RU
RU Русский
Библейское путешествие МʼЧейна
Лист чтения Библии — годовой план МʼЧейна
Следуйте плану чтения через четыре отрывка в день — Ветхий Завет один раз, а Новый Завет и Псалтирь дважды за год.
KO Корейский
EN Английский
CN Китайский
JP Японский
PH Филиппинские языки
HI Хинди
BN Бенгальский
TA Тамильский
TE Телугу
ML Малаялам
FA Персидский
MY Бирманский
NE Непальский
MR Маратхи
KN Каннада
HA Хауса
YO Йоруба
SW Суахили
IG Игбо
ID Индонезийский
PT Португальский
VI Вьетнамский
AR Арабский
RU Русский
UK Украинский
RO Румынский
IT Итальянский
FI Финский
TO Тонганский
HR Хорватский
SR Сербский
TR Турецкий
HU Венгерский
PL Польский
SK Словацкий
LA Латынь
NL Нидерландский
CS Чешский
FR Французский
ES Испанский
DE Немецкий
OT Другие языки
Подтверждение чтения
Вы завершили этот день МʼЧейна?
Подтвердите, чтобы отметить день завершённым в листе прогресса МʼЧейна.
여호수아 2
Rahab Hides the Spies
1तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई मानिसलाई जासुसी गर्न यसो भन्दै गुप्तमा पठाए: “जाओ, र त्यस देशलाई हेर, विशेष गरी यरीहोलाई।” यसकारण तिनीहरू गए, र राहाब नाम भएकी एउटी वेश्याको घरमा गए, र त्यहीँ बास बसे।
2यरीहोको राजालाई यसो भनियो, “सुन्नुहोस्, आज राति यस देशको भेद लिन भनी केही इस्राएलीहरू यहाँ आएका छन्।”
3यसकारण यरीहोको राजाले राहाबकहाँ यो समाचार पठाए: “तँकहाँ आएर तेरो घरभित्र बसेका मानिसहरूलाई बाहिर निकालेर ले; किनकि तिनीहरू समस्त देशको भेद लिन आएका छन्।”
4तर त्यस स्त्रीले ती दुई पुरुषहरूलाई लुकाएकी थिई। त्यसले भनी, “हो, ती पुरुषहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् भन्ने कुरा मलाई थाहा भएन।
5साँझमा सहरको मूलढोका बन्द हुने समयमा ती मानिसहरू गइहाले। तिनीहरू कुन बाटो गए, सो म जान्दिनँ। तिनीहरूको पछि झट्टै जानुहोस्। सायद तपाईंहरूले तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।”
6(तर जासुसहरूलाई त्यस स्त्रीले माथि कौसीमा लगेर आफूले मिलाएर राखेको सनपाटका डाँठहरूका थाकमुनि लुकाएकी थिई।)
7यसकारण ती मानिसहरू ती जासुसहरूलाई खोज्दै यर्दनको बाटोमा घाटहरूसम्म गए। अनि खोजी गर्दै जाने ती मानिसहरू जानसाथ मूलढोका बन्द भइहाल्यो।
The Oath of Rahab and the Spies
8राति ती जासुसहरू सुत्नुभन्दा अगि त्यो स्त्री माथि कौसीमा गई।
9अनि जासुसहरूलाई भनी, “याहवेहले यो देश तपाईंहरूलाई दिनुभएको छ भनी म जान्दछु। अनि तपाईंहरूको भयङ्ककर डरले हामीलाई छोपेको छ। यसकारण देशमा बस्ने सबै मानिसहरू तपाईंहरूको कारण डरले भयभीत भएका छन्।
10तपाईंहरू इजिप्टबाट निस्केर आउँदा याहवेहले कसरी तपाईंहरूका निम्ति लाल समुद्रलाई सुकाइदिनुभयो; अनि यर्दनको पूर्वपट्टि तपाईंहरूले पूर्ण रूपमा नाश पार्नुभएका एमोरीहरूका दुवै राजाहरू, सीहोन र ओगलाई के गर्नुभयो भनी हामीले सुनेका छौँ।
11यो कुरा सुनेपछि तपाईंहरूको कारण हामी भयभीत भयौँ र हामी सबैको साहस हरायो; किनकि याहवेह तपाईंहरूका परमेश्वर, उहाँ नै माथि स्वर्गका र तल पृथ्वीका परमेश्वर हुनुहुन्छ।
12“यसकारण अब मलाई याहवेहको नाममा शपथ खानुहोस्। मैले तपाईंहरूप्रति देखाएको दयाको कारण तपाईंहरूले मेरो परिवारप्रति पनि दया देखाउनुहुनेछ। मलाई एउटा निश्चित चिन्ह दिनुहोस्,
13ताकि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरू र तिनीहरूका सबै परिवारका जनहरूका जीवनको रक्षा गरिदिनुहुनेछ, अर्थात् तपाईंहरूले हामीलाई मृत्युबाट बचाउनुहुनेछ।”
14ती जासुसहरूले तिनलाई यसरी सान्त्वना दिए, “तिमीहरूको प्राणको सट्टा हाम्रो प्राण। हामीले के गरिरहेका छौँ भनी तिमीले अरूलाई भनेनौ भने याहवेहले यो देश हामीलाई दिनुहुन्छ, तब हामी तिमीहरूप्रति दयालु हुनेछौँ र आफ्नो वचन पूरा गर्नेछौँ।”
15यसकारण त्यसले जासुसहरूलाई झ्यालबाट एउटा डोरीले तल ओह्राली; किनकि त्यो बसेकी घर सहरको पर्खालको एउटा भाग थियो।
16त्यो स्त्रीले तिनीहरूलाई भनी, “पहाडहरूतिर जानुहोस् र ती खोज्नेहरूले तपाईंहरूलाई भेट्टाउनेछैनन्। ती खोज्नेहरू फर्केर नआएसम्म तीन दिनसम्म त्यहीँ लुकिबस्नुहोस्। अनि मात्र आफ्नो बाटो लाग्नुहोस्।”
17ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ हामी पूरा गर्नेछौँ;
18जब हामी यस देशमा प्रवेश गर्छौँ, तब तिमीले हामीलाई निकालेको झ्यालमा यो रातो डोरी बाँधिराख्नू। तिमीले आफ्नो बुबाआमा, तिम्रो दाजुभाइहरू र सम्पूर्ण परिवारलाई तिम्रो घरभित्र ल्याउनू;
19तर यदि कोही तिम्रो घरबाट बाहिर सडकमा गयो र मर्यो भने त्यसको रगतको दोष त्यसकै शिरमा पर्नेछ; अनि हामी जिम्मेवार हुनेछैनौँ। तर तिमीसँग घरभित्र हुनेहरूमाथि कसैले हात लगायो भने त्यसको रगतको दोष हाम्रो शिरमा पर्नेछ।
20तर यदि हामीले के गर्दैछौँ, त्यो तिमीले बतायौ भने जुन शपथ तिमीले हामीलाई खान लगाएकी थियौ, सो शपथबाट हामी मुक्त हुनेछौँ।”
21त्यसले जवाफ दिई, “म राजी छु। तपाईंहरूले भन्नुभएअनुसार नै होस्।”
The Spies Return and Report
22अनि तिनीहरू गए, र पहाडमा पुगे। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। तिनीहरूलाई खोज्नेहरूले बाटोहरूमा खोजी गरे; तर तिनीहरूलाई भेट्टाउन नसकेपछि फर्केर आए।
23अनि ती दुई मानिसहरू पहाडबाट ओर्ले, र नदी तरेर नूनका छोरा यहोशूकहाँ आए। अनि तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए।
24तिनीहरूले यहोशूलाई भने, “साँच्चै नै याहवेहले सम्पूर्ण देश हाम्रो हातमा दिनुभएको छ। सबै मानिसहरू हाम्रो कारण भयभीत भएका छन्।”
시편 123, 124, 125
Eyes Lifted in Hope of Mercy
1हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने परमेश्वर,
2जसरी सेवकहरूका आँखाले आफ्ना मालिकका हाततिर हेर्दछन्,
3हामीमाथि दया गर्नुहोस्, हे याहवेह, हामीमाथि दया गर्नुहोस्;
4हामीले अहङ्कारीहरूबाट
Salvation like a Bird Escaped from the Snare
1यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए—
2मानिसहरूले हामीलाई आक्रमण गर्दा,
3तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला,
4उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो;
5उर्लंदो पानीले
6याहवेहलाई प्रशंसा होस्,
7शिकारीको पासोबाट चरा उम्केझैँ,
8स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने,
The Lord Who Surrounds and Keeps like the Mountains
1याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्,
2जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्,
3धर्मीहरूलाई छुट्ट्याइएको देशमा,
4हे याहवेह, जो असल छन्, तिनीहरूलाई असल गर्नुहोस्;
5तर खराब मार्गतिर जो फर्कन्छन्,
이사야 62
Zion's New Name and the Unceasing Watchmen
1यरूशलेमको धार्मिकता प्रभातझैँ नचम्केसम्म,
2जाति-जातिहरूले तेरो धार्मिकता,
3तँ याहवेहको हातमा गौरवको एउटा मुकुट,
4अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्नेछैनन्,
5जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ,
6हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु;
7उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म
8याहवेहले आफ्नो दाहिने हात
9तर त्यसको कटनी गर्नेहरूले नै त्यो खानेछन्,
10जाओ, मूलढोकाहरूबाट भएर जाओ!
11याहवेहले पृथ्वीको पल्लो छेउसम्म
12तिनीहरू पवित्र जाति,
마태복음 10
Jesus Sends Out the Twelve Apostles
1येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, र हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो।
2ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्:
3फिलिप अनि बारथोलोमाइ;
4सिमोन कनानी र यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो।
5यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, र सामरीहरूका सहरहरूमा नपस।
6बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ।
7तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’
8रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
9“आफूसित पटुकामा सुन, चाँदी अथवा तामाको सिक्का नलैजाओ।
10यात्राका लागि झोला अथवा दुईसरो लुगा, जुत्ता अथवा लहुरो नबोक; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ।
11तिमीहरू जुन सहर अथवा गाउँमा जान्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज; अनि तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस।
12तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई अभिवादन गर।
13यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यस घरमा रहोस्; यदि छैन भने तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्।
14यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा सहरलाई छोडेर जाँदा तिमीहरूका पैतालाका धुलो टक्टक्याइदेओ।
15म तिमीहरूलाई साँच्चै भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा त सदोम र गमोराको अवस्था सहन सक्ने हुनेछ।
Coming Persecutions Foretold
16“म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैँ पठाउँदैछु। यसकारण सर्पझैँ चतुर र ढुकुरझैँ सोझो होओ।
17मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्।
18मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, र तिमीहरू गैरयहूदीहरूका अगि मेरा साक्षी हुनेछौ।
19तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो, सो दिइनेछ।
20किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ।
21“भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्।
22मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ।
23जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसको पुत्र आउनुभन्दा अगि तिमीहरूले इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ।
24“चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, न त सेवक मालिकभन्दा श्रेष्ठ हुन सक्छ।
25चेलालाई गुरुसमान हुनु र सेवकलाई मालिकसमान हुनु नै पर्याप्त हुन्छ। यदि घरका मुखियालाई बालजिबुल भनेका छन् भने घरका सदस्यहरूलाई त झन् कति बढ्ता गरी भन्लान्!
Fear Him Who Is to Be Feared
26“यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन र गुप्तमा कुनै कुरा लुकेको छैन, जो थाहा लाग्दैन।
27जे मैले तिमीहरूलाई अन्धकारमा भन्छु, त्यो दिनको उज्यालोमा भनिदेओ: तिमीहरूले कानमा जे सुन्छौ, त्यो घरका धुरीबाट प्रचार गरिदेओ।
28शरीरलाई मार्ने तर प्राणलाई नष्ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुने परमेश्वरसित डराओ।
29के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन।
30तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्।
31यसकारण नडराओ; तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
32“जसले मलाई मानिसहरूको सामु स्वीकार गर्दछ, त्यसलाई म पनि मेरा स्वर्गमा हुनुहुने पिताको सामु स्वीकार गर्नेछु।
33तर जसले मलाई मानिसहरूको सामु अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामु अस्वीकार गर्नेछु।
Not Peace, but a Sword
34“म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ।
35किनकि म,
36मानिसका शत्रुहरू त आफ्नै घरका सदस्यहरू हुनेछन्।’
37“जसले मलाई भन्दा आफ्ना बुबा वा आमालाई धेरै प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन; जसले आफ्ना छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन।
38अनि जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।
39जसले आफ्नो प्राण जोगाउँछ, उसले त्यो गुमाउनेछ; जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, उसले त्यो पाउनेछ।
Rewards for Receiving a Disciple
40“जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।
41जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ; अनि जसले धर्मी मानिसलाई धर्मी मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ।
42यदि कसैले यी सानाहरूमध्ये एक जनालाई मेरो चेला हो भनी एक गिलास चिसो पानी दिन्छ भने म तिमीहरूलाई साँच्चै भन्दछु, निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।”