दाजुभाइ-दिदीबहिनीहरू हो, इस्राएलीहरूका लागि मेरो मनको इच्छा र परमेश्वरसँग यही प्रार्थना छ, कि उनीहरूले मुक्ति पाऊन्।
EN
Copywork
Nepali ONCV Romans 10장
Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.
Practice by section · Romans
किनकि म तिनीहरूका बारेमा गवाही दिन सक्छु। तिनीहरू परमेश्वरप्रति जोशिला छन्, तर तिनीहरूको जोश सत्यताको ज्ञानमा आधारित छैन।
किनकि परमेश्वरको धार्मिकतालाई नजानेर तिनीहरूले आफ्नै धार्मिकता स्थापना गर्न खोजे। तिनीहरूले आफैँलाई परमेश्वरको धार्मिकताको अधीनमा समर्पित गरेनन्।
विश्वास गर्ने हरेक व्यक्ति धर्मी ठहरियोस् भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।
मोशाले व्यवस्थाद्वारा प्राप्त हुने धार्मिकताको बारेमा यसरी लेख्छन्: “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ यी कामहरूद्वारा जिउनेछ।”
तर विश्वासद्वारा प्राप्त हुने धार्मिकताले भन्छ: “तिमीले आफ्नो मनमा नभन, ‘स्वर्गमा उक्लिएर को जाला?’ ” (अर्थात् ख्रीष्टलाई ओराल्ने)
“अथवा ‘पातालमा को ओर्लने?’ ” (अर्थात् ख्रीष्टलाई मरेकाबाट जीवित पार्ने)।
तर धर्मशास्त्रले के भन्छ? “वचन तिम्रो नजिक छ; तिम्रो मुखैमा छ, र तिम्रो हृदयमा छ,” अर्थात् त्यही विश्वासको वचन, जसलाई हामी घोषणा गर्दैछौँ।
यदि तिमीले, “येशू नै प्रभु हुनुहुन्छ,” भनी मुखले स्वीकार गर्छौ भने, र परमेश्वरले उहाँलाई मरेकाबाट पुनर्जीवित पार्नुभयो भनी हृदयमा विश्वास गर्छौ भने तिम्रो उद्धार हुनेछ।
किनकि तिम्रो हृदयबाट तिमीले विश्वास गर्छौ, र धर्मी ठहरिन्छौ। अनि तिम्रो मुखले विश्वास स्वीकार गर्छौ र उद्धार पाउँछौ।
धर्मशास्त्रले यसरी भन्दछ, “प्रभु येशूमा विश्वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन।”
किनकि यहूदी र गैरयहूदीमा केही भिन्नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ।
किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।”
तिनीहरूले विश्वास नै नगरेकोलाई कसरी पुकार्ने त? जसको बारेमा तिनीहरूले सुनेकै छैनन्, उहाँमाथि कसरी विश्वास गर्ने त? अनि कसैले तिनीहरूलाई प्रचार नै नगरी तिनीहरूले कसरी सुन्ने त?
अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!”
तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्वास गरेको छ?”
यसैले विश्वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्टको वचन प्रचारद्वारा आउँछ।
तर म सोध्छु: के इस्राएलीहरूले सन्देश सुनेका छैनन्? निश्चय नै तिनीहरूले सुनेका छन्:
म फेरि सोध्न चाहन्छु: के इस्राएलीहरूले यो कुरा बुझेनन् त? सर्वप्रथम, मोशाले भन्दछन्;
तब यशैयाले ठूलो साहससहित भन्दछन्,
तर इस्राएलको बारेमा परमेश्वर भन्नुहुन्छ,