M'Cheyne Bible Journey

Bible Reading Plan — M'Cheyne One Year

Follow this Bible Reading Plan through four passages a day—the Old Testament once and the New Testament and Psalms twice a year.

365 Fixed one-year plan
4 Four readings a day
271 Selected day
‹ Day 271 / 365 Today ›
Version

Reading confirmation

Did you finish this M'Cheyne day?

Confirm it to mark this day complete on your M'Cheyne progress chart.

Family · Old Testament

사무엘하 24

Open in reader →
Chapter 24

David's Census and Its Punishment

1फेरि एक चोटि याहवेह इस्राएलीहरूसँग रिसाउनुभयो। अनि उहाँले दावीदलाई सुर्‍याउनुभयो, “जा, गएर इस्राएल र यहूदाको जनगणना गर्।”

2यसकारण दावीदले योआब र तिनका अधीनमा भएका सेनाहरूका सेनापतिहरूलाई भने, “दानदेखि बेर्शेबासम्म इस्राएलका कुलहरूका बीचमा गएर लडाकु मानिसहरूको संख्या लिनू, ताकि सेनाहरू कति छन्, सो म जान्‍न सकूँ।”

3तर योआबले राजालाई जवाफ दिए, “याहवेह तपाईंका परमेश्‍वरले तपाईंका सेनाहरूलाई सय गुणा बढाइदेऊन्। अनि मेरा मालिक महाराजाका आँखाले ती सेनाहरूलाई देखून्। तर मेरा मालिक महाराजाले किन जनगणना गर्न चाहनुहुन्छ?”

4तरै पनि राजाको कुराले योआब र सेनाका सेनापतिहरूका कुरालाई खारेज गर्‍यो। योआब त्यहाँबाट निस्केर गए। यसकारण इस्राएलका लडाकु मानिसहरूको संख्या लिन तिनीहरू राजाको उपस्थितिबाट बिदा भए।

5तिनीहरूले यर्दन पार गरे, र अरोएरको छेउमा सहरको दक्षिणपट्टि भएको घाटीमा छाउनी हाले। त्यसपछि तिनीहरू गादहुँदै याजेरसम्म पुगे।

6तिनीहरू गिलादमा र ताहतीम-होदशीको इलाकामा गए। अनि त्यहाँबाट दान-यान र सीदोन वरपरसम्म गए।

7तब तिनीहरू टायरको गढ, हिव्वी र कनानीहरूका सबै सहरहरूमा गए। अन्त्यमा तिनीहरू यहूदाको दक्षिणमा भएको बेर्शेबामा गए।

8तिनीहरू सारा देशमा घुमिसकेपछि नौ महिना बीस दिनको अन्तमा यरूशलेममा फर्केर आए।

9योआबले राजालाई लडाकु मानिसहरूको संख्या बताए: इस्राएलमा तरवार चलाउन सक्ने योग्यका मानिसहरू आठ लाख र यहूदामा पाँच लाख थिए।

10आफूले लडाकु मानिसहरूको संख्या लिइसकेपछि दावीदको विवेकले तिनलाई सताउन थाल्यो; र तिनले याहवेहलाई भने, “मैले जनगणना गरेर ठूलो पाप गरेको छु। अब हे याहवेह, म बिन्ती गर्छु, तपाईंको सेवकको पाप क्षमा गरिदिनुहोस्। किनभने मैले यस्तो मूर्ख काम गरेको छु।”

11भोलिपल्ट बिहान दावीद उठ्नुभन्दा अगि नै अगमवक्ता गाद, अर्थात् दावीदका भविष्यवक्ता गादलाई याहवेहको वचन यसो भन्दै आइसकेको थियो:

12“जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्‍न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ”

13यसकारण दावीदकहाँ गएर गादले तिनलाई भने, “तपाईंको देश तीन वर्षको अनिकालमा परेको, अथवा तपाईं तीन महिनासम्म आफ्ना शत्रुहरूद्वारा खेदोमा परेको, अथवा तपाईंको देशमा तीन दिनको महामारी चलेको, अब यसलाई राम्रोसँग विचार गर्नुहोस् र मैले मलाई पठाउनुहुनेलाई कसरी जवाफ दिने हो, त्यो निर्णय लिनुहोस्।”

14दावीदले गादलाई भने, “म ठूलो सङ्कष्‍टमा परेको छु। हामीलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।”

15यसकारण याहवेहले इस्राएलमाथि त्यस बिहानदेखि तोकिएको समयसम्म महामारी पठाउनुभयो। अनि दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे।

16जब स्वर्गदूतले यरूशलेमलाई नष्‍ट गर्न आफ्नो हात पसारे, तब याहवेह त्यस विपत्तिको कारण दुःखित हुनुभयो। अनि मानिसहरूलाई हानि गरिरहेका स्वर्गदूतलाई भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम।” त्यस बेला याहवेहको दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए।

17जब दावीदले मानिसहरूलाई प्रहार गरिरहेका स्वर्गदूतलाई देखे, तब तिनले याहवेहलाई भने, “मैले पाप गरेको हुँ; म गोठालोले गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। तिनीहरूले के गरेका छन् र? तपाईंको हात ममाथि र मेरो परिवारमाथि परोस्!”

David Builds an Altar at the Threshing Floor of Araunah

18त्यस दिन गाद दावीदकहाँ गए, र तिनलाई भने, “माथि जानुहोस्, र यबूसी अरौनाको खलामा याहवेहका निम्ति एउटा वेदी बनाउनुहोस्!”

19यसकारण याहवेहले गादद्वारा आज्ञा गर्नुभएझैँ दावीद माथि उक्लेर गए।

20जब अरौनाले राजा र तिनका सेनाहरूलाई आफूतिर आइरहेका देखे, तब तिनी बाहिर गएर राजालाई भुइँमा घोप्टो परेर दण्डवत् गरे।

21अरौनाले भने, “मेरा मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभयो?”

22अरौनाले दावीदलाई भने, “मेरा मालिक महाराजालाई जे इच्छा लाग्छ, लिनुहोस् र बलिदान चढाउनुहोस्। होमबलि चढाउनलाई गोरुहरू यहाँ छन्, र दाउराका निम्ति दाइँ गर्ने काठहरू र गोरुका जुवाहरू पनि यहाँ छन्।

23हे महाराजा, अरौनाले यी सबै कुराहरू राजालाई दिइरहेको छ।” अरौनाले राजालाई यो पनि भने, “याहवेह तपाईंका परमेश्‍वरले तपाईंको बलिदान ग्रहण गरून्!”

24तर राजाले अरौनालाई जवाफ दिए, “होइन, म यसको दाम तिमीलाई दिन चाहन्छु। याहवेह मेरा परमेश्‍वरलाई मूल्यविनाको होमबलि म चढाउनेछैनँ।”

25दावीदले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए। अनि त्यसमा होमबलि र मेलबलि चढाए। तब देशका निम्ति गरिएको प्रार्थना याहवेहले सुन्‍नुभयो। अनि इस्राएलमाथि आएको महामारी थामियो।

Family · New Testament

갈라디아서 4

Open in reader →
Chapter 4

Called from Slaves to Sons

1म तिमीहरूलाई भन्दछु, जबसम्म उत्तराधिकारी नाबालक रहन्छ, ऊ सबै कुराहरूको मालिक भए तापनि ऊ कुनै सेवकभन्दा भिन्‍न हुँदैन।

2तर उसको बुबाले तोकेको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनमा रहन्छ।

3त्यसै गरी हामीहरू पनि जब नाबालकै थियौँ, तब हामी संसारका आधारभूत सिद्धान्तहरूको दासत्वमा थियौँ।

4तर जब तोकिएको समय आयो, तब परमेश्‍वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीबाट जन्मनुभयो र व्यवस्थाको अधीनमा जन्मनुभयो।

5व्यवस्थाका अधीनमा हुनेहरूलाई मोल तिरेर छुटाउन र हामीलाई पुत्रको रूपमा ग्रहण गर्नलाई उहाँ पठाइनुभयो।

6किनकि तिमीहरू उहाँका पुत्रहरू हौ, परमेश्‍वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाउनुभएको हो। त्यही आत्माले उहाँलाई, “अब्बा, पिता” भनी पुकार्नुहुन्छ।

7यसकारण अब उप्रान्त तिमी सेवक होइनौ, तर परमेश्‍वरका पुत्र हौ र तिमी उहाँको पुत्र हौ भने परमेश्‍वरले तिमीलाई उत्तराधिकारी पनि बनाउनुहुन्छ।

Do Not Turn Back to Weak Elemental Principles

8तिमीहरूले पहिले परमेश्‍वरलाई चिनेका थिएनौ, र तिमीहरू ती कुराहरूका सेवक थियौ, जो वास्तवमा ईश्‍वर नै होइनन्।

9तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिनेका छौ, अथवा परमेश्‍वरले तिमीहरूलाई चिन्‍नुहुन्छ, तब किन तिमीहरू फेरि फर्केर ती व्यर्थ र आधारभूत सिद्धान्तहरूतर्फ लाग्दछौ? के तिमीहरू फेरि पनि ती सबै कुराहरूको सेवक बन्‍न चाहन्छौ?

10तिमीहरूले विशेष दिन, महिना, ऋतु र वर्षहरू मान्दछौ!

11मैले तिमीहरूका निम्ति गरेको परिश्रम व्यर्थ भयो कि भनी फिक्री लागिरहेको छ।

Paul's Heartfelt Appeal to the Galatians

12दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूसँग बिन्ती गर्दछु, तिमीहरू मजस्तै होओ, जसरी म तिमीहरूजस्तै भएको छु। तिमीहरूले मलाई केही हानि गरेका छैनौ।

13तिमीहरू जान्दछौ, कि पहिला बिरामी अवस्थामा मैले तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ।

14यद्यपि मेरो बिरामी अवस्था तिमीहरूका निम्ति एउटा परीक्षा थियो, तापनि तिमीहरूले मलाई न त बेवास्ता गर्‍यौ, न तिरस्कार नै गर्‍यौ; तर तिमीहरूले मलाई परमेश्‍वरको दूतलाई झैँ अथवा ख्रीष्‍ट येशूलाई झैँ स्वागत गर्‍यौ।

15मसँग अनुभव गरेको तिमीहरूको त्यो आनन्द कता गयो? म गवाही दिन सक्छु, यदि सम्भव भएको भए तिमीहरूले आफ्नै आँखाहरूसमेत निकालेर मलाई दिनेथियौ।

16मैले तिमीहरूसँग सत्य बोलेर के अब म तिमीहरूको शत्रु भएको छु?

17ती यहूदी अगुवाहरू डाहको कारण तिमीहरूको मन जित्न खोजिरहेका छन्, तर असल विचारले होइन। तिनीहरूले तिमीहरूलाई हामीबाट अलग पार्न मात्र चाहन्छन्, ताकि तिमीहरू उनीहरूका निम्ति जोशिलो हुन सक।

18असल उद्देश्यसहित र सधैँ जोशिलो हुनु राम्रो हो; तर म तिमीहरूसँग हुँदा मात्र होइन, तर सधैँभरि त्यस्तै होस्।

19हे मेरा प्रिय बालबालिकाहरू हो, जबसम्म ख्रीष्‍ट तिमीहरूमा बनिनुहुन्‍न, तबसम्म म फेरि प्रसव-वेदनामा परेकी स्त्रीझैँ हुन्छु।

20अहिले म तिमीहरूसँग कसरी रहूँ, र मेरो बोल्ने तरिका कसरी बदलौँ, किनकि म तिमीहरूका विषयमा व्याकुल छु।

Hagar and Sarah, an Allegory of Two Covenants

21मलाई भन, के तिमीहरू व्यवस्थाको अधीनमा रहन चाहन्छौ, तिमीहरूलाई थाहा छैन व्यवस्थाले के भन्छ?

22धर्मशास्त्रमा यसरी लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, एउटा दासी स्त्रीबाट जन्मेको, र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट जन्मेको।

23दासीबाट जन्मेको छोरा शरीरको इच्छाअनुसार जन्मेको थियो, तर स्वतन्त्र स्त्रीपट्टिबाट जन्मेको छोराचाहिँ ईश्‍वरीय प्रतिज्ञाको प्रतिफल थियो।

24यो कुरालाई उदाहरणको रूपमा लिइएको छ: दुई स्त्रीहरूले दुई वटा करारलाई प्रतिनिधित्व गर्दछन्। एउटा करारचाहिँ सीनै पर्वतबाट हो, र यसले दासत्वको निम्ति जन्मिएका सन्तानलाई प्रतिनिधित्व गर्दछ, जो हागार हो।

25अहिले हागारचाहिँ अरब देशमा भएको सीनै पर्वत हो, र वर्तमान यरूशलेमसँग त्यसको तुलना गर्न सकिन्छ; किनकि त्यो आफ्ना सन्तानका साथ दासत्वमा छे।

26तर सारा स्वर्गीय यरूशलेमकी प्रतिक हुन्, जो स्वतन्त्र छिन्, जोचाहिँ हामी सबैकी आमा हुन्।

27किनकि धर्मशास्त्रमा लेखिएको छ:

28अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामी पनि इसहाकजस्तै प्रतिज्ञाका सन्तानहरू हौँ।

29त्यस समय मानवीय इच्छाअनुसार जन्मेको पुत्रले प्रतिज्ञाको प्रतिफलद्वारा जन्मेको पुत्रलाई जसरी खेदो गर्दथ्यो, अहिले पनि त्यस्तै छ।

30तर धर्मशास्त्रले के भन्छ? “त्यो दासी र त्यसको छोरालाई निकालिदेऊ; किनकि दासीको छोरा कहिल्यै पनि स्वतन्त्र स्त्रीको छोरासँग उत्तराधिकारी हुन सक्दैन।”

31यसकारण प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामी दासी स्त्रीका सन्तानहरू होइनौ, तर स्वतन्त्र स्त्रीका सन्तानहरू हौँ।

Secret · OT / Psalms

에스겔 31

Open in reader →
Chapter 31

Egypt Likened to a Cedar of Lebanon

1एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिनमा, याहवेहको यो वचन मकहाँ आयो:

2“हे मानिसको छोरा, इजिप्टको राजा फारो र त्यसका सेनाका दलहरूलाई भन्:

3अश्शूरलाई विचार गर्, एक समयमा लेबनानको

4त्यसलाई पानीले पालनपोषण गर्‍यो;

5यसरी त्यो खेतका

6आकाशका सबै पक्षीहरूले

7त्यसका फैलिएका हाँगाहरूसित

8परमेश्‍वरको बगैँचामा भएका देवदारुहरूसित

9प्रशस्त हाँगाहरूसित

The Cedar Cut Down and Brought to Sheol

10“ ‘यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यो बाक्लो पातहरूमाथि ठूलो अग्लो टुप्पो भएको कारण र आफ्नो उँचाइमाथि त्यसले घमण्ड गरेको हुनाले,

11त्यसको दुष्‍टताअनुसार त्यसमाथि व्यवहार गरिनका लागि मैले त्यसलाई जाति-जातिहरूका शासकको हातमा सुम्पिदिएँ। मैले त्यसलाई एकातिर फ्याँकिदिएँ;

12अनि त्यसलाई विदेशी जातिहरूमध्ये अति निर्दयीहरूले काटेर ढालिदिए र छोडिदिए। त्यसका हाँगाहरू पर्वतहरूमा र सबै बेँसीहरूमा खसे; त्यसका हाँगाहरू देशका सबै खोल्साहरूमा भाँचिएर लडिरहे। पृथ्वीका सबै जातिहरू त्यसका छायामुनिबाट निस्के र त्यसलाई छोडिदिए।

13आकाशका सबै चराचुरुङ्गीहरू ढलेको रूखमाथि बसोबास गरे; अनि जङ्गलका सबै जनावरहरू हाँगाहरूमा बसे।

14यसकारण पानीको छेउमा भएका अरू कुनै पनि रूखहरू घमण्डसाथ आफ्ना बाक्ला पातहरूमाथि उचाइमा कहिल्यै बढ्नेछैनन्। पानी प्रशस्त पुगेका अरू कुनै पनि रूखहरू कहिल्यै यत्रो उचाइसम्म पुग्नेछैनन्; तिनीहरू तल पृथ्वीमा मानिसहरूको बीचमा जानलाई मृत्युको निम्ति तोकिएका छन्, जो तल मरणशील मानिसहरूमाझ चिहानमा जानेछन्।

15“ ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: त्यो मृत-लोकमा लगिएको दिन मैले त्यसका निम्ति ठूलो शोकको रूपमा गहिरा झरनाहरूलाई छोपिदिएँ; मैले त्यसका खोलाहरू रोकिदिएँ; अनि त्यसका प्रशस्त पानीका स्रोतहरू रोकिए। यसैकारण मैले लेबनानलाई अन्धकारले छोपिदिएँ र जङ्गलका सबै रूखहरू ओइलाए।

16जब मैले त्यसलाई तल खाडलमा जानेहरूसित तल मृत-लोकमा झारेँ, त्यसको पतनमा मैले राष्ट्रहरूलाई थरथर काम्न लगाएँ, तब अदनका सबै रूखहरू, लेबनानका सबैभन्दा असल र अति उत्तम रूखहरू, प्रशस्त पानी पाएर सप्रेका सबै रूखहरूले पृथ्वीमुनि सान्त्वना पाए।

17तिनीहरू पनि महान् देवदारुजस्ता त्यसका छायामा बस्‍ने जाति-जातिहरू, अथवा तरवारले युद्धमा मारिएका सेनाहरूसित नै तल मृत-लोकमा गएका थिए।

18“ ‘वैभव र गौरवमा अदनका अरू कुन रूखहरू तँसित तुलना गर्न सकिन्छ? तर पनि तँ अदनका रूखहरूसँगै तल पृथ्वीमुनि मृत-लोकमा खसालिनेछस्; तँ ती खतना नभएकाहरूका बीचमा तरवारले मारिएकाहरूका साथमा सुतिरहनेछस्।

Secret · New Testament

시편 79

Open in reader →
Chapter 79

A Lament over the Defiled Temple

1हे परमेश्‍वर, राष्ट्रहरूले तपाईंका उत्तराधिकारलाई आक्रमण गरेका छन्;

2तिनीहरूले तपाईंका सेवकहरूका लासलाई

3तिनीहरूले उनीहरूका रगत

4हाम्रा छिमेकीहरूका सामु हामी गिल्‍लाका पात्र;

5हे याहवेह, तपाईं कहिलेसम्म क्रोधित भइरहनुहुन्छ? के सधैँभरिको लागि?

6तपाईंको क्रोध ती राष्ट्रहरूमाथि खन्याउनुहोस्,

7किनकि तिनीहरूले याकोबलाई निलेका छन्,

8हाम्रा पितापुर्खाहरूका पापको दण्ड हामीलाई नदिनुहोस्;

9हे हाम्रा उद्धारक परमेश्‍वर,

10“तिनीहरूका परमेश्‍वर कहाँ छन्?”

11कैदीहरूका विलाप तपाईंको सामु पुगोस्;

12हे प्रभु, तिनीहरूले तपाईंलाई गरेका तिरस्कारको सट्टा,

13तब हामी, तपाईंका मानिसहरू, तपाईंको खर्कका भेडाहरूले,