यसकारण तिमी, मेरो छोरा, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ।
KO
Copywork
Nepali ONCV 디모데후서 2장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 디모데후서
मबाट तिमीले धेरै साक्षीहरूका उपस्थितिमा सुनेका शिक्षाहरू यस्ता विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ, जो अरूहरूलाई पनि सिकाउन सक्ने योग्यका छन्।
ख्रीष्ट येशूका असल सिपाहीझैँ मसँग कष्ट भोग।
सिपाहीझैँ युद्ध गर्नेले आफूलाई सामान्य नागरिकसरह जीवनका झन्झटहरूमा अल्झाउँदैन, तर उसले आफ्नो हाकिमलाई प्रसन्न पार्न चाहन्छ।
यसै गरी खेलमा भाग लिनेले पनि नियमबमोजिम नखेली विजेताको मुकुट पाउँदैन।
परिश्रम गर्ने किसानले नै पहिला अन्नको हिस्सा पाउनुपर्छ।
मैले जे भनिरहेको छु, त्यसमा ध्यान देऊ; किनकि प्रभुले यी सबैमा तिमीलाई समझ दिनुहुनेछ।
मरेकाहरूबाट जीवित पारिनुभएको दावीदको वंश, येशू ख्रीष्टलाई सम्झ। मैलै प्रचार गर्ने सुसमाचार यही हो।
यसै सुसमाचारका लागि म अपराधीझैँ साङ्लोले बाँधिने सम्मको कष्ट भोगिरहेछु; तर परमेश्वरको वचनलाई साङ्लोले बाँध्न सकिँदैन।
यसकारण परमेश्वरले चुन्नुभएका मानिसहरूका निम्ति ख्रीष्ट येशूमा भएको अनन्त महिमासहितको मुक्ति पाऊन् भनेर म हरेक कुरा सहन्छु।
यो भनाइ विश्वासयोग्य छ:
यदि हामीले सह्यौँ भने,
यदि हामी विश्वासरहित छौँ भने तापनि
परमेश्वरका मानिसहरूलाई यी कुराहरूका विषयमा स्मरण गराइरहनू। परमेश्वरको उपस्थितिमा तिनीहरूलाई चेतावनी देऊ, तिनीहरू शब्दहरूको विषयमा तर्कवितर्क नगरून्; किनकि यसबाट केही फाइदा हुँदैन, तर सुन्नेहरूलाई नोक्सानी मात्र पुर्याउँछ।
आफूलाई परमेश्वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
भक्तिहीन र मूर्ख बकबकदेखि अलग बस; किनकि यसमा लागिरहनेहरू अझ बढी भक्तिहीन हुँदै जानेछन्।
तिनीहरूका शिक्षा कुहिँदैगएको घाउझैँ फैलिन्छ। यस्ताहरूमध्ये हुमेनियस र फिलेतस हुन्,
जो सत्यतादेखि बरालिएका छन्। तिनीहरूले मृतकहरूका पुनर्जीवित भइसकेको छ भनेर कतिपयको विश्वासलाई उल्टाइदिन्छन्।
तैपनि परमेश्वरको जग दृढपूर्वक खडा नै रहन्छ; जसमा यस्ता अक्षरहरूले मोहर लगाइएको छ: “प्रभुले तिनीहरूलाई चिन्नुहुन्छ, जो उहाँका आफ्नाहरू हुन्,” र “प्रभुको नाम स्वीकार गर्ने हरेक जन दुष्टताबाट अलग हुनैपर्छ।”
एउटा सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटाका पनि हुन्छन्; कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति प्रयोग गरिन्छ।
यदि कुनै मानिसले आफूलाई यस्ता आदरहीन कामहरूबाट शुद्ध राख्दछ भने त्यो आदरका कामहरूका निम्ति एउटा पात्र बन्नेछ; अनि त्यो अलग गरिएको, र मालिकको निम्ति उपयोगी र हरेक असल काम गर्नमा तत्पर हुनेछ।
यसकारण जवानीका खराब अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाम लिनेहरूसित धार्मिकता, विश्वास, प्रेम र शान्तिको पछि लाग।
मूर्खता तथा अज्ञानतापूर्ण विवादहरूबाट अलग बस; किनकि तिमी जान्दछौ यस्ता कुराहरूले झगडाहरू मात्र उत्पन्न गराउँछन्।
प्रभुको सेवकले झगडा गर्नैहुँदैन, तर हरेकप्रति दयालु, निपूर्ण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ।
आफ्ना विरोधीहरूलाई तिनले नम्रतासाथ सम्झाउनुपर्छ; यो आशामा परमेश्वरले तिनीहरूका हृदय परिवर्तन गरून् र सत्यताको ज्ञानमा अगुवाइ गरून्;
अनि तिनीहरूले चेतना पाऊन् र शैतानको पासोबाट उम्कन सकून्, जसमा शैतानले तिनीहरूलाई त्यसको इच्छा पूरा गर्नलाई कैदी बनाएको छ।