याहवेहले मोशालाई भन्नुभयो,
EN
Copywork
Nepali ONCV Numbers 6장
Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.
Practice by section · Numbers
“इस्राएली मानिसहरूलाई यसो भन्: ‘यदि कुनै पुरुष वा स्त्रीले विशेष भाकल गर्न चाहन्छ, अर्थात् आफू नाजिरीको रूपमा याहवेहका निम्ति समर्पित हुने भाकल गर्छ भने,
तिनीहरूले आफूलाई दाखमद्य र अरू मद्यबाट अलग राख्नुपर्छ। अनि दाखमद्य वा कुनै मद्यबाट बनिएको सिर्का पिउनुहुँदैन। तिनीहरूले दाखमद्य पिउनुहुँदैन, अर्थात् अङ्गुर र किसमिस पनि खानुहुँदैन।
जबसम्म तिनीहरू नाजिरी रहने भाकलमा समर्पित हुन्छन्, तबसम्म तिनीहरूले दाखको बोटबाट पाइने कुनै पनि कुरा, अर्थात् अङ्गुरको बीयाँ वा छिल्का केही पनि खानुहुँदैन।
“ ‘नाजिरी रहने भाकल गरेको अवधिभरि तिनीहरूका शिरमा छुरा प्रयोग गरिनुहुन्न। याहवेहका निम्ति नाजिरी रहने भाकल समाप्त नभएसम्म त्यो पवित्र रहोस्। तिनीहरूले आफ्नो कपाललाई बढेर लामो हुन दिनुपर्छ।
“ ‘याहवेहका निम्ति नाजिरी रहने समय अवधिभरि त्यो कुनै लासको नजिक नजाओस्।
तिनीहरूको आफ्नै बुबाआमा अथवा दाजुभाइ अथवा दिदीबहिनी मर्दासमेत तिनीहरूका कारण तिनीहरूले आफूलाई विधिगत रूपमा अशुद्ध पार्नुहुँदैन। किनकि परमेश्वरका निम्ति तिनीहरू नाजिरी भएको चिन्ह तिनीहरूको शिरमा हुन्छ।
तिनीहरू नाजिरीको निम्ति समर्पित गरिएको समय अवधिभरिका लागि याहवेहका निम्ति पवित्र हुन्छन्।
“ ‘यदि कोही मानिस नाजिरीको सामु अचानक मर्यो भने त्यसको समर्पणको चिन्ह कपाल हो, त्यो अशुद्ध हुन्छ। त्यसैले तिनीहरूले आफ्नो शुद्धीकरणको दिनमा अर्थात् सातौँ दिनमा आफ्नो कपाल खौरिनुपर्छ।
त्यसपछि आठौँ दिनमा चाहिँ तिनीहरूले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेराहरू पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ।
नाजिरीले लासको नजिक गएर पाप गरेको हुनाले पुजारीले त्यस पापका निम्ति प्रायश्चित गर्नलाई तीबाट एउटा पाप शुद्धीकरण बलि र अर्कोचाहिँ होमबलि चढाओस्। अनि त्यही दिन तिनीहरूले आफ्नो शिरलाई फेरि याहवेहका निम्ति नाजिरी हुनलाई पवित्र पारून्।
तिनीहरूले आफूलाई याहवेहका लागि फेरि त्यही समय अवधिसम्मका लागि अर्पण गर्नुपर्छ। अनि दोषबलिका निम्ति एकवर्षे भेडा ल्याउनुपर्छ। ती बितेका दिनहरूको गन्ती हुनेछैन। किनभने तिनीहरूको नाजिरी रहेको अवधि अशुद्ध भयो।
“ ‘नाजिरीको लागि तिनीहरूको अलग रहने समयअवधि पूरा भएपछिको नियम यही हो। तिनीहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउनू;
र त्यहाँ तिनीहरूले याहवेहका निम्ति आफ्ना भेटीहरू ल्याऊन्: अर्थात् होमबलिका निम्ति एक वर्षको निष्खोट भेडाको पाठो, पाप शुद्धीकरण बलिका निम्ति भेडाको एकवर्षे निष्खोट पाठी, मेलबलिका निम्ति एउटा निष्खोट बोका ल्याऊन्।
यसकासाथै तिनीहरूका अन्नबलिहरू, अर्घबलिहरू, मसिनो पिठो र खमिर नमिसाई बनाइएको एक डालो रोटीहरू, साथै जैतुन तेलमा मिसाएर बनाएका मसिनो पिठोको बाक्ला रोटीहरू र जैतुन तेल दलेका पातला रोटीहरू ल्याऊन्।
“ ‘तब पुजारीले याहवेहको सामु ती सबै थोकहरू प्रस्तुत गरोस्; अनि पाप शुद्धीकरण बलि र होमबलि चढाओस्।
पुजारीले याहवेहका सामु अखमिरी रोटीको डालो प्रस्तुत गरोस्। अनि अन्नबलि र अर्घबलिको साथै मेलबलिको रूपमा भेडा बलिदान चढाओस्।
“ ‘त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा नाजिरीले आफूले समर्पण गरेको आफ्नो केश खौरिनुपर्छ। तिनीहरूले केश लिएर त्यसलाई मेलबलिको मुन्तिर भएको आगोमा हालिदिनुपर्छ।
“ ‘नाजिरीले तिनीहरूको समर्पण गरिएको केश खौरिसकेपछि पुजारीले तिनीहरूको हातमा भेडाको उसिनेको काँध र डालोबाट अखमिरी नहालेको बाक्लो रोटी र पातलो रोटी दुवै राखिदेओस्।
त्यसपछि पुजारीले ती थोकहरूलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालोस्। ती थोकहरू पवित्र छन्; र ती पुजारीका हुन्छन्। उचालिएको ह्याकुला र चढाइएको फिला ती पुजारीका हुन्। त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ।
“ ‘नाजिरीहरूले दिन सक्ने अरू कुराबाहेक तिनीहरूले आफूलाई याहवेहका निम्ति समर्पण गरेअनुसार, तिनीहरूले भाकल गरेको भेटीको विषयमा तिनीहरूका लागि नियम यही हो। नाजिरीको नियमअनुसार तिनीहरूले गरेको भाकल पूरा गर्नैपर्छ।’ ”
याहवेहले मोशालाई भन्नुभयो,
“हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘तिमीहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा यसो भन्नू:
“ ‘ “याहवेहले तिमीहरूलाई आशिष् देऊन्,
याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्,
याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्,
“यसरी तिनीहरूले मेरो नाम इस्राएलीहरूमा कायम राखून्। अनि म तिनीहरूलाई आशिष् दिनेछु।”