scripture.how Bible Copywork
EN

Copywork

Nepali ONCV Titus 2장

Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.

KO Korean
ZH Chinese
JA Japanese
HI Hindi
BN Bengali
TA Tamil
TE Telugu
ML Malayalam
FA Persian
MY Burmese
NE Nepali
MR Marathi
KN Kannada
HA Hausa
YO Yoruba
SW Swahili
IG Igbo
ID Indonesian
TSI
PT Portuguese
VI Vietnamese
AR Arabic
AVD
RU Russian
UK Ukrainian
RO Romanian
BTF
IT Italian
FI Finnish
TO Tongan
HR Croatian
SR Serbian
TR Turkish
HU Hungarian
PL Polish
SK Slovak
LA Latin
NL Dutch
CS Czech
FR French
ES Spanish
DE German
ETC Other languages
2:1
Waiting

तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू।

2:2
Waiting

वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनमा राख्न सक्ने, र विश्‍वासमा, प्रेममा र धीरजमा पक्‍का हुन सिकाउनू।

2:3
Waiting

त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्।

2:4
Waiting

तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न,

2:5
Waiting

आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्‍न सिकाऊन्, ताकि कसैले पनि परमेश्‍वरको वचनको निन्दा गर्न नपाओस्।

2:6
Waiting

त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ।

2:7
Waiting

जे असल छ, सो गरेर हरेक कुरामा तिनीहरूलाई उदाहरण देखाइदेऊ। तिम्रो शिक्षामा इमानदारीता, गम्भीरता देखाऊ।

2:8
Waiting

सत्य सिकाऊ, ताकि तिम्रो शिक्षाको खण्डन गर्न नसकियोस्, र हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रा विरोधीहरू शर्ममा परून्।

2:9
Waiting

सेवकहरूलाई सिकाऊ, हरेक कुरामा तिनीहरू आ-आफ्ना मालिकहरूका अधीनमा बसून्; तिनीहरूलाई प्रसन्‍न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्।

2:10
Waiting

तिनीहरूले नचोरून्, तर तिनीहरूमाथि विश्‍वास गर्न सकिन्छ भनी देखाऊन्। तिनीहरूले हरेक कुरामा हाम्रा परमेश्‍वर मुक्तिदाताको शिक्षालाई शोभा बढाऊन्।

2:11
Waiting

किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्‍वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ।

2:12
Waiting

यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ;

2:13
Waiting

जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ,

2:14
Waiting

जसले हामीलाई हरेक दुष्‍टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो।

2:15
Waiting

यसकारण यी कुराहरू तिमीले विश्‍वासीहरूलाई उत्साहकासाथ सिकाउनैपर्छ। सम्पूर्ण अधिकारसहित तिनीहरूलाई अर्ती देऊ र हप्काऊ, कसैले तिमीलाई अवहेलना नगरोस्।