तर यो याद राख! अन्तिम दिनहरूमा डरलाग्दो समयहरू हुनेछन्।
KO
Copywork
Nepali ONCV 디모데후서 3장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 디모데후서
मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्ने, बैगुनी, अपवित्र,
प्रेमविहीन, क्षमारहित, अर्कालाई दोष लगाउने, आत्मसंयम नभएका, निर्दयी, असल कुरा मन नपराउने,
विश्वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्वरलाई भन्दा सुख-विलासलाई रुचाउने,
भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू।
यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्क पस्छन्, र पापहरूले थिचिएका सबै किसिमका दुष्ट इच्छाहरूले शासन गरेका र नैतिक रूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्।
यस्ता स्त्रीहरू सधैँ सिक्छन्, तर कहिल्यै पनि सत्यतालाई बुझ्न सक्षम् हुँदैनन्।
जसरी यान्नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्ट भएको हुन्छ, र विश्वासमा साँचो हुँदैनन्।
तर यान्नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैँ, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्।
तर तिमीलाई मेरो शिक्षा, मेरो जीवनको तरिका, मेरो उद्देश्य, विश्वास, धीरज, प्रेम, सहनशीलता,
सतावटहरू, कष्टहरू; एन्टिओखियामा, आइकोनियममा र लुस्त्रामा ममाथि जे-जे घटना घटेका थिए; अनि मैले सहेका के कस्ता सतावटहरू थिए, यी सबै विषयमा थाहा छ। तरै पनि परमेश्वरले मलाई ती सबैबाट छुटकारा दिनुभयो।
वास्तवमा हरेक जसले ख्रीष्ट येशूमा भक्तिपूर्ण जीवन जिउन चाहन्छ, ऊ सतावटमा पर्ने नै छ।
तर दुष्ट मानिसहरू, ठगाहाहरू, ठग्दै र ठगिँदै झन्-झन् खराब हुँदै जानेछन्।
तर तिमीचाहिँ आफूले सिकेका शिक्षा, जसमा तिमी विश्वस्त भएका छौ, त्यसैमा लागिरह। तिमी जान्दछौ, ती सत्य हुन् र तिमीलाई सिकाउनेहरू भरोसायोग्य छन्।
तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा पाइने मुक्तिमा डोर्याउने ज्ञान दिन सक्षम् छ।
सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ।
जसद्वारा परमेश्वरको जन हरेक सुकर्मको लागि निपुण भएर सिद्ध भएको होस्।