सलोफाद योसेफका छोरा मनश्शे वंशका थिए। मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद, गिलादका छोरा हेपेर र हेपेरका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए। तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा आए।
KO
Copywork
Nepali ONCV 민수기 27장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 민수기
अनि मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु भेट हुने पालको ढोकामा उभिएर भने,
“हाम्रा बुबा उजाडस्थानमा मर्नुभयो। उहाँ याहवेहको विरुद्धमा दल बनाउने कोरहसँग हुनुहुन्नथ्यो; तर उहाँको आफ्नै पापको कारण मृत्यु भयो। उहाँका कुनै पनि छोराहरू थिएनन्।
हाम्रा बुबाको छोरा छैन भनेर आफ्नो वंशबाट उहाँको नामलाई किन मेटाउनू? हामीलाई हाम्रा बुबाका आफन्तहरूसँगै अंश दिनुहोस्।”
यसकारण मोशाले तिनीहरूको मुद्दा याहवेहका सामु ल्याए।
अनि याहवेहले मोशालाई भन्नुभयो,
“सलोफादका छोरीहरूले जे भनिरहेका छन्, त्यो सही हो। तैँले तिनीहरूलाई निश्चय नै तिनीहरूका बुबाका आफन्तहरूका बीचमा पैतृक सम्पत्तिको रूपमा अंश दिनू; र तिनीहरूलाई तिनीहरूका बुबाका उत्तराधिकार बनाइदिनू।”
इस्राएलीहरूलाई भन्, “यदि कुनै मानिस मर्छ, र त्यसको कुनै छोरा छैन भने त्यसको सम्पत्ति त्यसका छोरीलाई नै नदिनू।
यदि त्यसको कुनै छोरी पनि छैन भने त्यसको अंश त्यसको दाजुभाइलाई दिनू।
यदि त्यसको दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको बुबाका दाजुभाइलाई दिनू।
यदि त्यसको बुबाका दाजुभाइ पनि छैनन् भने त्यसको अंश त्यसको वंशमा भएको सबैभन्दा नजिकको आफन्तलाई दिनू; ताकि त्यस अंशमा त्यसको अधिकार होस्। याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ इस्राएलीहरूका निम्ति यो एउटा लागू गरिने कानुन होस्।”
याहवेहले मोशालाई भन्नुभयो, “अबारीमको पहाडमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई दिएको देशलाई हेर्।
तैँले त्यो हेरेपछि तँ पनि तेरा दाजु हारूनझैँ आफ्ना मानिसहरूसँग मिल्नेछस्।
किनकि जीनको उजाडस्थानमा पानीको लागि समुदायले विद्रोह गर्दा तिमीहरू दुवैले तिनीहरूका अगि मेरो पवित्रताको आदर गर्नमा मेरो आज्ञापालन गर्नुपर्नेथियो। तर तिमीहरूले गरेनौँ।” (यो जीनको उजाडस्थान कादेशमा भएको मेरीबाको पानीको विषयमा थियो।)
मोशाले याहवेहलाई भने,
“हे याहवेह, समस्त मानव-जातिलाई जीवन दिनुहुने परमेश्वर, यस समुदायमाथि एक जना मानिस नियुक्त गरिदिनुहोस्।
त्यो मानिस, जो तिनीहरूका सामु बाहिर जाने र भित्र आउने, र तिनीहरूलाई अगुवाइ गरेर बाहिर लैजाओस् र भित्र ल्याओस्; ताकि याहवेहका मानिसहरू गोठालाविनाका भेडाहरूजस्तै नहोऊन्।”
यसकारण याहवेहले मोशालाई भन्नुभयो, “नूनका छोरा यहोशूलाई लैजा। त्यो मानिसमा नेतृत्वको आत्मा छ र त्यसमाथि तेरो हात राख्।
त्यसलाई पुजारी एलाजार र सारा समुदायको सामु खडा गर्। अनि तिनीहरूको उपस्थितिमा त्यसलाई अगुवाको जिम्मेवारी सुम्पिदे।
तेरो अधिकारको केही भाग त्यसलाई दिनू, र सारा इस्राएली समुदायले त्यसको आज्ञा मान्नेछन्।
त्यो एलाजार पुजारीको अगि खडा होस्, जसले याहवेहको सामु ऊरीमद्वारा यहोशूका निम्ति निर्णय प्राप्त गर्नेछ। यहोशूको आज्ञामा सारा इस्राएली समुदाय बाहिर जानेछन्, र त्यसकै आज्ञामा तिनीहरू भित्र आउनेछन्।”
याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले गरे। तिनले यहोशूलाई लगे। अनि तिनलाई पुजारी एलाजार र सारा समुदायको अगि खडा गरे।
त्यसपछि तिनले आफ्ना हात तिनीमाथि राखे, र याहवेहले मोशाद्वारा आज्ञा दिनुभएजस्तै अगुवाको जिम्मेवारी सुम्पिदिए।