Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.
इस्राएलीहरू इजिप्टबाट निस्किएर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा, सीनैको उजाडस्थानमा भेट हुने पालमा याहवेह मोशासँग बोल्नुभयो र उहाँले भन्नुभयो,
1:2
Waiting
“सारा इस्राएलीहरूको समुदायलाई तिनीहरूका वंश र परिवारअनुसार हरेकको नामअनुसार एक-एक गरी सूची बनाएर जनगणना गर्।
1:3
Waiting
तैँले र हारूनले तिनीहरूका दलअनुसार बीस वर्ष अथवा त्यसभन्दा माथिका लडाइँमा जान सक्ने सबै पुरुषहरूलाई गन्ती गर्नुपर्नेछ।
1:4
Waiting
हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।”
1:5
Waiting
तिमीहरूलाई सहयोग गर्ने पुरुषहरूका नाम यिनै हुन्:
1:6
Waiting
शिमियोनको कुलबाट सूरीशद्दैको छोरा शलूमीएल;
1:7
Waiting
यहूदाको कुलबाट अम्मीनादाबको छोरा नहशोन;
1:8
Waiting
इस्साखारको कुलबाट सूआरको छोरा नथनिएल;
1:9
Waiting
जबूलूनको कुलबाट हेलोनको छोरा एलिआब;
1:10
Waiting
योसेफका छोराहरूबाट:
1:11
Waiting
बेन्यामीनको कुलबाट गिदोनीको छोरा अबीदान;
1:12
Waiting
दानको कुलबाट अम्मीशद्दैको छोरा अहीएजेर;
1:13
Waiting
आशेरको कुलबाट ओक्रानको छोरा पगीएल;
1:14
Waiting
गादको कुलबाट देउएलको छोरो एल्यासाप;
1:15
Waiting
नप्तालीको कुलबाट एनानको छोरा अहीरा।”
1:16
Waiting
यी पुरुषहरू समुदायबाट नियुक्त भएका थिए; तिनीहरू कुलका पुर्ख्यौली अगुवाहरू थिए। तिनीहरू इस्राएली वंशहरूका मुखियाहरू थिए।
1:17
Waiting
माथि नाम उल्लेख गरिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए;
1:18
Waiting
र तिनीहरूले दोस्रो महिनाको पहिलो दिनमा सारा समुदायलाई एकसाथ भेला गराए। ती मानिसहरूले आफ्ना वंश र परिवारअनुसार आफ्ना पुर्ख्यौली सूची दर्ता गराए। बीस वर्ष अर्थात् त्यसभन्दा धेरै उमेर भएका मानिसहरू एक-एक गरी तिनीहरूका नामअनुसार दर्ता गराए।
1:19
Waiting
याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशाले सीनैको उजाडस्थानमा तिनीहरूको जनगणना गरे:
1:20
Waiting
इस्राएलको जेठा छोरा रूबेनको कुलबाट:
1:21
Waiting
रूबेनको कुलको संख्या 46,500 थियो।
1:22
Waiting
शिमियोनको कुलबाट:
1:23
Waiting
शिमियोन कुलको संख्या 59,300 थियो।
1:24
Waiting
गादको कुलबाट:
1:25
Waiting
गाद कुलको संख्या 45,650 थियो।
1:26
Waiting
यहूदाको कुलबाट:
1:27
Waiting
यहूदा कुलको संख्या 74,600 थियो।
1:28
Waiting
इस्साखारको कुलबाट:
1:29
Waiting
इस्साखारको कुलको संख्या 74,600 थियो।
1:30
Waiting
जबूलूनको कुलबाट:
1:31
Waiting
जबूलून कुलको संख्या 57,400 थियो।
1:32
Waiting
योसेफका छोराहरूबाट:
1:33
Waiting
एफ्राइम कुलको 40,500 थियो।
1:34
Waiting
मनश्शेको कुलबाट:
1:35
Waiting
मनश्शे कुलको संख्या 32,200 थियो।
1:36
Waiting
बेन्यामीनको कुलबाट:
1:37
Waiting
बेन्यामीन कुलको संख्या 35,400 थियो।
1:38
Waiting
दानको कुलबाट:
1:39
Waiting
दान कुलको संख्या 62,700 थियो।
1:40
Waiting
आशेरको कुलबाट:
1:41
Waiting
आशेर कुलको संख्या 41,500 थियो।
1:42
Waiting
नप्तालीको कुलबाट:
1:43
Waiting
नप्ताली कुलको संख्या 53,400 थियो।
1:44
Waiting
मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरू हरेकले आफ्ना परिवारको प्रतिनिधित्व गरी गन्ती गरेका पुरुषहरू यिनै थिए।
1:45
Waiting
बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती भई सेवा गर्न सक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार इस्राएलीहरूको गणना गरियो।
1:46
Waiting
तिनीहरूका जम्मा संख्या 6,03,550 थियो।
1:47
Waiting
लेवीहरूको पुर्ख्यौली कुललाई चाहिँ अरू कुलहरूसँग गनिएन।
1:48
Waiting
याहवेहले मोशालाई भन्नुभएको थियो:
1:49
Waiting
“तैँले लेवीहरूको कुललाई गन्ती नगर्नू अर्थात् गणनामा अरू इस्राएलीहरूसँग सामेल नगर्नू।
1:50
Waiting
त्यसको सट्टामा लेवीहरूको कुललाई साक्षी पाटीको समागम पालको जिम्मेवारी दिनू; अर्थात् त्यसमा भएका सबै सरसामानहरू र हरेक कुराहरूमाथि जिम्मावाल नियुक्त गर्नू। तिनीहरूले समागम पाल र त्यसका सबै सरसामानहरू बोकून्; तिनीहरूले त्यसको रेखदेख गरून्, र त्यसको चारैतिर छाउनी हालेर बसून्।
1:51
Waiting
जब समागम पाललाई सार्नुपर्ने हुन्छ, तब लेवीहरूले त्यसलाई तल झारून्, र त्यो समागम पाल नयाँ ठाउँमा खडा गर्दा लेवीहरूले नै खडा गरून्। यदि कुनै व्यक्ति त्यसको नजिक गयो भने त्यो मारिनेछ।