यर्मिया पहरेदार चोकमा थुनिएको बेलामा याहवेहको वचन दोस्रोपल्ट तिनीकहाँ आयो:
KO
Copywork
Nepali ONCV 예레미야 33장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 예레미야
“याहवेह यसो भन्नुहुन्छ, उहाँ, जसले पृथ्वी बनाउनुभयो, याहवेह जसले पृथ्वीको आकार बनाउनुभयो र पृथ्वीलाई स्थापित गर्नुभयो—उहाँको नाम याहवेह हो:
‘मलाई पुकार् र म तँलाई जवाफ दिनेछु; अनि तैँले नजानेका महान् र गुप्त कुराहरू म तँलाई बताउनेछु।’
किनकि बेबिलोनीहरूको घेराबन्दी र तरवारको विरुद्धमा भएको प्रतिरोधको लडाइँमा भत्काइएका यस सहरका घरहरू र यहूदाका राजकीय महलहरूको बारेमा याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ,
बेबिलोनीहरूसँगको लडाइँमा: ‘मैले आफ्नो रिस र क्रोधमा मारेका मानिसहरूका लासहरूले ती भवन र घरहरू भरिनेछन्। यस सहरका सबै दुष्टताको कारण म यस सहरबाट आफ्नो अनुहार लुकाउनेछु।
“ ‘तापनि म यस सहरमा फेरि स्वस्थता र चङ्गाइ ल्याउनेछु, र म मेरा मानिसहरूलाई फेरि निको पार्नेछु; अनि तिनीहरूलाई प्रशस्त शान्ति र सुरक्षा उपभोग गर्न दिनेछु।
म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्याउनेछु, र तिनीहरूलाई पहिलेजस्तै फेरि म पुनर्निर्माण गर्नेछु।
तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अपराधबाट म तिनीहरूलाई शुद्ध पार्नेछु। मेरो विरुद्धमा तिनीहरूले गरेका सबै पाप र विद्रोहहरूलाई क्षमा गर्नेछु।
तब यस यरूशलेम सहरको निम्ति मैले गरेका सबै भलाइका कुराहरू सुनेर यस पृथ्वीका सबै जातिहरूको सामु यस सहरले मलाई ख्याति, आनन्द, प्रशंसा र सम्मान ल्याउनेछ। अनि मैले यस यरूशलेमको निम्ति दिएको प्रशस्त उन्नति र शान्तिको कारण मानिसहरू डराएर थरथर काम्नेछन्।’
“याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरू यस ठाउँको बारेमा भन्दछौ, यो त कुनै मानिस र पशुप्राणीहरू नभएको उजाड ठाउँ हो। यद्यपि यरूशलेमका सडकहरू र यहूदाका सहरहरू, जो कुनै मानिस, कुनै बासिन्दा नभएका र त्यागिएका उजाड छन्,
एक पटक फेरि आनन्द र हर्षको सोर, दुलहा र दुलहीका आवाजहरू; अनि याहवेहको भवनमा धन्यवादको भेटी लिएर आउनेहरूका सोरहरू सुनिनेछन्, जसले यसो भन्नेछन्,
“सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘यो उजाड ठाउँ मानिसहरू र पशुप्राणीहरू नभएको ठाउँमा—यस देशका सबै सहरमा गोठालाहरूका निम्ति तिनीहरूका बगालहरू विश्राम गर्ने खर्कहरू फेरि हुनेछन्।
यहूदाको सहरहरूमा, यरूशलेमका चारैपट्टिका गाउँहरूमा, बेन्यामीनका इलाकामा, पश्चिमी पहाडका तराई, बेँसी र दक्षिणका पहाडी इलाकाका सहरहरूमा गोठालाहरूले फेरि भेडाबाख्राहरूका बगालहरू गन्नेछन्, याहवेह यसो भन्नुहुन्छ।
“ ‘हेर, ती दिनहरू आउँदैछन्, याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म इस्राएलको घराना र यहूदाको घरानासित मैले गरेका असल प्रतिज्ञाहरू पूरा गर्नेछु।
“ ‘ती दिनहरूमा र त्यस समयमा
ती दिनहरूमा यहूदा बचाइनेछ,
किनकि याहवेह यसो भन्नुहुन्छ: ‘इस्राएलको घरानाको सिंहासनमा बस्न दावीदलाई कुनै दिन पनि मानिसको अभाव हुनेछैन;
न त लेवी पुजारीहरूले होमबलि चढाउन, अन्नबलि जलाउन र बलिदानहरू चढाउन मेरो सामु खडा हुने मानिसको कहिल्यै अभाव हुनेछ।’ ”
याहवेहको वचन यर्मियाकहाँ आयो:
“याहवेह यसो भन्नुहुन्छ: ‘यदि तिमीहरूले दिन र रातसँग मेरो करार भङ्ग गर्न सक्यौ, र दिन र रात तिनीहरूको तोकिएको समयमा प्रकट भएनन् भने,
तब मात्र मेरो सेवक दावीदसँगको मेरो करार, लेवीहरू र पुजारीहरू, जो मेरो सामु रहेर सेवा गर्छन्, तिनीहरूसँगको मेरो करार भङ्ग हुन सक्छ; यहाँसम्म कि दावीदको सिंहासनमा शासन गर्नलाई उसको कुनै सन्तान हुनेछैन।
म आफ्नो सेवक दावीद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूलाई आकाशका गन्न नसकिने ताराहरू र समुद्रका किनारमा भएका बालुवा जोखिन नसकिनेजस्तै बढाइदिनेछु।’ ”
याहवेहको वचन यर्मियाकहाँ आयो:
“के यी मानिसहरूले ‘याहवेहले आफूले चुन्नुभएका दुई राज्य यहूदा र इस्राएललाई त्यागिदिनुभएको छ’ भनिरहेको कुरा के तैँले ख्याल गरेको छैनस्? यसकारण ती मानिसहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् र तिनीहरूलाई एक राष्ट्रको रूपमा ठान्दैनन्।
याहवेह यसो भन्नुहुन्छ: ‘यदि मैले दिन र रातसँग आफ्नो करार स्थापित गरेको होइन भने साथै आकाश र पृथ्वीका नियमहरू तोकिदिएको होइन भने,
म याकोब र मेरो सेवक दावीदका सन्तानहरूलाई तिरस्कार गर्नेछु। अनि त्यसको सन्तानको कुनै पनि छोरालाई अब्राहाम, इसहाक र याकोबका सन्तानमाथि शासन गर्नलाई म चुन्नेछैनँ। तर म तिनीहरूलाई कैदबाट फर्काएर तिनीहरूको समृद्धि पनि फर्काइदिनेछु र तिनीहरूमाथि दया देखाउनेछु।’ ”