सुरक्षितसाथ किनारमा पुगेपछि हामीले थाहा पायौँ, त्यो टापुको नाम माल्टा रहेछ।
KO
Copywork
Nepali ONCV 사도행전 28장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 사도행전
टापुका बासिन्दाहरूले हामीप्रति अद्भुत दया देखाए। पानी परिरहेको र जाडो भएकोले तिनीहरूले आगो बालेर हाम्रो स्वागत गरे।
जब पावलले एक बिटा दाउरा जम्मा गरेर त्यसलाई बलिरहेको आगोमा हाले, तब आगोको रापले एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेह्रियो।
जब टापुका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएर झुण्डिएको देखे, तब तिनीहरू एक-अर्कासँग भन्न थाले, “यो मानिस पक्कै पनि हत्यारा हुनुपर्दछ; किनकि समुद्रको सङ्कटबाट उम्के तापनि न्यायकी देवीबाट अब यो बाँच्नेछैन।”
तर पावलले आफ्ना हात झट्कारेर सर्पलाई आगोमा फालिदिए र उनलाई कुनै हानि भएन।
मानिसहरूले तिनको शरीर सुनिएर वा अकस्मात् भुइँमा लडेर मर्लान् भनी ठानेका थिए; तर धेरै बेरसम्म पर्खिंदा पनि उनलाई त्यस्तो कुनै बिगार नभएको देखेपछि तिनीहरूको सोच बदलियो र उनलाई देवता भन्न थाले।
त्यस ठाउँ नजिकै पोब्लियसको जग्गाजमिन थियो, जो त्यस टापुका मुखिया थिए। तिनले आफ्नो घरमा हामीलाई निम्तो गरे र तीन दिनसम्म मित्रभावसहित पाहुनासत्कार गरे।
तिनका बुबा आउँमासी र ज्वरोले गर्दा बिछ्यौनामा परेका थिए। तिनलाई हेर्न पावल भित्र कोठामा गए, र त्यहाँ प्रार्थना गरेपछि तिनले आफ्नो हात बिरामीमाथि राखेर तिनलाई निको पारे।
यो घटना भएपछि त्यस टापुका अरू सबै बिरामीहरू उनीकहाँ आए, र तिनीहरू पनि निको पारिए।
तिनीहरूले धेरै तरिकाबाट हाम्रो सम्मान गरे; र जब हामी यात्राका निम्ति तयार भयौँ, तिनीहरूले हामीलाई यात्रामा चाहिने जति सामानहरू पनि दिए।
तीन महिनापछि यसै टापुमा हिउँद काट्न आएको एउटा जहाजमा हामी चढ्यौँ। त्यो जहाज अलेक्जेन्ड्रियाको थियो, जसको अगिल्लो भागमा कास्टर र पोल्लुक्स जुम्ल्याहा देवहरूको मूर्ति खोपिएको थियो।
सुराकुसाईमा पुगेपछि त्यहाँ हामी तीन दिन बस्यौँ।
त्यहाँबाट आफ्नो यात्रा अगाडि बढाउँदै हामी रेगियन आइपुग्यौँ। भोलिपल्ट दक्षिणी बतास बग्यो र अर्को दिन हामी पटिओली आइपुग्यौँ।
त्यहाँ हामीले केही विश्वासीहरूलाई भेट्यौँ, तिनीहरूले हामीलाई एक हप्ता बस्ने निम्तो दिए; र यसरी हामी रोम आइपुग्यौँ।
त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो आगमनका बारेमा सुनेका थिए। त्यसैले हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भनिने ठाउँसम्म तिनीहरू आए। यी मानिसहरूलाई देखेर पावलले परमेश्वरलाई धन्यवाद चढाए, र प्रोत्साहित भए।
जब हामी रोम सहर प्रवेश गर्यौँ, तब एउटा सिपाहीको रेख-देखमा पावललाई अलग्गै बस्ने अनुमति मिल्यो।
तीन दिनपछि पावलले त्यहाँका स्थानीय यहूदी अगुवाहरूलाई बोलाए। जब तिनीहरू सबै जना जम्मा भए, तब पावलले तिनीहरूलाई भने: “मेरा दाजुभाइ-दिदीबहिनीहरू, मैले हाम्रा मानिसहरूका विरुद्धमा वा हाम्रा पुर्खाहरूको रीतिथितिका विरुद्धमा केही पनि गरेको थिइनँ; तर पनि म यरूशलेममा समातिएँ र रोमीहरूलाई सुम्पिइएँ।
तिनीहरूले मेरो जाँच गरे, र छोडिदिने विचार गरे; किनभने मृत्युको सजाय पाउने खालको अपराध मैले गरेको थिइनँ।
तर यहूदीहरूले यसको विरोध गरेपछि सिजरकहाँ उजुर गर्न म बाध्य भएँ। मैले मेरा आफ्नै मानिसहरूका विरुद्धमा कुनै किसिमको आरोप लगाउन खोजेको थिइनँ।
यसैकारण तपाईंहरूसँग भेटेर कुराकानी गर्न मैले तपाईंहरूलाई बोलाएको हुँ; किनभने म इस्राएलको आशाको कारण यस साङ्लोले बाँधिएको छु।”
तिनीहरूले जवाफ दिए, “तपाईंको विषयमा लेखिएको कुनै पनि पत्र हामीले यहूदियाबाट पाएका छैनौँ र त्यतातिरबाट आउने कुनै पनि हाम्रो मानिसले तपाईंका बारेमा बयान दिएको वा कुनै पनि खराब कुरा भनेको छैन।
तर पनि तपाईंका धारणाहरू हामी सुन्न चाहन्छौँ; किनकि यस पन्थका विरुद्धमा मानिसहरू जताततै कुरा गरिरहेका छन्।”
तिनीहरूले पावलसँग भेट्ने दिन तोके, र त्यस दिन पहिलेको भन्दा पनि ठूलो संख्यामा मानिसहरू पावलको बासस्थानमा आए। उनले तिनीहरूलाई बिहानदेखि साँझसम्म गवाही दिँदै परमेश्वरको राज्यको वर्णन गरे। अनि मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट तिनीहरूलाई येशूप्रति विश्वास दिलाउने प्रयत्न गरे।
उनले भनेका ती कुराहरूमा कतिले विश्वास गरे, र कतिले विश्वास गरेनन्।
तिनीहरू आपसमै यस विषयमा असहमत भएर त्यहाँबाट हिँड्न थाले। त्यो देखेर पावलले यसरी आफ्नो अन्तिम वक्तव्य दिए: “पवित्र आत्माले तपाईंका पितापुर्खाहरूलाई सत्य भन्नुभएको थियो, जब उहाँले यशैया अगमवक्ताद्वारा बोल्नुभएको थियो:
“ ‘यी मानिसहरूकहाँ जा र भन्,
किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्;
“त्यसकारण तपाईंहरूलाई यो कुरा थाहा होस् भन्ने म चाहन्छु, कि परमेश्वरको मुक्ति गैरयहूदीहरूका निम्ति पठाइएको छ; अनि तिनीहरूले यो स्वीकार गर्नेछन्।”
पावलको मुखबाट निस्केका यी अन्तिम वचनहरू सुनेपछि आपसमा ठूलो वाद-विवाद गर्दै ती यहूदीहरू त्यहाँबाट बिदा भए।
दुई वर्षसम्म पावल रोममा नै आफैँले भाडामा लिएको घरमा बसे, र तिनलाई भेट्न आउने जति सबै जनालाई तिनले स्वागत गरे।
उनले निर्भयताका साथ र कुनै बाधाविना परमेश्वरको राज्यको प्रचार गरे, र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिए।