सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल, जो राज घरानाका र राजाका अफिसरहरूमध्येका एक थिए; तिनले दश जना मानिसहरू लिएर मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए। जब तिनीहरू सबै एकैसाथ त्यहाँ भोजन खाइरहेका थिए,
EN
Copywork
Nepali ONCV Jeremiah 41장
Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.
Practice by section · Jeremiah
तब तिनीहरूसँग भएका नतन्याहका छोरा इश्माएल र दश जना मानिसहरू उठे, र बेबिलोनका राजाले त्यस देशमाथि राज्यपाल नियुक्त गरेका व्यक्ति शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले प्रहार गरेर मारे।
इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदी र त्यहाँ भएका बेबिलोनी सेनाहरूलाई पनि मारे।
गदल्याहको हत्याको भोलिपल्ट त्यस घटनाको बारेमा कसैले थाहा पाउनुअगि नै
शेकेम, शीलो र सामरियाबाट आफ्ना दाह्री खौरेका, आफ्ना लुगा च्यातेका र आफ्ना शरीरलाई चिरा-चिरा पारेर काटेका असी जना मानिसहरू आफूसँग अन्नबलि र धूप लिएर याहवेहको भवनमा आए।
नतन्याहका छोरा इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न रुँदै आए। अनि तिनले उनीहरूलाई भेटेर भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ।”
जब तिनीहरू सहरभित्र गए, तब नतन्याहका छोरा इश्माएल र तिनीसँग भएका दश जना मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूलाई खाडलभित्र फ्याँकिदिए।
तर तिनीहरूमध्ये दश जनाले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्! हामीले खेतमा गहुँ, जौ, जैतुन तेल र मह लुकाइराखेका छौँ।” यसकारण तिनले तिनीहरूलाई छोडिदिए, र तिनीहरूलाई अरूसँगै मारेनन्।
जुन खाडलमा तिनले गदल्याहसँगै अरू मानिसहरूलाई पनि मारेर तिनीहरूका मृत शरीरहरू फ्याँकेका थिए, त्यो खाडल राजा आसाले इस्राएलका राजा बाशाको आक्रमणबाट बच्न भनी बनाएका थिए। तर नतन्याहका छोरा इश्माएलले त्यसलाई लासैलासले भरिदिए।
तब मिस्पामा भएका बाँकी रहेका मानिसहरू, राजाका छोरीहरू र त्यहाँ छोडिएका सबै मानिसहरू, जसमाथि राजकीय सेनापति नबूजरदानले अहीकामका छोरा गदल्याहलाई नियुक्त गरेका थिए, तिनीहरू सबैलाई इश्माएलले कैदी बनाए। नतन्याहका छोराले तिनीहरूलाई कैदी बनाएर अम्मोनीहरूको इलाकामा जानलाई हिँडे।
जब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले नतन्याहका छोरा इश्माएलले गरेका सबै अपराधहरूको बारेमा सुने;
तब तिनीहरूले आफ्ना सबै मानिसहरू लिएर नतन्याहका छोरा इश्माएलसँग लडाइँ गर्न गए। तिनीहरूले इश्माएललाई गिबोनमा भएको ठूलो पोखरीको नजिकै भेट्टाए।
जब इश्माएलसँग भएका सबै मानिसहरूले कारेहका छोरा योहानान र तिनीसँग भएका सबै सेनाका अधिकारीहरूलाई देखे, तब तिनीहरू आनन्दित भए।
इश्माएलले मिस्पाबाट कैद गरेर ल्याएका सबै मानिसहरू कारेहका छोरा योहानानतिर फर्केर गए।
तर नतन्याहका छोरा इश्माएल र तिनका आठ जना मानिसहरू योहानानबाट उम्केर अम्मोनीहरूको देशमा भागेर गए।
तब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले मिस्पाबाट बाँचेर आएका सबै मानिसहरूलाई फर्काएर लगे, जसलाई नतन्याहका छोरा इश्माएलले गदल्याहलाई मारेपछि बन्दी बनाएका थिए। इश्माएलबाट योहानानले तिनीहरूलाई छुटाएर ल्याएका थिए। ती मानिसहरू यिनै थिए: सेनाहरू र अहीकामले गिबोनबाट ल्याएका स्त्रीहरू, केटाकेटीहरू र अदालतका अधिकारीहरू।
अनि तिनीहरू बेबिलोनीहरूदेखि उम्कन इजिप्ट जाने बाटोमा बेथलेहेमको छेउमा गेरूत किमहाममा बास बसे।
तिनीहरू बेबिलोनीहरूसँग डराएका थिए; किनकि नतन्याहका छोरा इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशमाथि राज्यपाल नियुक्त गरेका थिए।