“अब हे मानिसको छोरा, एउटा धारिलो तरवार लिएर आफ्नो कपाल र दाह्री खौरनलाई हजामको छुराझैँ प्रयोग गर्। त्यसपछि एउटा तराजु लिएर तेरो कपाललाई जोखेर भाग-भाग गर्।
KO
Copywork
Nepali ONCV 에스겔 5장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 에스겔
जब तेरो घेराबन्दीको समय समाप्त हुन्छ, तेरो कपालको एक तिहाइ भागलाई सहरभित्र आगोमा जलाइदे। त्यसको एक तिहाइ भागलाई लिएर सहरको बाहिर तरवारले काटेर चौरतिर टुक्रा-टुक्रा पार्दै हिँड्। अनि बाँकी एक तिहाइ भाग हावामा छरपस्ट पारिदे। किनकि म तिनीहरूलाई नाङ्गो तरवारले खेद्नेछु।
तर तेरो कपालबाट केही कपाल लिएर आफ्नो वस्त्रको किनारमा बाँधिराख्।
फेरि वस्त्रमा बाँधिएका ती कपालमध्ये केही लिएर आगोमा फ्याँकिदे र त्यसलाई जलाइदे। तीबाट आगो निस्केर इस्राएलको सम्पूर्ण घरानामा फैलिनेछ।”
प्रभु याहवेह यसो भन्नुहुन्छ: यो यरूशलेम हो, जसलाई मैले चारैतिर देशहरूको बीचमा जातिहरूको केन्द्रमा बसालेको छु।
तर आफ्नो दुष्टतामा त्यसले मेरा व्यवस्था र उर्दीहरूमा आफ्ना चारैतिरका जातिहरू र देशहरूभन्दा बढी विद्रोह गरेकी छे। मेरा व्यवस्थाहरू इन्कार गरेकी छे, र उर्दीहरू पालन गरेकी छैन।
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: तिमीहरू आफ्ना चारैतिरका जातिहरूभन्दा बढी विद्रोही भएका हुनाले मेरा उर्दीहरू र मेरा व्यवस्थाहरू तिमीहरूले पालन गरेका छैनौ। तिमीहरू आफ्ना चारैतिरका जातिहरूका स्तरसम्म पनि पुगेका छैनौ।
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: हे यरूशलेम, म स्वयम् तेरो विरुद्धमा छु; अनि म आफैँले ती जातिहरूका आँखाको सामु तँलाई दण्ड दिनेछु।
तेरा सबै घिनलाग्दा मूर्तिहरूको कारण म तँलाई यस्तो गर्नेछु, जुन मैले पहिले कहिल्यै गरेको छैनँ, न त फेरि कहिल्यै गर्नेछु।
यसकारण तेरो बीचमा बुबाहरूले आफ्ना छोराछोरीहरू खानेछन्; अनि छोराछोरीहरूले आफ्ना बुबाहरूलाई खानेछन्। म तँमाथि दण्ड ल्याउनेछु, र तेरा बाँचेकाहरू सबैलाई हावामा छरपस्ट पारिदिनेछु।
यसकारण म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, तैँले आफ्ना सबै घृणित मूर्तिहरू र घिनलाग्दा कामहरूद्वारा मेरो पवित्रस्थानलाई अशुद्ध पारिदिएको कारण म आफैँले मेरो निगाह हटाउनेछु; म तँलाई दयाको दृष्टिले हेर्नेछैनँ, न त तँलाई बचाउनेछु।
तेरो एक तिहाइ भाग मानिसहरू रूढीले मर्नेछन् अथवा यरूशलेमभित्र अनिकालले नष्ट हुनेछन्; एक तिहाइ भाग पर्खालबाहिर तरवारद्वारा मर्नेछन्; अनि एक तिहाइ भागलाई चाहिँ म हावामा छरपस्ट पारिदिनेछु, र तिनीहरूलाई नाङ्गो तरवार लिएर खेद्नेछु।
यसरी मेरो रिस थामिनेछ, र तिनीहरूको विरुद्धमा भएको मेरो क्रोध शान्त हुनेछ, र मेरो बदला पूरा हुनेछ। अनि जब मैले आफ्नो क्रोध तिनीहरूमाथि पोख्नेछु, तब तिनीहरूले म याहवेहले आफ्नो जोशमा बोलेको हुँ भनी जान्नेछन्।
“तेरा चारैतिरका जातिहरूको बीचमा, तेरो छेउबाट भएर जाने सबैको दृष्टिमा म तँलाई एउटा उजाड भग्नावशेष र निन्दाको पात्र बनाइदिनेछु।
जब म तँलाई रिस, क्रोध र हप्काइसहित दण्ड दिनेछु, तब तँ तेरा वरपरका जातिहरूका लागि निन्दा, गिल्ला, चेतावनी र त्रासको पात्र हुनेछस्। म याहवेहले नै यो भनेको हुँ।
जब मैले तँलाई अनिकालको समयमा मेरा घातक र विनाशकारी काँडहरूले प्रहार गर्नेछु, तब म तँलाई नष्ट गर्नलाई प्रहार गर्नेछु। म तँमाथि झन् बढीभन्दा बढी अनिकाल ल्याउनेछु, र तेरो भोजनको आपूर्ति बन्द गरिदिनेछु।
म तेरो विरुद्धमा अनिकाल र जङ्गली पशुहरू पठाउनेछु; अनि तिनीहरूले तँलाई निःसन्तान तुल्याउनेछन्। रूढी र रक्तपात तेरो बीचमा भइरहनेछन्। म तेरो विरुद्धमा तरवार ल्याउनेछु। म याहवेहले नै यो भनेको हुँ।”