त्यसपछि इस्राएलीहरू यात्रा गर्दै मोआबको मैदानमा पुगे। अनि यरीहोको पारिपट्टि यर्दनको किनारमा छाउनी हालेर बसे।
KO
Copywork
Nepali ONCV 민수기 22장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 민수기
सिप्पोरका छोरा बालाकले इस्राएलीहरूले एमोरीहरूलाई गरेका सबै कुरा देखेका थिए।
अनि इस्राएलीहरूको संख्या धेरै भएकोले मोआबीहरू आतङ्कित भए। साँच्चै नै मोआब इस्राएलीहरूको कारण भयभीत भयो।
मोआबीहरूले मिद्यानका प्रधानहरूलाई भने, “यस समुदायले गोरुले चरनको घाँस स्वाहा पारेझैँ, हाम्रा चारैतिर भएका हरेक कुराहरूलाई स्वाहा पार्नेछ।”
तिनले बओरका छोरा बालाम, जो आफ्नो जन्मस्थल यूफ्रेटिस नदीको छेउ पतोरमा बसेका थिए, उनलाई बोलाउन भनी राजदूतहरू पठाए। बालाकले भने:
अब तपाईं आउनुहोस्, र यी मानिसहरूलाई श्राप दिनुहोस्; किनकि तिनीहरू मेरा निम्ति अति नै शक्तिशाली छन्। सायद त्यसपछि भने म तिनीहरूलाई जित्न सकुँला र देशबाट धपाउन सकुँला। किनकि म जान्दछु, तपाईंले जसलाई आशिष् दिनुहुन्छ, तिनीहरूले आशिष् पाउँछन् र जसलाई श्राप दिनुहुन्छ, तिनीहरूले श्राप पाउँछन्।”
मोआब र मिद्यानका प्रधानहरू जोखना हेर्नका निम्ति दिइएको रकम लिएर गए। जब तिनीहरू बालामकहाँ आइपुगे, तब तिनीहरूले तिनलाई बालाकले भनेका कुरा भने।
बालामले तिनीहरूलाई भने, “आज राति यहीँ बस्नुहोस् र याहवेहले मलाई जे जवाफ दिनुहुन्छ, त्यो म तपाईंहरूलाई भन्नेछु।” यसकारण मोआबी अधिकारीहरू तिनीसित बास बसे।
परमेश्वर बालामकहाँ आउनुभयो र सोध्नुभयो, “तँसँग भएका यी मानिसहरू को हुन्?”
बालामले परमेश्वरलाई भने, “मोआबको राजा सिप्पोरका छोरा बालाकले यो समाचार पठाएको छ:
‘इजिप्टबाट एउटा जाति आएर देश नै ढाकेको छ। अब आएर मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्; तब सायद म तिनीहरूसँग युद्ध गरेर तिनीहरूलाई धपाउन सकुँला।’ ”
तर परमेश्वरले बालामलाई भन्नुभयो, “तँ तिनीहरूसँग नजानू। तैँले ती मानिसहरूलाई नसराप्नू; किनकि तिनीहरू आशिषित छन्।”
भोलिपल्ट बिहानै बालाम उठेर बालाकका अधिकारीहरूलाई भने, “तपाईंहरू आफ्नै देशमा फर्किजानुहोस्। किनकि याहवेहले मलाई तपाईंहरूसँग जानलाई अस्वीकार गर्नुभएको छ।”
यसकारण मोआबी अधिकारीहरूले बालाककहाँ फर्किगएर भने, “बालामले हामीसँग आउन अस्वीकार गरे।”
त्यसपछि बालाकले पहिलेको भन्दा बढी र अझ सम्मानित अधिकारीहरू पठाए।
तिनीहरू बालामकहाँ आएर भने:
किनकि म तपाईंलाई ठूलो रकम दिनेछु; र तपाईंले जे भन्नुहुन्छ, त्यही गर्नेछु। आउनुहोस्, र मेरा निम्ति यी मानिसहरूलाई श्राप दिनुहोस्।”
तर बालामले तिनीहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिए तापनि याहवेह मेरा परमेश्वरको आज्ञाभन्दा बाहिर ठूलो होस् वा सानो, म कुनै काम गर्न सक्दिनँ।
यसैले आज राति यहीँ बस्नुहोस्, ताकि मलाई याहवेहले अरू केही भन्नुहुन्छ कि सो पत्ता लगाउन सकूँ।”
त्यस रात परमेश्वर बालामकहाँ आउनुभयो र भन्नुभयो, “यी मानिसहरू तँलाई बोलाउन आएको कारण तिनीहरूसँग जान तयार हो, तर तैँलेचाहिँ मैले भनेको मात्र गर्नू।”
बालाम बिहानै उठे, र आफ्नो गधामा काठी कसे। अनि मोआबका अधिकारीहरूसँग गए।
तर तिनी गएकोमा याहवेह साह्रै रिसाउनुभयो। अनि तिनको विरोध गर्नलाई याहवेहका दूत बाटोमा उभिए। बालाम आफ्नो गधामाथि थिए। अनि तिनका दुई सेवकहरू तिनीसँगै थिए।
जब त्यस गधाले याहवेहको दूतलाई तरवार हातमा लिएर बाटोमा उभिरहनुभएको देख्यो; तब त्यो बाटो छोडेर खेततिर लाग्यो। तर गधालाई बाटोमा ल्याउनलाई बालामले त्यसलाई पिटे।
तब याहवेहका दुई स्वर्गदूत दाखबारीको बीचमा एउटा साँघुरो बाटोको दुवैतिरको पर्खालमा उभिए।
जब गधाले याहवेहको स्वर्गदूतलाई देख्यो, तब त्यो बालामको खुट्टा चेप्टाउँदै पर्खालमा ढेस्सियो। यसकारण तिनले गधालाई फेरि पिट्न थाले।
तब याहवेहको दूत अगि सरे, र दाहिने अथवा देब्रेतिर घुम्ने ठाउँ नै नभएको साँघुरो ठाउँमा उभिए।
जब गधाले याहवेहको दूतलाई देख्यो, तब त्यो भुइँमा थचक्क बस्यो। अनि बालाम रिसाए, र गधालाई आफ्नो लहुरोले पिट्न थाले।
तब याहवेहले गधाको मुख खोलिदिनुभयो, र त्यसले बालामलाई भन्यो, “मैले तपाईंको के बिगारेको छु, र तपाईंले मलाई यसरी तीनपल्ट चुट्नुभयो?”
बालामले गधालाई जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! यदि मेरो हातमा तरवार मात्र भएको भए म तँलाई अहिले नै काट्नेथिएँ।”
तब गधाले बालामलाई भन्यो, “के तपाईंले आजसम्म चढ्नुभएको तपाईंको आफ्नो गधा म नै होइनँ र? के मैले कहिल्यै तपाईंसँग यस्तो व्यवहार गरेको थिएँ र?”
तब याहवेहले बालामका आँखा खोलिदिनुभयो। अनि तिनले याहवेहको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहनुभएका देखे। यसकारण तिनी भुइँसम्मै घोप्टो परेर दण्डवत् गरे।
याहवेहको स्वर्गदूतले तिनलाई सोधे, “तैँले आफ्नो गधालाई किन यसरी तीनपल्ट हिर्काइस्? म तेरो विरोध गर्न आएको छु। किनकि तेरो चाल मेरो इच्छा विपरीत छ।
यस गधाले मलाई देखेर यसरी तीनपल्ट बाटो तर्क्यो। यदि त्यो नतर्केको भए मैले तँलाई अहिलेसम्म निश्चय नै मारिसकेको हुनेथिएँ। अनि त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।”
बालामले याहवेहको स्वर्गदूतलाई भने, “मैले पाप गरेको छु। मलाई रोक्न तपाईं बाटोमा उभिरहनुभएको मैले थाहै पाइनँ। अब यदि तपाईंको दृष्टिमा बेठीक छ भने म फर्केर जानेछु।”
याहवेहका स्वर्गदूतले बालामलाई भने, “यी मानिसहरूसँग जा; तर मैले तँलाई भनेको कुरा मात्र भन्नू।” यसकारण बालाकका अधिकारीहरूसँग बालाम गए।
जब बालाकले बालाम आउँदैछन् भन्ने कुरा सुने, तब तिनी उनलाई आफ्नो प्रान्तको किनारमा अर्नोनको सिमानामा भएको मोआबी सहरमा भेट्नलाई निस्के।
बालाकले बालामलाई भने, “के मैले तपाईंलाई जरुरी सन्देश पठाइनँ र? तर तपाईं मलाई भेट्नलाई किन आउनुभएन? के साँच्चै मैले तपाईंलाई इनाम दिन सक्दिनँ जस्तो लाग्यो?”
बालामले जवाफ दिए, “हेर्नुहोस्, अहिले म तपाईंकहाँ आएको छु। तर मलाई जे मन लाग्यो, त्यो भन्न सक्दिनँ। मैले त याहवेहले मेरो मुखमा जे हालिदिनुहुन्छ, त्यही मात्र भन्नुपर्छ।”
तब बालाम बालाकसँग किर्यत-हुस्सोतको सहरमा गए।
बालाकले गाईबस्तु र भेडाको बलि चढाए। अनि केही बालामलाई र तिनीसँग हुने अधिकारीहरूलाई दिए।
भोलिपल्ट बिहानै बालाकले बालामलाई बामोत-बालको शिखरमा लगे। अनि त्यहाँबाट तिनले इस्राएलीहरूको छाउनीको बाहिरी भाग देखे।