scripture.how 성경필사
KO

Copywork

Nepali ONCV 요한일서 3장

성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.

KO 한국어
ZH 중국어
JA 일본어
HI 힌디어
BN 벵골어
TA 타밀어
TE 텔루구어
ML 말라얄람어
FA 페르시아어
MY 버마어
NE 네팔어
MR 마라티어
KN 칸나다어
HA 하우사어
YO 요루바어
SW 스와힐리어
IG 이그보어
ID 인도네시아어
TSI
PT 포르투갈어
VI 베트남어
AR 아랍어
AVD
RU 러시아어
UK 우크라이나어
RO 루마니아어
BTF
IT 이탈리아어
FI 핀란드어
TO 통가어
HR 크로아티아어
SR 세르비아어
TR 튀르키예어
HU 헝가리어
PL 폴란드어
SK 슬로바키아어
LA 라틴어
NL 네덜란드어
CS 체코어
FR 프랑스어
ES 스페인어
DE 독일어
ETC 기타 언어
3:1
대기

हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ: हामी परमेश्‍वरका सन्तान कहलिएका छौँ; अनि हामी त्यही हौँ पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन।

3:2
대기

प्रिय मित्रहरू हो, अहिले हामी परमेश्‍वरका सन्तान हौँ, र हामी के हुनेछौँ, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौँ, ख्रीष्‍ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौँ; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौँ।

3:3
대기

यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई उहाँजस्तै शुद्ध राख्छन्, जस्तो कि उहाँ शुद्ध हुनुहुन्छ।

3:4
대기

पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ; वास्तवमा पाप नै अधर्म हो।

3:5
대기

तर तिमीहरू जान्दछौ, हाम्रा पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो, र उहाँमा कुनै पाप छँदैछैन।

3:6
대기

उहाँमा रहने कसैले पनि पाप गरिरहँदैन। पाप गरिरहने कसैले पनि उहाँलाई न देखेको हुन्छ, न त चिनेको नै हुन्छ।

3:7
대기

हे प्यारा साना नानीहरू हो, कुनै पनि मानिसले तिमीहरूलाई बहकाउन नपाओस्। जसले ठिक काम गर्छ, त्यो धार्मिक हो; जस्तो उहाँ धार्मिक हुनुहुन्छ।

3:8
대기

जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्‍वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्‍ट पार्नलाई हो।

3:9
대기

परमेश्‍वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्‍वरको बिउ त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्‍वरबाट जन्मिएको हो।

3:10
대기

परमेश्‍वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्‍ने कुरा हामीले यसैबाट जान्दछौँ: जे ठिक छ, त्यो काम नगर्ने कुनै पनि व्यक्ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्ति परमेश्‍वरको सन्तान होइन।

3:11
대기

तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।

3:12
대기

कयिनजस्तो नहोओ, जो दुष्‍टको थियो र त्यसले आफ्नै भाइको हत्या गर्‍यो। त्यसले आफ्नो भाइको हत्या किन गर्‍यो? किनकि त्यसका आफ्ना कामहरू दुष्‍ट थिए, तर त्यसको भाइका कामहरूचाहिँ धार्मिक थिए।

3:13
대기

त्यसैले हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान।

3:14
대기

हामी जान्दछौँ, हामी त मृत्युबाट जीवनमा सरिसकेका छौँ; किनकि हामी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छौँ। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ।

3:15
대기

हरेक जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो हत्यारा हो; अनि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन भन्‍ने तिमीहरू जान्दछौ।

3:16
대기

प्रेम के हो भन्‍ने कुरा हामी यसैबाट थाहा पाउँछौँ; येशू ख्रीष्‍टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। यसैले हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।

3:17
대기

यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्‍वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र?

3:18
대기

प्यारा साना नानीहरू हो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौँ।

3:19
대기

त्यसकारण यसैबाट नै हामी सत्यका हौँ भनी जान्दछौँ, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौँ।

3:20
대기

जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्‍नुहुन्छ।

3:21
대기

प्रिय मित्रहरू हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्‍वरको सामु हामीलाई साहस हुन्छ;

3:22
대기

अनि हामीले जे माग्छौँ, सो उहाँबाट पाउँछौँ; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ; अनि जुन कुराले उहाँलाई प्रसन्‍न तुल्याउँछ, त्यही गर्दछौँ।

3:23
대기

अनि उहाँको आज्ञा यही हो—उहाँका पुत्र येशू ख्रीष्‍टको नाममा विश्‍वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ।

3:24
대기

जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्‍ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौँ।