त्यही दिन राजा अहासूरसले यहूदीहरूको शत्रु हामानको सम्पूर्ण सम्पत्ति रानी एस्तरलाई दिए। अनि मोर्दकै राजाको अगि हाजिर भए; किनकि कसरी तिनी उनको आफन्त पर्छन् भनेर एस्तरले राजालाई बताइदिएकी थिइन्।
KO
Copywork
Nepali ONCV 에스더 8장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 에스더
राजाले हामानबाट फिर्ता लिएको छाप-औँठी फुकालेर त्यो मोर्दकैलाई दिए। अनि एस्तरले तिनलाई हामानको धनसम्पत्तिको अधिकारी तुल्याइन्।
एस्तर फेरि रुँदै राजाको पाउमा परेर बिन्ती गरिन्। अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षड्यन्त्र हटाइदिनुहोस् भनी राजासित अनुरोध गरिन्।
तब राजाले एस्तरतिर सुनको राजदण्ड पसारे; अनि उनी उठिन् र राजाको सामु उभिन्।
एस्तरले भनिन्, “यदि राजालाई असल लाग्यो भने, र हजुरले ममाथि निगाह राख्नुहुन्छ, साथै यसो गर्नु उचित हो भन्ने लाग्यो भने, र हजुर मसित प्रसन्न हुनुहुन्छ भने अगागी हम्मदाताका छोरा हामानले राजाका सबै प्रान्तमा भएका यहूदीहरूलाई नाश गर्ने षड्यन्त्र गरेर लेखेर पठाइएका पत्रहरूलाई रद्द गर्ने आदेश लेखियोस्।
किनकि मेरा मानिसहरूमाथि विपत्ति आइपरेको म कसरी सहन सक्छु? म आफ्नो परिवारमा विनाश आइलागेको कसरी सहन सक्छु र?”
राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “हामानले यहूदीहरूमाथि आक्रमण गरेको कारण मैले त्यसको धनसम्पत्ति एस्तरलाई दिएको छु। त्यसलाई उसैले तयार गरेको फाँसीको काठमा झुण्ड्याइएको छ।
अब राजाको नाममा यहूदीहरूको पक्षमा अर्को एउटा आदेश तिमीहरूलाई इच्छा लागेअनुसार लेख, र त्यसमा राजाको औँठी-छापको मोहर लगाइदेओ। किनकि राजाको नाममा लेखिएको र तिनको औँठी-छाप लगाएको कुनै पनि लिखित पत्र खारेज गर्न सकिँदैन।”
तुरुन्तै सीवान भनिने तेस्रो महिनाको तेईसौँ दिन राजाका सचिवहरूलाई बोलाइयो। तिनीहरूले भारतदेखि कूश देशसम्मका 127 प्रान्तका बडाहाकिमहरू, अधिकृतहरू र शासकहरूलाई मोर्दकैले दिएका उर्दीहरू लेखे। ती उर्दीहरू प्रत्येक प्रान्तको आफ्नै लिपिमा र हरेक जातिको आफ्नै भाषामा, र यहूदीहरूका लागि पनि तिनीहरूका आ-आफ्नै लिपि र भाषामा लेखिएका थिए।
मोर्दकैले राजा अहासूरसको नाममा उर्दीहरू लेखाए, र ती उर्दीहरूलाई राजाको औँठी-छापको मोहर लगाए। अनि ती उर्दीहरूलाई राजाको कामका लागि उच्च कोटीका फूर्तिला घोडाहरूमाथि सवार गर्ने सन्देशवाहकहरूद्वारा पठाइदिए।
राजाको यस उर्दीले प्रत्येक सहरमा भएका यहूदीहरू भेला भएर, आफ्नो सुरक्षा गर्ने अधिकार दिएको थियो। तिनीहरू आफ्ना स्त्री र छोराछोरीहरूलाई आक्रमण गर्न आउने कुनै पनि जाति वा प्रान्तका हतियारधारी दलहरूलाई नाश गर्ने, मार्ने, विनाश गर्ने र तिनीहरूका शत्रुहरूका सम्पत्ति लुट्ने अनुमति दिएको थियो।
राजा अहासूरसका सबै प्रान्तहरूमा यहूदीहरूका निम्ति यसो गर्न तोकिएको दिन, अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिन थियो।
त्यस उर्दीको एउटा प्रतिलिपिलाई प्रत्येक प्रान्तमा कानुनी रूपमा निकालिने र प्रत्येक जातिका मानिसहरूलाई थाहा गराउनुपर्ने थियो, ताकि त्यस दिन यहूदीहरू तिनीहरूका शत्रुहरूमाथि बदला लिन तयार रहन सकून्।
राजाको आज्ञाअनुसार सन्देश वाहकहरू हतार-हतार राजकीय घोडाहरूमाथि सवार भएर तेजसित बाहिर गए। अनि त्यो उर्दी राजधानी शूशनभरि जारी गरियो।
मोर्दकै राजाको उपस्थितिबाट निलो र सेतो राजकीय पोशाक, शिरमा सुनको मुकुट र मलमलको बैजनी लबेदा पहिरेर निस्के। अनि समस्त शूशन सहरमा खुशी र आनन्दको उत्सव मनाइयो।
किनकि यहूदीहरूका निम्ति त्यो एउटा खुशीयाली, आनन्द, हर्ष र सम्मानको दिन थियो।
प्रत्येक प्रान्त र प्रत्येक सहरमा जहाँ-जहाँ राजाको उर्दी पुग्यो, त्यहाँ-त्यहाँ यहूदीहरूको बीचमा आनन्द र हर्षको साथमा भोज र उत्सव मनाइयो। अनि अरू जातिका मानिसहरूमा यहूदीहरूको डर पसेको कारण धेरै मानिसहरू यहूदी भए।