आइकोनियममा पावल र बारनाबास सदाझैँ यहूदीहरूका सभाघरहरूमा गए। त्यहाँ तिनीहरूले यति प्रभावकारी ढङ्गले बोले कि धेरै संख्यामा यहूदीहरू र गैरयहूदीहरूले विश्वास गरे।
KO
Copywork
Nepali ONCV 사도행전 14장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 사도행전
तर विश्वास गर्न नमान्ने यहूदीहरूले चाहिँ गैरयहूदीहरूलाई उत्तेजित गर्दै तिनीहरूका मनलाई विश्वासीहरूका विरुद्ध जगाए।
त्यसकारण पावल र बारनाबास प्रभुका बारेमा निडरतापूर्वक बोल्दै धेरै समयसम्म त्यहीँ बसे। तिनीहरूलाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्न सामर्थ्य तुल्याएर प्रभुले पनि आफ्नो अनुग्रहको सन्देश साबित गर्नुभयो।
तर त्यस सहरका मानिसहरूमा फाटो आयो; कोहीचाहिँ यहूदीहरूपट्टि र कोहीचाहिँ प्रेरितहरूपट्टि लागे।
आफ्ना अगुवाहरूसँग मिलेर गैरयहूदीहरू र यहूदीहरूले तिनीहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूमाथि ढुङ्गा प्रहार गर्ने योजना बनाए।
तर यो योजना थाहा पाएकाले तिनीहरू लुकाओनियाका लुस्त्रा र डर्बी सहरहरूका साथै त्यस भेगका अन्य क्षेत्रहरूमा भागेर गए;
र ती ठाउँहरूमा तिनीहरूले निरन्तर सुसमाचार प्रचार गरिरहे।
लुस्त्रामा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखि लङ्गडो भएकोले कहिल्यै हिँडेको थिएन।
त्यस मानिसले पावल बोलिरहेका सुन्यो। पावलले त्यस मानिसको अनुहारमा एक टकले हेरे, र ऊसँग निको हुने विश्वास रहेछ भनी थाहा पाए।
त्यसैले तिनले उच्च सोरमा भने, “आफ्ना खुट्टाको भरमा उभ!” त्यही क्षण त्यो मानिस जुरुक्क उठ्यो, र हिँड्न थाल्यो।
पावलले गरेका कुराहरू जब भीडले देखे, तब तिनीहरू लुकाओनियाको भाषामा चिच्याउन थाले, “मानिसहरूका भेषमा देवताहरू हामीकहाँ आएका छन्!”
तिनीहरूले बारनाबासलाई जिऊस र पावललाई हर्मेस भन्न थाले; किनकि पावल नै मुख्य वक्ता थिए।
सहरको ठिक बाहिरपट्टि भएको जिऊस देवताको मन्दिरका पुजारीले सहरको ढोकामा फूलका मालाहरू र गोरुहरू ल्याए, किनकि तिनी र ती भीडले उनीहरूलाई बलि चढाउन चाहे।
तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने, तब आफ्ना कपडाहरू च्यात्दै तिनीहरू भीडतिर दौडेर यसो भने,
“मानिसहरू हो, किन तपाईंहरू यसो गर्दै हुनुहुन्छ? हामीहरू पनि तपाईंहरूजस्तै मानिस हौँ। हामी त तपाईंकहाँ सुसमाचार लिएर आएका छौँ। यी तुच्छ कुराहरूबाट आफूलाई हटाएर स्वर्ग, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुराको सृष्टि गर्नुहुने परमेश्वरकहाँ फर्कनुहोस् भन्न हामी तपाईंहरूसमक्ष आएका हौँ।
बितेका दिनहरूमा उहाँले सबै मानिसहरूलाई आफूखुशी चल्ने छुट दिनुभयो।
तैपनि आफूलाई उहाँले विनासाक्षी त्यसै छोड्नुभएन; किनकि आकाशबाट वर्षा गराएर र मौसमअनुसार अन्न तपाईंहरूलाई दिएर उहाँले दया देखाउनुभएको छ। उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ र तपाईंहरूको हृदय आनन्दले भरिदिनुहुन्छ।”
यस्ता वचनहरू बोलेर सम्झाउँदा पनि त्यो भीडलाई बलि चढाउनबाट रोक्न तिनीहरूलाई निकै कठिन परिरहेको थियो।
त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो। अनि तिनी मरेको ठानी तिनलाई घिसार्दै सहरबाहिर लगे।
तर चेलाहरू तिनका वरिपरि भेला भए, तब तिनी उठे, र सहरमा फेरि फर्किए। अनि त्यसको भोलिपल्ट तिनी र बारनाबास त्यहाँबाट डर्बी गए।
त्यस सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे। अनि ठूलो संख्यामा चेलाहरू बनाए। त्यसपछि तिनीहरू लुस्त्रा, आइकोनियम र एन्टिओखिया फर्के।
ती ठाउँहरूका चेलाहरूलाई बलियो पार्दै र तिनका विश्वासमा अटल रहन प्रोत्साहन दिँदै भने, “परमेश्वरको राज्यमा प्रवेश गर्नका निम्ति हामीले धेरै कठिनाइहरू पार गर्नुपर्दछ।”
पावल र बारनाबासले हरेक मण्डलीमा प्रधानहरू नियुक्त गरेर प्रार्थना र उपवासद्वारा तिनीहरूलाई प्रभुप्रति समर्पित गराए, जसले उहाँमाथि भरोसा राखेका थिए।
त्यसपछि पिसिदिया जाँदा तिनीहरू पामफिलियामा पनि गए।
अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए।
अटालियाबाट तिनीहरू जहाज चढेर एन्टिओखिया गए, जहाँ तिनीहरूले अहिलेसम्म पूरा गरेका कामका निम्ति परमेश्वरको अनुग्रहमा आफूलाई अर्पण गरेका थिए।
त्यहाँ पुगेपछि तिनीहरूले मण्डलीलाई भेला गराएर परमेश्वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरू र कसरी उहाँले गैरयहूदीहरूका निम्ति पनि विश्वासको ढोका खोलिदिनुभएको थियो, त्यो कुराको वर्णन गरे।
त्यहाँ तिनीहरू चेलाहरूका साथमा धेरै समयसम्म बसे।