येशूको वचन सुन्नलाई कर उठाउनेहरू र पापीहरू उहाँको वरिपरि जम्मा भइरहेका थिए।
KO
Copywork
Nepali ONCV · 15:1-7 The Parable of the Lost Sheep
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 누가복음
तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगन गर्दै भन्न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।”
तब येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो:
“मानौँ तिमीहरूमध्ये कसैको एक सय भेडाहरू छन् र तीमध्ये एउटा हरायो भने के उसले उनान्सयलाई खुला मैदानमै छोडेर हराएको भेडालाई नभेट्टाउन्जेल त्यसको खोजी गर्दैन र?
अनि हराएको भेडा भेट्टाएपछि उसले रमाउँदै त्यसलाई आफ्नो काँधमा बोक्छ, र घर जान्छ।
त्यसपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छ, ‘मसँग रमाओ। मैले मेरो हराएको भेडा भेट्टाएको छु।’
म तिमीहरूलाई भन्दछु, त्यसरी नै स्वर्गमा पनि पश्चात्ताप गर्न नपर्ने उनान्सय धर्मी जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने एक जना पापीको लागि अझ बढी आनन्द मनाइनेछ।