तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई मानिसलाई जासुसी गर्न यसो भन्दै गुप्तमा पठाए: “जाओ, र त्यस देशलाई हेर, विशेष गरी यरीहोलाई।” यसकारण तिनीहरू गए, र राहाब नाम भएकी एउटी वेश्याको घरमा गए, र त्यहीँ बास बसे।
KO
Copywork
Nepali ONCV 여호수아 2장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 여호수아
यरीहोको राजालाई यसो भनियो, “सुन्नुहोस्, आज राति यस देशको भेद लिन भनी केही इस्राएलीहरू यहाँ आएका छन्।”
यसकारण यरीहोको राजाले राहाबकहाँ यो समाचार पठाए: “तँकहाँ आएर तेरो घरभित्र बसेका मानिसहरूलाई बाहिर निकालेर ले; किनकि तिनीहरू समस्त देशको भेद लिन आएका छन्।”
तर त्यस स्त्रीले ती दुई पुरुषहरूलाई लुकाएकी थिई। त्यसले भनी, “हो, ती पुरुषहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् भन्ने कुरा मलाई थाहा भएन।
साँझमा सहरको मूलढोका बन्द हुने समयमा ती मानिसहरू गइहाले। तिनीहरू कुन बाटो गए, सो म जान्दिनँ। तिनीहरूको पछि झट्टै जानुहोस्। सायद तपाईंहरूले तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।”
(तर जासुसहरूलाई त्यस स्त्रीले माथि कौसीमा लगेर आफूले मिलाएर राखेको सनपाटका डाँठहरूका थाकमुनि लुकाएकी थिई।)
यसकारण ती मानिसहरू ती जासुसहरूलाई खोज्दै यर्दनको बाटोमा घाटहरूसम्म गए। अनि खोजी गर्दै जाने ती मानिसहरू जानसाथ मूलढोका बन्द भइहाल्यो।
राति ती जासुसहरू सुत्नुभन्दा अगि त्यो स्त्री माथि कौसीमा गई।
अनि जासुसहरूलाई भनी, “याहवेहले यो देश तपाईंहरूलाई दिनुभएको छ भनी म जान्दछु। अनि तपाईंहरूको भयङ्ककर डरले हामीलाई छोपेको छ। यसकारण देशमा बस्ने सबै मानिसहरू तपाईंहरूको कारण डरले भयभीत भएका छन्।
तपाईंहरू इजिप्टबाट निस्केर आउँदा याहवेहले कसरी तपाईंहरूका निम्ति लाल समुद्रलाई सुकाइदिनुभयो; अनि यर्दनको पूर्वपट्टि तपाईंहरूले पूर्ण रूपमा नाश पार्नुभएका एमोरीहरूका दुवै राजाहरू, सीहोन र ओगलाई के गर्नुभयो भनी हामीले सुनेका छौँ।
यो कुरा सुनेपछि तपाईंहरूको कारण हामी भयभीत भयौँ र हामी सबैको साहस हरायो; किनकि याहवेह तपाईंहरूका परमेश्वर, उहाँ नै माथि स्वर्गका र तल पृथ्वीका परमेश्वर हुनुहुन्छ।
“यसकारण अब मलाई याहवेहको नाममा शपथ खानुहोस्। मैले तपाईंहरूप्रति देखाएको दयाको कारण तपाईंहरूले मेरो परिवारप्रति पनि दया देखाउनुहुनेछ। मलाई एउटा निश्चित चिन्ह दिनुहोस्,
ताकि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरू र तिनीहरूका सबै परिवारका जनहरूका जीवनको रक्षा गरिदिनुहुनेछ, अर्थात् तपाईंहरूले हामीलाई मृत्युबाट बचाउनुहुनेछ।”
ती जासुसहरूले तिनलाई यसरी सान्त्वना दिए, “तिमीहरूको प्राणको सट्टा हाम्रो प्राण। हामीले के गरिरहेका छौँ भनी तिमीले अरूलाई भनेनौ भने याहवेहले यो देश हामीलाई दिनुहुन्छ, तब हामी तिमीहरूप्रति दयालु हुनेछौँ र आफ्नो वचन पूरा गर्नेछौँ।”
यसकारण त्यसले जासुसहरूलाई झ्यालबाट एउटा डोरीले तल ओह्राली; किनकि त्यो बसेकी घर सहरको पर्खालको एउटा भाग थियो।
त्यो स्त्रीले तिनीहरूलाई भनी, “पहाडहरूतिर जानुहोस् र ती खोज्नेहरूले तपाईंहरूलाई भेट्टाउनेछैनन्। ती खोज्नेहरू फर्केर नआएसम्म तीन दिनसम्म त्यहीँ लुकिबस्नुहोस्। अनि मात्र आफ्नो बाटो लाग्नुहोस्।”
ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ हामी पूरा गर्नेछौँ;
जब हामी यस देशमा प्रवेश गर्छौँ, तब तिमीले हामीलाई निकालेको झ्यालमा यो रातो डोरी बाँधिराख्नू। तिमीले आफ्नो बुबाआमा, तिम्रो दाजुभाइहरू र सम्पूर्ण परिवारलाई तिम्रो घरभित्र ल्याउनू;
तर यदि कोही तिम्रो घरबाट बाहिर सडकमा गयो र मर्यो भने त्यसको रगतको दोष त्यसकै शिरमा पर्नेछ; अनि हामी जिम्मेवार हुनेछैनौँ। तर तिमीसँग घरभित्र हुनेहरूमाथि कसैले हात लगायो भने त्यसको रगतको दोष हाम्रो शिरमा पर्नेछ।
तर यदि हामीले के गर्दैछौँ, त्यो तिमीले बतायौ भने जुन शपथ तिमीले हामीलाई खान लगाएकी थियौ, सो शपथबाट हामी मुक्त हुनेछौँ।”
त्यसले जवाफ दिई, “म राजी छु। तपाईंहरूले भन्नुभएअनुसार नै होस्।”
अनि तिनीहरू गए, र पहाडमा पुगे। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। तिनीहरूलाई खोज्नेहरूले बाटोहरूमा खोजी गरे; तर तिनीहरूलाई भेट्टाउन नसकेपछि फर्केर आए।
अनि ती दुई मानिसहरू पहाडबाट ओर्ले, र नदी तरेर नूनका छोरा यहोशूकहाँ आए। अनि तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए।
तिनीहरूले यहोशूलाई भने, “साँच्चै नै याहवेहले सम्पूर्ण देश हाम्रो हातमा दिनुभएको छ। सबै मानिसहरू हाम्रो कारण भयभीत भएका छन्।”