语
UK 乌克兰语
RO 罗马尼亚语
IT 意大利语
FI 芬兰语
TO 汤加语
HR 克罗地亚语
SR 塞尔维亚语
TR 土耳其语
HU 匈牙利语
PL 波兰语
SK 斯洛伐克语
LA 拉丁语
NL 荷兰语
CS 捷克语
FR 法语
ES 西班牙语
DE 德语
OT 其他语言
读经确认
你完成了这一天的麦琴读经吗?
点击确认后,会在我的页面麦琴进度表中记录为已完成。
사무엘하 22
David's Song of Thanksgiving
1जब याहवेहले दावीदलाई तिनका सबै शत्रुहरू र शाऊलका हातबाट छुटाउनुभयो, तब तिनले याहवेहका निम्ति गाएको भजनका शब्दहरू यस्तो थियो।
2तिनले भने:
3मेरा परमेश्वर मेरा चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु।
4म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ;
5मृत्युका छालहरूले मलाई घेरे;
6चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले;
7मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ;
8पृथ्वी काम्यो, र हल्लियो;
9उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो;
10उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो;
11करूबहरूमा सवार भएर उहाँ उड्नुभयो;
12उहाँले अन्धकारलाई आफ्नो ओढ्ने मण्डप तुल्याउनुभयो;
13उहाँको उपस्थितिको ज्योतिबाट बिजुली चम्क्यो,
14याहवेह स्वर्गबाट गर्जनुभयो;
15उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो;
16हे याहवेह, तपाईंको हप्काइमा
17उहाँले माथि उच्चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो;
18उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो,
19मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे,
20उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो;
21याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ;
22किनकि म याहवेहको मार्गमा चलेको छु;
23उहाँका सारा नियमहरू मेरा अगि छन्;
24म उहाँको अगि निर्दोष रहेको छु;
25याहवेहले मेरो धार्मिकताअनुसार
26विश्वासयोग्यसँग तपाईं आफूलाई विश्वासयोग्य रूपमा देखाउनुहुन्छ,
27शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ;
28तपाईं नम्रहरूलाई बचाउनुहुन्छ;
29हे याहवेह, तपाईं मेरो दियो हुनुहुन्छ;
30तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु;
31परमेश्वरको बारेमा भन्नुपर्दा, उहाँका मार्ग सिद्ध छ:
32किनकि याहवेहबाहेक अर्को परमेश्वर को छ र?
33उनै परमेश्वरले मलाई युद्धको लागि तयार पार्नुहुन्छ;
34उहाँले मेरा पाउहरू मृगको झैँ बनाउनुहुन्छ;
35उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ;
36तपाईंले मलाई आफ्नो सुरक्षाको ढाल दिनुभएको छ,
37तपाईंले मेरा पाइलाहरूका निम्ति बाटो फराकिलो बनाउनुहुन्छ;
38मेरा शत्रुहरूलाई मैले खेदेर तिनीहरूलाई नाश गरेँ;
39मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्;
40तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ;
41तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ,
42तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन।
43मैले तिनीहरूलाई पृथ्वीको धुलोजस्तै मसिनो पारिदिएँ;
44तपाईंले मलाई मानिसहरूका आक्रमणबाट छुटाउनुभयो;
45विदेशीहरू मेरा अगि झुक्दछन्;
46तिनीहरूको सारा साहस हराउँछन्;
47याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्!
48उहाँ मेरो परमेश्वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ,
49जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ।
50यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;
51“उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ;
갈라디아서 2
The Gospel to the Gentiles Affirmed by the Apostles
1चौध वर्षपछि बारनाबाससँग म फेरि यरूशलेम गएँ, र यस पटक मैले तीतसलाई पनि सँगै लगेँ।
2परमेश्वरको प्रकाश पाएअनुसार म त्यहाँ गएँ। मैले एकान्तमा मण्डलीका प्रतिष्ठित अगुवाहरूलाई भेट गरी गैरयहूदीहरूलाई सुनाएको सुसमाचार तिनीहरूका अगि प्रस्तुत गरेँ। मैले जुन दौड दौडेको थिएँ र दौडिरहेको छु, त्यो व्यर्थमा नहोस् भनेर म निश्चित हुन चाहन्थेँ।
3तर तीतस, जो मसँग थिए, उनी ग्रीक भए तापनि कसैले उनलाई खतनाको लागि कर गरेनन्।
4खतनाको बारेमा कुरा उठेको थियो; किनकि कति झूटा विश्वासी भाइहरू हाम्रो समूहभित्र पसेर ख्रीष्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासुसी गरी हामीलाई यहूदी परम्पराको दास बनाउन चाहन्थे।
5तिनीहरूका अगि हामी एकैक्षण पनि झुकेनौँ, ताकि तिमीहरूका लागि सुसमाचारको सत्यता सुरक्षित रहोस्।
6तर ती मण्डलीका प्रतिष्ठित अगुवाहरूले मेरो सन्देशमा केही कुरा थपेनन्। तिनीहरू जोसुकै भए तापनि मलाई केही फरक पर्दैन; किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
7तर यसको विपरीत तिनीहरूले यो बुझे, जसरी यहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा पत्रुसलाई दिइएको थियो, त्यसरी नै गैरयहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा मलाई दिइएको छ।
8किनकि परमेश्वरले यहूदीहरूका निम्ति प्रेरितको रूपमा पत्रुससँग जसरी काम गरिरहनुभएको थियो, त्यसरी नै गैरयहूदीहरूको प्रेरितको रूपमा ममा पनि काम गर्नुभयो।
9मण्डलीका खम्बाहरू कहलिएका याकोब, पत्रुस र यूहन्नाले मलाई दिइएको अनुग्रहबारे थाहा पाएपछि बारनाबास र मलाई सङ्गतिको दाहिने हात बनाए। तब उनीहरूले हामीचाहिँ गैरयहूदीहरूकहाँ जान र उनीहरूचाहिँ यहूदीहरूकहाँ जान भनी निश्चय गरे।
10तिनीहरूले मलाई यति भनेका थिए, कि हामीले गरिबहरूलाई सम्झिनुपर्छ, जुन कुरा गर्न म पहिलेदेखि नै अति उत्सुक थिएँ।
Paul Rebukes Peter at Antioch
11जब पत्रुस एन्टिओखियामा आए, तब मैले खुल्लमखुल्ला उनको विरोध गरेँ, किनकि उनी एकदमै दोषी थिए।
12याकोबले पठाएका मानिसहरू आइपुग्नुअगि उनी गैरयहूदी विश्वासीहरूसँगै खाने गर्दथे। तर जब उनीहरू आइपुगे, तब उनी गैरयहूदी विश्वासीहरूबाट अलग भए; किनकि उनी खतना भएकाहरूसँग डराएका थिए।
13उनको यस पाखण्डीपनासँग अरू यहूदीहरू पनि सहमत भए। यहाँसम्म कि तिनीहरूका पाखण्डीपनाले गर्दा बारनाबास पनि भड्केर गए।
14जब मैले तिनीहरूलाई सुसमाचारको सत्यताअनुसार व्यवहार नगरेको देखेँ, तब मैले पत्रुसलाई सबैको सामु खुल्लमखुल्ला भनेँ, “तपाईं यहूदी हुनुहुन्छ, तापनि तपाईं यहूदी रीतिअनुसार नचलेर गैरयहूदी रीतिअनुसार जिउनुहुन्छ। तब कसरी तपाईंले गैरयहूदीहरूलाई यहूदी परम्परालाई पछ्याउन कर लगाउनुहुन्छ?
Justified by Faith
15“हामी जन्मैले यहूदी हौँ, र गैरयहूदीझैँ पापीहरू होइनौँ।
16हामी यो जान्दछौँ, कि मानिस व्यवस्थाको कामलाई पालन गरेर धर्मी ठहरिँदैन; तर येशू ख्रीष्टमा विश्वास गरेर मात्र धर्मी ठहरिन्छ। यसकारण हामीले पनि ख्रीष्ट येशूमा विश्वास राखेका छौँ। हामी व्यवस्थाको पालन गरेर होइन, तर येशू ख्रीष्टमा विश्वास गरेर धर्मी ठहरिएकाछौँ; किनकि व्यवस्थाका कामहरू पालन गरेर कोही पनि धर्मी ठहरिन सक्दैन।
17“तर यदि हामी यहूदीहरू ख्रीष्टद्वारा धर्मी ठहरिन खोज्दछौँ भने हामीहरू पनि पापीहरू नै हौँ भन्ने बुझिन्छ, के यसको मतलब येशू ख्रीष्टले पापलाई प्रोत्साहन दिनुहुन्छ त? अहँ, होइन!
18यदि मैले जे भत्काएको छु, मैले त्यो फेरि बनाउँछु भने म आफैँ व्यवस्था भङ्ग गर्ने पापी बन्छु।
19“किनकि परमेश्वरको निम्ति जिउन सकूँ भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु।
20म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु र अब उप्रान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। अहिले म शरीरमा जुन जीवन जिउँछु, त्यो म परमेश्वरको पुत्रमा राखेको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरो निम्ति अर्पण गर्नुभयो।
21म परमेश्वरको अनुग्रहलाई व्यर्थ तुल्याउन चाहन्नँ; किनकि यदि व्यवस्थाद्वारा धार्मिकता हासिल गर्न सक्ने भए, ख्रीष्ट मर्नुभएको व्यर्थ हुन्छ।”
에스겔 29
Judgment on Pharaoh of Egypt Like a Great Monster
1दसौँ वर्षको दसौँ महिनाको बाह्रौँ दिनमा, याहवेहको यो वचन मकहाँ आयो:
2“हे मानिसको छोरा, तेरो अनुहार इजिप्टको राजा फारोको विरुद्धमा फर्काएर त्यसको विरुद्धमा र समस्त इजिप्टको विरुद्धमा अगमवाणी गर्।
3राजासित कुरा गरेर भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ:
4तर म तेरो चिउँडोमा बल्छी लगाउनेछु,
5म तँलाई र तेरा नदीका
6तब इजिप्टमा बस्ने सबैले म नै याहवेह हुँ भनी जान्नेछन्।
7जब तिनीहरूले तँलाई आफ्ना हातले समाते, तब तँ भाँचिगइस् र तैँले तिनीहरूका काँधहरू चिरिदिइस्; अनि जब तिनीहरू तँमाथि अडेसिँदा तँ भाँचिगइस्, र तिनीहरूका सारा कम्मर मर्काइदिइस्।
8“ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म तेरो विरुद्धमा एउटा तरवार ल्याउनेछु; अनि तेरा मानिसहरू र तिनीहरूका पशुहरू दुवै मारिदिनेछु।
9इजिप्ट एउटा उजाड मरुभूमि हुनेछ। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।
10यसकारण म तँ र तेरा नील नदीहरूको विरुद्धमा छु; अनि म इजिप्टलाई मिग्दोलदेखि आश्वानसम्म, कूशको सिमानासम्मै सर्वनाश र उजाड मरुभूमि बनाइदिनेछु।
11त्यस इजिप्टबाट भएर कुनै पनि मानिस अथवा पशुको खुट्टा जानेछैन; त्यहाँ चालीस वर्षसम्म कोही पनि बसोबास गर्नेछैन।
12म इजिप्ट देशलाई नष्ट भएका देशहरूको बीचमा उजाड पारिदिनेछु; अनि त्यसका सहरहरू सर्वनाश भएका सहरहरूको बीचमा चालीस वर्षसम्म उजाड भएर रहनेछन्। अनि म इजिप्टवासीहरूलाई जाति-जातिहरूको बीचमा तितरबितर पारिदिनेछु, र तिनीहरूलाई विभिन्न देशहरूमा छरपस्ट पारिदिनेछु।
13“ ‘तापनि प्रभु याहवेह यसो भन्नुहुन्छ: चालीस वर्ष बितिसकेपछि म इजिप्टवासीहरूलाई तिनीहरू छरपस्ट पारिएका राष्ट्रहरूबाट भेला गर्नेछु।
14म तिनीहरूलाई कैदबाट फर्काएर माथिल्लो इजिप्टमा ल्याउनेछु, जुन तिनीहरूका पितापुर्खाहरूको देश हो। त्यहाँ तिनीहरू एक दुर्बल राज्य हुनेछन्।
15इजिप्ट सबै राज्यहरूमा सबैभन्दा महत्वहीन राज्य हुनेछ, र त्यसले आफूलाई अरू जातिहरूभन्दा माथि कहिल्यै उठाउन सक्नेछैन। म त्यसलाई यति कमजोर वा थोरै बनाउनेछु, कि त्यसले कहिल्यै अरू जातिहरूमाथि शासन गर्न पाउनेछैन।
16इस्राएलका मानिसहरूका निम्ति इजिप्ट कहिल्यै पनि भरोसाको स्रोत हुनेछैन, तर सहायताको निम्ति त्यहाँ फर्कँदा इस्राएलको पापको सम्झना हुनेछ। तब तिनीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्नेछन्।’ ”
The Land of Egypt Given to Nebuchadnezzar
17सत्ताइसौँ वर्षको पहिलो महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो:
18“हे मानिसको छोरा, बेबिलोनका राजा नबूकदनेसरले आफ्नो सेनालाई टायरको विरुद्धमा गरिएको कठोर सैनिक अभियानमा लगे; जसमा तिनीहरू सबैको शिर खुइलियो र गह्रौँ भारी बोक्नाले सबैको काँध पिल्सियो। तापनि त्यसले र त्यसको सेनाले टायरको विरुद्धमा चलाएको अभियानबाट कुनै पनि प्रतिफल पाउन सकेनन्।
19यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म इजिप्टलाई बेबिलोनको राजा नबूकदनेसरलाई दिँदैछु; अनि उसले त्यसको धनसम्पत्ति लैजानेछ। त्यसले आफ्नो सेनाको ज्यालाको रूपमा देशलाई सखाप पारेर लुटपाट गर्नेछ।
20मैले नबूकदनेसर र त्यसका सेनाहरूलाई मेरा निम्ति गरेको कडा परिश्रमको कारण प्रतिफलको रूपमा इजिप्ट दिएको छु, प्रभु याहवेह भन्नुहुन्छ।
21“त्यस दिन म इस्राएलीहरूका निम्ति एउटा सिङ उम्रन लगाउनेछु, र म तिनीहरूका बीचमा तेरो मुख खोलिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”
시편 78:1-37
God's Deeds Handed Down to the Generations
1हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन;
2म मेरो मुख दृष्टान्तमा बोल्नलाई खोल्नेछु;
3हामीले ती कुराहरू सुनेका र जानेका छौँ,
4हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ;
5उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो,
6ताकि यी कुराहरू आउँदा पुस्ताले जानून्,
7तब तिनीहरूले परमेश्वरमा आफ्ना भरोसा राख्नेछन्,
8तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै
9एफ्राइमका मानिसहरू धनुकाँडले सुसज्जित भए तापनि
10तिनीहरूले परमेश्वरका करार पालन गरेनन्,
11परमेश्वरले गर्नुभएका कामहरू,
12उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि,
13उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्याउनुभयो;
14उहाँले तिनीहरूलाई दिनमा बादलले
15उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो,
16उहाँले चट्टाने भिरबाट पानीका धारा निकाल्नुभयो,
17तर सर्वोच्च परमेश्वरको विरुद्धमा मरुभूमिमा विद्रोही भएर,
18तिनीहरूले असाध्यै खानेकुराको माग गरेर
19तिनीहरूले यसो भन्दै परमेश्वरको निन्दा गरे:
20हेर! उहाँले चट्टानलाई हिर्काउनुभयो,
21जब याहवेहले तिनीहरूका कुरा सुन्नुभयो, उहाँ धेरै रिसाउनुभयो;
22किनकि तिनीहरूले परमेश्वरमाथि विश्वास गरेनन्,
23तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो,
24उहाँले मानिसहरूका निम्ति खानलाई मन्न बर्साउनुभयो,
25मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए;
26उहाँले आकाशमा पूर्वीय बतास बहाउनुभयो;
27उहाँले धुलोको कणसरह तिनीहरूका निम्ति मासु बर्साउनुभयो;
28उहाँले ती पक्षीहरूलाई तिनीहरूका छाउनीभित्र,
29तिनीहरूले नघाउन्जेल खाए—
30तर तिनीहरूको भोक मेटिनु अगि नै,
31परमेश्वरको क्रोध तिनीहरूको विरुद्ध दन्क्यो;
32यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे;
33यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा
34जब परमेश्वरले तिनीहरूमध्ये कतिलाई मार्नुभयो;
35परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ
36तर त्यसपछि तिनीहरूका मुखले उहाँको चापलुसी गरे,
37तिनीहरूका हृदय उहाँतर्फ वफादार थिएनन्,