“ ‘कसैले याहवेहका निम्ति अन्नबलि ल्याउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्। त्यसले त्यसमाथि जैतुन तेल खन्याओस्, र त्यसमा धूप हालोस्।
JA
Copywork
Nepali ONCV Leviticus 2장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Leviticus
अनि त्यसलाई हारूनका पुजारी छोराहरूकहाँ ल्याओस्। पुजारीले एक मुठी मसिनो पिठो र तेल सबै धूपसित लिएर त्यसलाई सम्झनास्वरूप वेदीमा जलाउनेछ। यो अग्निबलि हो—याहवेहलाई मनपर्ने बास्ना।
अन्नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।
“ ‘तिमीहरूले चुलोमा पकाएको अन्नबलि ल्यायौ भने यो मसिनो पिठोका खमिर नमिसाइएको र तेल मिसाइएका फुरौलाहरू अथवा तेल दलेका अखमिरी बाबर होस्।
यदि तिमीहरूका अन्नबलि तावामा पकाएको हो भने त्यो खमिर नमिसाइएको र जैतुन तेल मिसाइएको पिठोबाट बनिएको होस्।
त्यसलाई टुक्रा-टुक्रा पारेर त्यसमाथि तेल खन्याउनू; त्यो अन्नबलि हो।
तिमीहरूका अन्नबलि ताप्केमाथि पकाएको हो भने त्यो मसिनो पिठो र जैतुन तेलबाट बनाइएको होस्।
यी कुराहरूले बनिएको अन्नबलि याहवेहकहाँ ल्याउनू; र त्यो पुजारीलाई दिनू, जसले त्यसलाई वेदीमा लानेछ।
त्यस पुजारीले अन्नबलिबाट सम्झनाको भाग निकालेर याहवेहलाई मनपर्ने बास्नाझैँ अग्निबलिको रूपमा वेदीमाथि जलाओस्।
अन्नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।
“ ‘तिमीहरूले याहवेहकहाँ ल्याउने प्रत्येक अन्नबलि खमिर नहाली बनाइएको होस्। किनकि याहवेहकहाँ चढाइने अग्निबलिमा तिमीहरूले कुनै खमिर अथवा मह नजलाऊनू।
तिमीहरूले ती याहवेहकहाँ अगौटे फलका बलिको रूपमा ल्याउन सक्छौ, तर तिनीहरूलाई वेदीमा मनपर्ने बास्नाको रूपमा नचढाउनू।
तिमीहरूका सबै अन्नबलिहरूमा नुन मोल्नू। तिमीहरूका परमेश्वरको करारको नुनलाई तिमीहरूका अन्नबलिदेखि अलग नराख्नू। तिमीहरूका सबै बलिहरूमा नुन चढाउनू।
“ ‘याहवेहका निम्ति अगौटे फलहरूको अन्नबलि चढाउने इच्छा भएमा आफ्ना अगौटे फलहरूका अन्नबलिका निम्ति पिँधेका र आगोमा पिल्स्याएका ताजा अन्नका बालाहरू चढाउनू।
त्यसमा तेल हाल्नू र धूप राख्नू; यो अन्नबलि हो।
पिँधेको अन्न र तेल सम्झनाको भाग सबै धूपसित याहवेहका निम्ति अग्निबलिको रूपमा पुजारीले जलाओस्।