तब यरूशलेमबाट केही फरिसी र व्यवस्थाका शिक्षकहरू येशूकहाँ आएर सोधे,
KO
Copywork
Nepali ONCV 마태복음 15장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 마태복음
“तपाईंका चेलाहरूले किन पुर्खाहरूका परम्परा भङ्ग गर्दछन्? तिनीहरूले खानअगि आफ्ना हात धुँदैनन्।”
येशूले जवाफ दिनुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराका निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्छौ?
किनकि परमेश्वरले भन्नुभएको छ, ‘आफ्ना बुबाआमालाई आदर गर’, अनि ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’
तर तिमीहरू, कुनै मानिसले आफ्ना बुबा वा आमालाई, ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो परमेश्वरलाई चढाइसकिएको छ’ भन्यो भने,
त्यसले ‘आफ्ना बुबा वा आमाको आदर’ गर्नुपर्दैन भन्छौ। यसरी तिमीहरूले आफ्ना परम्पराका निम्ति परमेश्वरको आज्ञालाई व्यर्थको तुल्याउँछौ।
ए कपटीहरू हो! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए:
“ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्,
तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्;
अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्नुभयो, “सुन र बुझ।
जे मानिसको मुखबाट भित्र पस्छ, त्यसले उसलाई अशुद्ध पार्दैन; तर जे उसको मुखबाट बाहिर निस्कन्छ, त्यसले उसलाई अशुद्ध पार्छ।”
तब चेलाहरूले उहाँकहाँ आएर सोधे, “यो सुनेर फरिसीहरू अपमानित भएका छन् भनी तपाईंलाई थाहा भयो?”
उहाँले जवाफ दिनुभयो, “मेरा स्वर्गीय पिताले नरोपेको हरेक बोटबिरुवा जरैसित उखेलिनेछ।
तिनीहरूलाई छोडिदेओ; ती दृष्टिविहीन अगुवाहरू हुन्। यदि एउटा दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउँछ भने दुवै खाडलमा पर्नेछन्।”
पत्रुसले भने, “यस दृष्टान्तको अर्थ हामीलाई बुझाइदिनुहोस्।”
येशूले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरू अझै अबुझ छौ?
जे कुरा मुखभित्र पसेर पेटमा जान्छ, त्यो शरीरबाट बाहिर निस्कन्छ भनी तिमीहरू जान्दैनौ?
तर जे कुरा मुखबाट बाहिर निस्कन्छ, त्यो हृदयबाट आउँछ; अनि यसैले मानिसलाई अशुद्ध पार्छ।
किनकि हृदयबाट दुष्ट विचारहरू; हत्या, व्यभिचार, अनैतिकता, चोरी, झूटा साक्षी, निन्दा निस्कन्छन्।
यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छ, तर नधोइएका हातहरूले खाँदा उसलाई अशुद्ध पार्दैन।”
त्यो ठाउँ छोडेर येशू टायर र सीदोनका इलाकातिर जानुभयो।
त्यतातिरबाट एउटी कनानी स्त्री जोडसित रुँदै यसो भन्दै आई, “प्रभु, दावीदको पुत्र, ममाथि दया गर्नुहोस्! मेरी छोरीलाई भूतआत्मा लागेको छ, र साह्रै सताएको छ।”
येशूले जवाफमा एक शब्द पनि बोल्नुभएन। यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर बिन्ती गरे, “त्यसलाई पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछि-पछि रुँदै आइरहेकी छ।”
उहाँले जवाफ दिनुभयो, “म त इस्राएली घरानाका हराएका भेडाहरूकहाँ मात्र पठाइएको हुँ।”
त्यो स्त्री उहाँकहाँ आई, र घुँडा टेकेर भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्!”
उहाँले जवाफ दिनुभयो, “केटाकेटीहरूको रोटी लिएर कुकुरहरूको अगि फालिदिनु उचित होइन।”
त्यस स्त्रीले भनी, “हो प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूका टेबुलबाट खसेका टुक्राटाक्रीहरू खान्छन्।”
तब येशूले जवाफ दिनुभयो, “हे स्त्री, तिम्रो विश्वास ठूलो रहेछ। तिमीले चाहेजस्तै नै होस्।” अनि उसकी छोरी त्यसै बेला निको भई।
येशू त्यहाँबाट निस्केर गालील समुद्रको किनारै-किनारा भएर जानुभयो; अनि उहाँ एउटा पहाडी ठाउँमा गएर बस्नुभयो।
त्यहाँ ठूला भीडहरू उहाँकहाँ लुला-लङ्गडा, दृष्टिविहीन, अपाङ्ग, लाटो र अरू धेरै बिरामीहरूलाई लिएर आए; अनि उहाँका पाउमा राखिदिए; तब उहाँले तिनीहरूलाई निको पार्नुभयो।
जब मानिसहरूले लाटाहरूका बोली फुटेका, अपाङ्गहरू ठिक भएका, लङ्गडाहरू हिँडेका र दृष्टिविहीनहरूका आँखा खोलिएका देखे, तब तिनीहरू छक्क परे; अनि तिनीहरूले इस्राएलका परमेश्वरको प्रशंसा गरे।
येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, र तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्नँ, नत्रता यिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्।”
उहाँका चेलाहरूले जवाफ दिए, “यति ठूलो भीडलाई खुवाउनलाई यस निर्जन ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौँला?”
येशूले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्?”
उहाँले भीडलाई भुइँमा बस्न लाउनुभयो।
तब उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले मानिसहरूलाई बाँडिदिए।
तिनीहरू सबैले खाए, र अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले।
खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक, करिब चार हजार पुरुषहरू थिए।
भीडहरूलाई पठाइसकेपछि येशू एउटा डुङ्गामा चढेर मगादानका छेउछाउतिर जानुभयो।