Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.
जब मोशाले समागम पाल खडा गरिसिद्ध्याए, तब तिनले त्यो स्थान र त्यसमा भएका सबै सरसामानहरूलाई अभिषेक गरेर पवित्र तुल्याए। तिनले वेदी र त्यसमा भएका सबै भाँडाहरूलाई पनि अभिषेक गरेर पवित्र तुल्याए।
7:2
Waiting
त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए।
7:3
Waiting
तिनीहरूले याहवेहको सामु आफ्ना उपहारस्वरूप छ वटा छोपिएका गाडाहरू र बाह्र वटा गोरुहरू; हरेक एक अगुवाबाट एउटा गोरु र दुई अगुवाहरूबाट एउटा गाडाको हिसाबमा ल्याए। तिनीहरूले ती सबै थोकहरू समागम पालको सामु प्रस्तुत गरे।
7:4
Waiting
याहवेहले मोशालाई भन्नुभयो,
7:5
Waiting
“ती उपहारहरूलाई भेट हुने पालको काममा प्रयोग गर्नका निम्ति तिनीहरूबाट ग्रहण गर्। ती हरेक मानिसको काममा चाहिएअनुसार लेवीहरूलाई दे।”
7:6
Waiting
यसकारण मोशाले ती गाडाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए।
7:7
Waiting
गेर्शोनीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार पुजारीले दुई वटा गाडाहरू र चार वटा गोरुहरू दिए।
7:8
Waiting
अनि मरारीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार चार वटा गाडाहरू र आठ वटा गोरुहरू दिए। यी सबै कामहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा भए।
7:9
Waiting
तर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो।
7:10
Waiting
जब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे।
7:11
Waiting
किनकि याहवेहले मोशालाई भन्नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।”
7:12
Waiting
पहिलो दिन आफ्नो भेटी लिएर आउनेचाहिँ यहूदाको कुलको अम्मीनादाबको छोरा नहशोन थिए।
7:13
Waiting
नहशोनको भेटी यही थियो:
7:14
Waiting
धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
7:15
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एक वर्षको थुमा ल्याए;
7:16
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
7:17
Waiting
र मेलबलिको रूपमा बलिदान चढाउनलाई दुई वटा गोरु र पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
7:18
Waiting
दोस्रो दिन इस्साखारका अगुवा सूआरका छोरा नथनिएलले आफ्ना भेटीहरू ल्याए।
7:19
Waiting
नथनिएलको भेटी यही थियो:
7:20
Waiting
धूपले भरिएको दश शेकेल तौलको एउटा सुनको कचौरा;
7:21
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा ल्याए;
7:22
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका ल्याए;
7:23
Waiting
र मेलबलिको रूपमा चढाउनलाई दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए।
7:24
Waiting
तेस्रो दिन जबूलूनका मानिसहरूका अगुवा हेलोनका छोरा एलिआबले आफ्नो भेटी ल्याए।
7:25
Waiting
एलिआबको भेटी यही थियो:
7:26
Waiting
धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
7:27
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
7:28
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
7:29
Waiting
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू, पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए।
7:30
Waiting
चौथो दिन रूबेनका मानिसहरूका अगुवा, शदेऊरका छोरा एलिसूरले आफ्नो भेटी ल्याए।
7:31
Waiting
एलिसूरको भेटी यही थियो:
7:32
Waiting
धूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
7:33
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;
7:34
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
7:35
Waiting
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए।
7:36
Waiting
पाँचौँ दिन शिमियोनका मानिसहरूका अगुवा सूरीशद्दैका छोरो शलूमीएलले आफ्नो भेटी ल्याए।
7:37
Waiting
शलूमीएलको भेटी यही थियो:
7:38
Waiting
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
7:39
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
7:40
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
7:41
Waiting
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
7:42
Waiting
छैटौँ दिन गादका मानिसहरूका अगुवा देउएलका छोरा एल्यासापले आफ्नो भेटी ल्याए।
7:43
Waiting
एल्यासापको भेटी यही थियो:
7:44
Waiting
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
7:45
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
7:46
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
7:47
Waiting
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
7:48
Waiting
सातौँ दिन एफ्राइमका मानिसहरूका अगुवा अम्मीहूदका छोरा एलिशामाले आफ्नो भेटी ल्याए।
7:49
Waiting
एलिशामाको भेटी यही थियो:
7:50
Waiting
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
7:51
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;
7:52
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
7:53
Waiting
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
7:54
Waiting
आठौँ दिन मनश्शेका मानिसहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी ल्याए।
7:55
Waiting
तिनको भेटी यही थियो:
7:56
Waiting
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
7:57
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
7:58
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
7:59
Waiting
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
7:60
Waiting
नवौँ दिन बेन्यामीनका मानिसहरूका अगुवा गिदोनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए।
7:61
Waiting
अबीदानको भेटी यही थियो:
7:62
Waiting
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
7:63
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
7:64
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
7:65
Waiting
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
7:66
Waiting
दशौँ दिन दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी लिएर आए।
7:67
Waiting
अहीएजेरको भेटी यही थियो:
7:68
Waiting
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
7:69
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
7:70
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
7:71
Waiting
अनि मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
7:72
Waiting
एघाह्रौ दिन आशेरका मानिसहरूका अगुवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी ल्याए।
7:73
Waiting
पगीएलको भेटी यही थियो:
7:74
Waiting
धूपले भरिएको दश शेकेल तौलको सुनको एउटा कचौरा;
7:75
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
7:76
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
7:77
Waiting
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
7:78
Waiting
बाह्रौँ दिनमा नप्तालीका मानिसहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी ल्याए।
7:79
Waiting
अहीराको भेटी यही थियो:
7:80
Waiting
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
7:81
Waiting
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
7:82
Waiting
पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
7:83
Waiting
र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए।
7:84
Waiting
वेदीको अभिषेक हुँदा इस्राएली अगुवाहरूको समर्पणको भेटी यही थियो:
7:85
Waiting
पवित्रस्थानको तौलको शेकेलअनुसार, चाँदीको प्रत्येक थालको तौल एक सय तीस शेकेल र चाँदीका प्रत्येक छर्कने बाटाको तौल सत्तरी शेकेल थियो। चाँदीका थाल-बाटाहरूको जम्मा तौल पवित्रस्थानको शेकेलअनुसार, दुई हजार चार सय शेकेल थियो।
7:86
Waiting
धूपले भरिएका सुनका बाह्र वटा कचौराहरूको तौल पवित्रस्थानको तौलको शेकेलअनुसार प्रत्येक दश शेकेल थियो। सुनका कचौराहरूको जम्मा तौल एक सय बीस शेकेल थियो।
7:87
Waiting
होमबलिका निम्ति ल्याइएका पशुहरूको जम्मा संख्या, बाह्र वटा बहरहरू, बाह्र वटा भेडाहरू, बाह्र वटा एकवर्षे थुमाहरू थिए; जसको साथमा तिनीहरूको अन्नबलि पनि थियो। पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोकाहरू प्रयोग गरिए।
7:88
Waiting
मेलबलिका निम्ति चढाइएका पशुहरूको जम्मा संख्या, चौबीस वटा गोरुहरू, साठी वटा भेडाहरू, साठी वटा बोकाहरू र साठी वटा एकवर्षे थुमाहरू थिए।
7:89
Waiting
जब मोशा याहवेहसँग कुरा गर्न भेट हुने पालभित्र पसे, तब तिनले साक्षी पाटीको सन्दुकमा भएको पाप समाधान-स्थानमाथि भएका दुई करूबहरूका बीचबाट तिनीसँग बोलिरहेको आवाज सुने। यसरी याहवेह मोशासँग बोल्नुभयो।