Библейское путешествие МʼЧейна

Лист чтения Библии — годовой план МʼЧейна

Следуйте плану чтения через четыре отрывка в день — Ветхий Завет один раз, а Новый Завет и Псалтирь дважды за год.

365 Фиксированный годовой план
4 Четыре чтения в день
273 Выбранный день
‹ День 273 / 365 ›
Перевод

Подтверждение чтения

Вы завершили этот день МʼЧейна?

Подтвердите, чтобы отметить день завершённым в листе прогресса МʼЧейна.

Семья · Ветхий Завет

열왕기상 2

Открыть отрывок →
Глава 2

David's Last Charge to Solomon

1दावीदको मृत्युको समय नजिक आयो, तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आदेश दिए।

2तिनले यसो भने, “म संसारको नियमअनुसार जान लागिरहेको छु। यसकारण तँ बलियो हुनू, र आफैँलाई पुरुषार्थी बनाउनू।

3याहवेह तेरा परमेश्‍वरले चाहनुभएका सबै कुरा पालन गर्नू: उहाँमा आज्ञाकारी हुनू, र मोशाको व्यवस्थामा लेखिएझैँ, उहाँका सबै उर्दीहरू र आदेशहरू, उहाँका नियमहरू अनि विधिहरू पालन गर्नू; ताकि तैँले जे गर्छस्, र तँ जहाँ जान्छस्, त्यहाँ तेरो उन्‍नति होस्।

4तब याहवेहले ‘तेरा सन्तानहरू होसियारीसाथ हिँडे भने र मेरो सामु आफ्ना सारा हृदय र प्राणले विश्‍वासयोग्य भएर हिँडे भने तँलाई इस्राएलको सिंहासनमाथि बस्‍ने मानिसको अभाव हुनेछैन’ भनी मसित गर्नुभएको प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ।

5“सरूयाहका छोरा योआबले मलाई र इस्राएलका दुई सेनापति नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई के गर्‍यो, त्यो तँलाई थाहै छ। त्यसले लडाइँको समयमा जस्तै गरेर, शान्तिकै समयमा तिनीहरूको रगत बगाएर तिनीहरूलाई मार्‍यो अनि त्यो रगतले आफ्नो कम्मरपेटी र खुट्टाका जुत्ता रङ्गायो।

6त्यससित आफ्नो बुद्धिअनुसार व्यवहार गर्नू, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्।

7“तर गिलादमा हुने बर्जिल्‍लैका छोराहरूप्रति दया देखाउनू र तिनीहरू तँसित तेरो टेबुलमा खानेहरूमध्येकै होऊन्। तेरा दाजु अब्शालोम मदेखि भागेर जाँदा तिनीहरू मेरो पक्षमा थिए।

8“यो याद राख्नू, म महनाइममा गएको दिन बहूरीमको बेन्यामीनी गेराको छोरा शिमीले मलाई सराप्नुसम्म सरापेको थियो। जब त्यो मलाई यर्दनमा भेट्न आयो, तब मैले त्यससित याहवेहको नाममा ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी शपथ खाएँ।

9तर अब त्यसलाई निर्दोष नठान्‍नू। तँ बुद्धिमान् मानिस होस्। त्यसलाई के गर्नुपर्छ, सो तैँले जान्‍नेछस्। त्यसको शिर रगतसितै चिहानमा जाओस्।”

10तब दावीद आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र दावीदको सहरमा गाडिए।

11तिनले इस्राएलमाथि चालीस वर्षसम्म राज्य गरे—सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा।

12यसरी सोलोमन आफ्ना पिता दावीदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित भयो।

Adonijah Seeks Abishag and Is Put to Death

13एक दिन हग्गीतको छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ गए। बतशेबाले तिनलाई सोधिन्, “के तिमी शान्तिपूर्वक आएका हौ?”

14तब तिनले अझ भने, “मैले तपाईंसित केही कुरा भन्‍नु छ।”

15तिनले भने, “यो राज्य मेरो थियो भनी तपाईं जान्‍नुहुन्छ। सारा इस्राएलले मलाई आफ्नो राजाको रूपमा हेरेका थिए। तर कुरा बदलियो र राज्य मेरो भाइ सोलोमनको हातमा गयो। किनकि यो त याहवेहबाटै तिनीकहाँ आएको हो।

16अब मैले तपाईंसित एउटा बिन्ती गर्दछु, मलाई अस्वीकार नगर्नुहोला।”

17यसकारण तिनले भन्‍न थाले, “तपाईं शूनम्मी अबीशगलाई मेरी पत्नी हुनलाई मलाई दिइयोस् भनी राजा सोलोमनलाई भनिदिनुहोस्। किनकि उनले तपाईंलाई इन्कार गर्न सक्दैनन्।”

18बतशेबाले जवाफ दिइन्, “हुन्छ, म तिम्रा निम्ति राजासित कुरा गर्नेछु।”

19जब तिनी अदोनियाहको निम्ति राजा सोलोमनसित कुरा गर्न गइन्, तब राजा तिनलाई भेट्न उठे। अनि तिनलाई दण्डवत् गरे, र सिंहासनमा बसे। तिनले राजाकी आमाका निम्ति एउटा सिंहासन ल्याउन लगाए, अनि बतशेबा तिनको दाहिने हातपट्टि बसिन्।

20तब तिनले भनिन्, “म तिमीसित एउटा सानो बिन्ती गर्दछु, मलाई इन्कार नगरिदेऊ!”

21यसकारण तिनले भनिन्, “शूनम्मी अबीशगलाई तिम्रा दाजु अदोनियाहसित विवाह हुन देऊ।”

22तब राजा सोलोमनले आफ्नी आमालाई जवाफ दिए, “तपाईंले शूनम्मी अबीशगलाई अदोनियाहको निम्ति किन बिन्ती गर्नुहुन्छ? तपाईंले तिनका लागि राज्य पनि माग्न सक्नुहुन्छ। किनकि जे भए तापनि तिनी मेरो ठूलो दाजु हुन्। तिनका निम्ति अनि पुजारी अबीयाथार र सरूयाहका छोरा योआबका निम्ति पनि माग्न सक्नुहुन्छ!”

23तब राजा सोलोमनले याहवेहको नाममा यसरी शपथ खाए: “यस बिन्तीको निम्ति अदोनियाहले आफ्नो प्राण गुमाएनन् भने परमेश्‍वरले मसित कठोर व्यवहार गरून्!

24यसकारण अब म शपथ खान्छु, जसले मलाई आफ्ना पिता दावीदको सिंहासनमा दृढतासाथ स्थापित गर्नुभयो र आफूले प्रतिज्ञा गर्नुभएझैँ, मेरा निम्ति एउटा वंश स्थापित गर्नुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, अदोनियाह आजै मारिनेछ!”

25यसकारण राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले अदोनियाहलाई प्रहार गरे, र तिनको मृत्यु भयो।

Abiathar Banished and Joab Executed

26तब पुजारी अबीयाथारलाई राजाले भने, “तपाईं आफ्नो खेत अनातोतमा फर्केर जानुहोस्। तपाईं मारिने योग्यका हुनुहुन्छ; तर म अहिले तपाईंलाई मार्दिनँ। किनकि तपाईंले मेरा पिता दावीदको सामु सर्वशक्तिमान् याहवेहको सन्दुक बोक्नुभएको थियो। मेरा पिताका सबै सङ्कष्‍टमा साथ दिनुभएको थियो।”

27यसकारण सोलोमनले अबीयाथारलाई याहवेहको पुजारी पदबाट हटाइदिए। यसरी याहवेहले शीलोमा एलीको घरानाको विषयमा भन्‍नुभएको कुरा पूरा गरे।

28जब यो खबर योआबकहाँ पुग्यो, जसले पहिले अब्शालोमसित त होइन, तर अदोनियाहसित मिलेर षड्यन्त्र गरेका थिए। तब योआब याहवेहको पालमा भागेर गए; अनि वेदीका सिङहरू समाते।

29योआब पालमा भागेर गई वेदीको छेउमा बसेको कुरा राजा सोलोमनलाई बताइयो। तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई “जाऊ गएर तिनलाई मार” भनेर आज्ञा दिए।

30यसकारण बनायाहले याहवेहको पालमा गएर योआबलाई भने, “राजा भन्‍नुहुन्छ, ‘बाहिर आऊ!’ ”

31तब राजाले बनायाहलाई हुकुम दिए, “तिनले भनेझैँ गर। तिनलाई मारेर गाडिदेऊ, र म र मेरा पिताका घरानालाई योआबले बगाएको निर्दोष रगतको दोषबाट शुद्ध गरिदेऊ।

32याहवेहले तिनले बगाएको रगतको साटो फेर्नुहुनेछ। किनकि मेरा पिता दावीदको जानकारीविना नै तिनले दुई जना मानिसहरूमाथि आक्रमण गरेर तिनीहरूलाई तरवारले मारे। ती दुवैलाई अर्थात् इस्राएलको फौजका सेनापति नेरका छोरा अबनेर अनि येतेरका छोरा, यहूदाको फौजका सेनापति अमासा, जो तिनीभन्दा असल र सोझा मानिसहरू थिए।

33तिनीहरूको रगतको दोष सदाका निम्ति योआब र त्यसका सन्ततिमाथि रहोस्। तर दावीद र तिनका सन्तति, तिनका घराना र तिनको सिंहासनमाथि चाहिँ सदाको निम्ति याहवेहको शान्ति होइरहोस्।”

34यसकारण यहोयादाका छोरा बनायाह माथि गए, र योआबलाई प्रहार गरेर मारे। अनि तिनलाई मरुभूमिमा तिनकै जमिनमा गाडिदिए।

35राजाले योआबको ठाउँमा यहोयादाका छोरा बनायाहलाई आफ्नो फौजको जिम्मा सुम्पिदिए। अनि अबीयाथारको स्थानमा पुजारी सादोकलाई राखिदिए।

The End of Shimei Who Broke His Oath

36त्यसपछि राजाले शिमीलाई बोलाए, र तिनलाई भने, “आफ्ना लागि यरूशलेममा घर बनाऊ, र त्यहीँ बस, अरू कुनै ठाउँमा नजानू।

37किद्रोनको बेँसी पार गरेको दिन तिमी अवश्य मर्नेछौ। तिम्रो रगत तिम्रै शिरमाथि पर्नेछ।”

38शिमीले राजालाई जवाफ दिए, “तपाईंले भन्‍नुभएको कुरा असल हो। हजुरको सेवकले मेरा मालिक राजाले भन्‍नुभएझैँ गर्नेछ।” अनि शिमी धेरै समयसम्म यरूशलेममा बसे।

39तर तीन वर्षपछि शिमीका दुई जना दासहरू गातका राजा माकाको छोरा आकीशकहाँ भागेर गए। शिमीलाई यसो भनियो, “तपाईंका दासहरू गातमा छन्।”

40यो सुनेर तिनी आफ्नो गधामा काठी कसेर आफ्ना दासहरूलाई खोज्न आकीशकहाँ गातमा गए। यसरी शिमीले आफ्ना दासहरूलाई गातबाट फर्काइल्याए।

41जब सोलोमनलाई शिमी यरूशलेमबाट गातमा गएर फर्केको कुरा बताइयो,

42तब राजाले शिमीलाई बोलाउन पठाए, र तिनलाई भने, “के मैले तिमीलाई याहवेहको नाममा शपथ खान लगाएर ‘तिमी आफ्नो ठाउँ छोडेर अरू ठाउँमा गएको दिन निश्‍चय नै मर्नेछौ’ भनेर चेतावनी दिएको थिइनँ? त्यस बेला तिमीले ‘तपाईंले भन्‍नुभएको कुरा असल हो। म यसलाई पालन गर्नेछु’ भनेर मलाई भन्यौ।

43तर अहिले किन तिमीले याहवेहसितको तिम्रो शपथ पालन गरेनौ र मैले तिमीलाई दिएको हुकुम सुनेनौ?”

44राजाले शिमीलाई यो पनि भने, “तिमीले मेरा पिता दावीदप्रति गरेका सबै कुकर्महरू तिमीलाई थाहै छ। अब याहवेहले तिम्रा सबै कुकर्महरूको साटो लिनुहुनेछ।

45तर राजा सोलोमनले भने आशिष् पाउनेछन्, र दावीदको सिंहासन याहवेहको सामु सदा सुरक्षित रहनेछ।”

46तब राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए। अनि तिनले शिमीलाई प्रहार गरेर मारे।

Семья · Новый Завет

갈라디아서 6

Открыть отрывок →
Глава 6

Bear One Another's Burdens and Do Good

1दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिस पापमा पक्राउ पर्‍यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफैँ पनि होसियारी बस; नत्रता तिमी पनि परीक्षामा परौला।

2एक-अर्काको बोझ उठाओ र यसरी नै ख्रीष्‍टको व्यवस्था पूरा गर।

3यदि कसैले आफू केही नभए तापनि केही हुँ भनी सोच्दछ भने त्यसले आफूलाई नै धोका दिन्छ।

4प्रत्येकले आफ्नै कामको जाँच गर्नुपर्छ। तब आफूलाई अरू कसैसँग तुलना नगरी आफैँमा गर्व गर्न सक्छ।

5किनकि हरेक आफ्नो कार्यको आफैँ जिम्मेवार हुन्छ।

6तापनि जसले वचनको शिक्षा पाउँछ, उसले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचुँड गर्नुपर्दछ।

7धोकामा नपर: परमेश्‍वरलाई झुक्याउन सकिँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्दछ।

8जसले आफ्नो शरीरको पापमय स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी पनि गर्नेछ। तर जसले परमेश्‍वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्‍वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।

9हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ।

10यसकारण मौका छँदै सबै मानिसहरूको भलाइ गर्दै जाऔँ, विशेष गरी विश्‍वासमा हुने परिवारलाई भलाइ गरौँ।

Boasting Only in the Cross of Christ

11हेर, मैले तिमीहरूलाई आफ्नै हातले कति ठूला-ठूला अक्षरमा पत्र लेखेको छु।

12जो पापमय स्वभावद्वारा मानिसहरूलाई प्रभाव पार्न चाहन्छ, तिनीहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन्। उनीहरूले यसो गराउनुको कारणचाहिँ ख्रीष्‍टको क्रूसको सन्देशबाट हुने सतावटबाट जोगिन मात्र हो।

13खतना गर्नेहरूले पनि व्यवस्था पालन गर्दैनन्, तापनि तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन्, ताकि तिमीहरूको शरीरको खतनामा उनीहरूले घमण्ड गर्न सकून्।

14मैले हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रूसमा बाहेक अरू कुनै कुरामा घमण्ड गर्न नपरोस्, जसद्वारा संसार मेरा निम्ति, र मचाहिँ संसारका निम्ति क्रूसमा टाँगिएको छ।

15खतनाको होस् वा बेखतनाको होस् कुनै अर्थ छैन, तर ख्रीष्‍टमा भएको नयाँ सृष्‍टिचाहिँ अर्थपूर्ण छ।

16यो नियम पालन गर्ने सबै जना र परमेश्‍वरको इस्राएलमाथि शान्ति र कृपा रहून्।

17अन्त्यमा, अब उसो कसैले मलाई कष्‍ट नदेओस्; किनकि मैले मेरो शरीरमा येशूका डामहरू धारण गरेको छु।

18दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्! आमेन।

Личное · ВЗ / Псалтирь

에스겔 33

Открыть отрывок →
Глава 33

The Duty and Calling of the Watchman

1याहवेहको यो वचन मकहाँ आयो:

2“हे मानिसको छोरा, आफ्ना मानिसहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘जब म कुनै देशको विरुद्धमा तरवार ल्याउँछु, र त्यस देशका मानिसहरूले तिनीहरूमध्ये एक जनालाई छानेर आफ्ना पहरेदार बनाउँछन्;

3अनि पहरेदारले देशको विरुद्धमा तरवार आइरहेको देखेर मानिसहरूलाई चेतावनी दिन तुरही फुक्छ,

4तब कसैले तुरहीको आवाज सुनेर पनि चेतावनीमा ध्यान दिँदैन, र तरवार आएर त्यसको ज्यान लिन्छ भने त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ।

5त्यसले तुरहीको आवाज सुन्यो, तर चेतावनीलाई ध्यानै नदिएको कारण त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ। यदि त्यसले चेतावनीलाई ध्यान दिएको भए, त्यसले आफूलाई बचाउने थियो।

6तर यदि पहरेदारले तरवार आएको देखेर तुरही फुक्दैन, र मानिसहरूले चेतावनी पाउँदैनन्; अनि त्यो तरवार आएर तिनीहरूमध्ये एक जनाको प्राण लियो भने त्यो मानिसचाहिँ आफ्नो अधर्मको कारण लगिनेछ; तर म त्यसको रगतको दोषको जिम्मेवार त्यस पहरेदारलाई ठहराउनेछु।’

7“हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे।

8जब म दुष्‍ट मानिसलाई, ‘हे दुष्‍ट मानिस, तँ निश्‍चय मर्नेछस्,’ भन्छु र तैँले त्यसलाई आफ्ना मार्गहरूबाट फर्काउनलाई भनिनस् भने त्यो दुष्‍ट मानिस आफ्नो पापको कारण मर्नेछ, र म तँलाई त्यसको रगतको दोषको जिम्मेवार ठहराउनेछु।

9तर यदि तैँले त्यस दुष्‍ट मानिसलाई आफ्ना कुमार्गबाट फर्काउनलाई चेतावनी त दिइस् र त्यसले त्यसो गरेन भने त्योचाहिँ आफ्नै पापको निम्ति मर्नेछ, तर तैँले आफूलाई बचाउनेछस्।

The Justice That Judges Each According to His Ways

10“हे मानिसको छोरा, इस्राएलका मानिसहरूलाई भन्, ‘तिमीहरू यसो भन्छौ: “हाम्रा अपराधहरू र पापहरूले हामीलाई थिचेका छन्; अनि तिनको कारण हामी आफ्नो सामर्थ्यमा हराउँदै जान्छौँ भने हामी कसरी बाँच्छौँ?” ’

11तिनीहरूलाई भन्, ‘म जीवित भएझैँ, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म दुष्‍टहरूको मृत्युमा खुशी हुँदिनँ, तर तिनीहरू आफ्ना चालहरूबाट फर्केर बाँचून् भन्‍ने चाहन्छु। फर्क! आफ्ना दुष्‍ट चालहरूबाट फर्क! हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?’

12“यसकारण हे मानिसको छोरा, आफ्ना मानिसहरूलाई भन्, ‘यदि कुनै धर्मी मानिसले आज्ञा उल्‍लङ्घन गर्‍यो भने त्यसको अगाडिको धार्मिकताले त्यसलाई बचाउन सक्नेछैन। यदि कुनै दुष्‍ट मानिस आफ्नो दुष्‍टताबाट फर्कन्छ भने त्यसको अगाडिको दुष्‍टताले त्यसको पतन हुनेछैन। यदि धर्मी मानिसले पाप गर्छ भने त्यसको पहिलेको धार्मिकताको कारण त्यो बाँच्न सक्नेछैन।’

13यदि मैले कुनै धर्मी मानिसलाई, ‘तँ निश्‍चय बाँच्नेछस्’ भनी भन्छु भने, तर त्यसपछि पनि त्यसले आफ्नो धार्मिकतामाथि भरोसा गरेर दुष्‍ट काम गर्छ भने त्यसले गरेका कुनै पनि धार्मिक कामको सम्झना हुनेछैन; तर त्यसले गरेको दुष्‍ट कामको कारण त्यो मर्नेछ।

14अनि यदि मैले कुनै एक दुष्‍ट मानिसलाई ‘तँ निश्‍चय मर्नेछस्’ भनी भन्छु भने, तर त्यो आफ्नो पापबाट फर्क्यो, र जे न्यायसङ्गत र ठिक छ, त्यही गर्‍यो भने,

15अर्थात् यदि त्यसले ऋणको निम्ति लिएको धितो फर्काइदियो भने, र आफूले चोरेको कुरो फर्कादियो भने जीवन दिने आदेशहरू पालन गर्‍यो, र कुनै पनि दुष्‍ट काम गरेन भने—त्यो मानिस जीवित रहनेछ; त्यो मानिस मर्नेछैनँ।

16त्यसले गरेको कुनै पनि पाप त्यसको विरुद्धमा सम्झना हुनेछैन। त्यसले जे न्यायसङ्गत र ठिक छ, त्यही गरेको छ; त्यो निश्‍चय नै जीवित रहनेछ।

17“तापनि तेरा मानिसहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ तर तिनीहरूको आफ्नै मार्गचाहिँ न्यायसङ्गत छैन।

18यदि कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट हट्छ र दुष्‍ट काम गर्छ भने त्यो त्यस दुष्‍ट कामको निम्ति मर्नेछ।

19अनि यदि कुनै दुष्‍ट मानिसले आफ्नो दुष्‍टताबाट फर्केर जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यसो गरेको कारण त्यो मानिस जीवित रहनेछ।

20तापनि हे इस्राएलका मानिसहरू हो, तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ तर म तिमीहरू हरेकलाई तिमीहरूका आफ्नै चालअनुसार न्याय गर्नेछु।”

News of Jerusalem's Fall and the People's Hypocrisy

21हाम्रो निर्वासनको बाह्रौँ वर्षको दशौँ महिनाको पाँचौँ दिनमा, यरूशलेमबाट बाँचेर भागेको एक जना मानिस मकहाँ आयो र त्यसले भन्यो, “सहरको पतन भएको छ!”

22अब त्यो मानिस आउनुभन्दा अगिको साँझमा याहवेहको हात ममाथि थियो; अनि त्यो मानिस बिहान मकहाँ आइपुग्न अगि उहाँले मेरो मुख खोलिदिनुभयो। यसरी मेरो मुख खोलियो, र म फेरि चुप रहिनँ।

23तब याहवेहको यो वचन मकहाँ आयो:

24“हे मानिसको छोरा, इस्राएलका ती भग्नावशेषहरूमा बस्‍ने मानिसहरूले यसो भन्छन्, ‘अब्राहाम एक जना मात्र थिए, तापनि तिनले यो देश अधिकार गरे। तर हामी धेरै छौँ; निश्‍चय नै यो देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको छ।’

25यसकारण तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब तिमीहरू रगतसहितको मासु खान्छौ; तिमीहरू आफ्ना मूर्तिहरूतिर हेर्छौ र रगत बगाउँछौ भने, के तिमीहरूले त्यो देश अधिकार गर्छौ र?

26तिमीहरू आफ्नो तरवारमाथि भरोसा राख्छौ, र तिमीहरू घिनलाग्दा कामहरू गर्छौ; अनि तिमीहरू हरेकले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दछौ; तिमीहरूले कसरी यो देश अधिकार गर्छौ र?’

27“तिनीहरूलाई यो भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म जीवित भएझैँ, भग्नावशेषमा छोडिएकाहरू तरवारले ढल्नेछन्। खुला मैदानमा हुनेहरूलाई म जङ्गली पशुहरूलाई खान दिनेछु; अनि सुरक्षित किल्‍लाहरूमा र गुफाहरूमा बस्‍नेहरू रूढीले मर्नेछन्।

28म देशलाई उजाड पारिदिनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ; अनि इस्राएलका पर्वतहरू उजाड हुनेछन्, र कोही पनि यस क्षेत्रबाट यात्रा गर्नेछैन।

29जब तिनीहरूले गरेका सबै घिनलाग्दा कामहरूको कारण म देशलाई उजाड पारिदिन्छु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।’

30“तेरो बारेमा हे मानिसको छोरा, तेरा मानिसहरूले पर्खालमा र घरका ढोकाहरूमा एक-अर्कासँग मिलेर तेरो बारेमा यसरी कुरा गरिरहेका छन्, ‘आओ, याहवेहबाट आएको सन्देश सुनौँ।’

31मेरा मानिसहरू सदाझैँ तँकहाँ आउनेछन्, र तेरा वचनहरू सुन्‍न तेरो सामु बस्‍नेछन्, तर तिनीहरूले ती व्यवहारमा उतार्दैनन्। तिनीहरूका मुखले प्रेमको कुरा त गर्छन्, तर तिनीहरूका हृदय अन्यायपूर्ण फाइदाका लागि लोभ गर्छन्।

32निश्‍चय नै तैँले तिनीहरूका निम्ति मिठो सोरले प्रेमको गीत गाउँछस् र राम्रो गरी बाजा बजाउँछस्; किनकि तिनीहरूले तेरा कुरा सुन्छन्, तर त्यसअनुसार व्यवहार गर्दैनन्।

33“जब यी सबै कुरा पूरा हुनेछन्—अनि निश्‍चय पूरा हुनेछन्—तब तिनीहरूका बीचमा एक जना अगमवक्ता आएको थियो भनी तिनीहरूले जान्‍नेछन्।”

Личное · Новый Завет

시편 81, 82

Открыть отрывок →
Глава 81

A Voice Urging Obedience at the Feast

1परमेश्‍वरका लागि, आनन्दले गाओ, जो हाम्रो बल हुनुहुन्छ;

2सङ्गीत बजाउन सुरु गर, खैँजडी बजाओ,

3औँसी र पूर्णिमाको रातमा हुने,

4इस्राएलको निम्ति यो एउटा आदेश हो,

5जब परमेश्‍वर इजिप्टको विरुद्ध उठ्नुभयो,

6“मैले तिनीहरूका काँधबाट बोझ हटाइदिएँ;

7दुःखमा पर्दा तिमीहरूले पुकार्‍यौ, र मैले तिमीहरूलाई छुटाएँ;

8हे मेरा प्रजा सुन, म तिमीहरूलाई चेतावनी दिनेछु—

9तिमीहरूका बीचमा पराई देवता हुनुहुँदैन;

10म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ,

11“तर मेरा प्रजाले मैले भनेको सुन्दैनन्;

12यसकारण तिनीहरू आफ्नै युक्तिमा हिँडून् भनी मैले तिनीहरूलाई

13“मेरा प्रजाले मेरा कुरा सुनेका भए त,

14म कति चाँडो तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ,

15याहवेहलाई अवहेलना गर्नेहरू उहाँको अगि खुम्चिँदै लत्रक्‍क पर्नेथिए,

16तर तिमीहरूलाई सबैभन्दा सर्वोत्तम गहुँ खुवाउनेथिएँ;

Глава 82

A Rebuke Against Unjust Judges

1परमेश्‍वर विशाल समुदायमा आफ्नो स्थान ग्रहण गर्नुहुन्छ;

2कहिलेसम्म तिमीहरू अन्यायीहरूको पक्ष लिइबस्छौ?

3दुर्बल र अनाथहरूका पक्षमा खडा होऊ;

4दुर्बल र गरिबहरूलाई छुटाओ;

5“तिनीहरू न केही जान्दछन्, न त केही बुझ्दछन्;

6“मैले भनेँ, ‘तिमीहरू “देवहरू” हौ;

7तर तिमीहरू साधारण मानिसहरूझैँ मर्नेछौ;

8हे परमेश्‍वर, उठ्नुहोस्, पृथ्वीको न्याय गर्नुहोस्;