इस्राएल कुलका मानिसहरू यसो भन्दै वाद-विवाद गरिरहेका थिए, “राजाले हामीलाई शत्रुहरूका हातबाट छुटाउनुभयो। उहाँले नै हामीलाई पलिश्तीहरूका हातबाट छुटाउनुभएको थियो। तर अहिले उहाँ अब्शालोमबाट बच्नको निम्ति देशबाट भाग्नुभएको छ।
JA
Copywork
Nepali ONCV · 19:9-30 David Returns to Jerusalem
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · 2 Samuel
अनि अब्शालोम, जसलाई हामीले हाम्रा राजा हुनलाई अभिषेक गरेका थियौँ, तिनी लडाइँमा मारिएका छन्। यसकारण अब तिमीहरू किन राजालाई फर्काएर ल्याउने बारेमा केही पनि बोल्दैनौ?”
तब राजा दावीदले पुजारी सादोक र अबीयाथारलाई यो सन्देश पठाए: “यहूदाका प्रधानहरूलाई सोध, ‘इस्राएलभरि जुन कुरा गरिँदैछ, त्यो कुरा राजाको घरमा पुगिसकेको छ। यसकारण किन राजालाई फर्काएर ल्याउनुमा तिमीहरू सबैभन्दा पछि छौ?
तिमीहरू मेरै आफन्तहरू, अर्थात् मेरै मासु र रगत हौ। यसकारण राजालाई फर्काएर ल्याउनुमा तिमीहरू किन सबैभन्दा पछि छौ?’
अनि अमासालाई भन्नू, ‘के तिमीहरू मेरै हाड र मासु होइनौ र? यदि तिमी योआबको ठाउँमा अब उसो जीवनभरि मेरा सेनाको सेनापति बनेनौ भने परमेश्वरले मप्रति अति कठोर व्यवहार गरून्।’ ”
तिनले यहूदाका सबै मानिसहरूका मन जिते। यसरी तिनीहरू सबै एउटै मनका भए। यसकारण तिनीहरूले राजालाई यसो भनी खबर पठाए, “हजुर र हजुरका सबै मानिसहरू फर्कनुहोस्।”
तब राजा यर्दन नदीसम्मै फर्केर गए।
बहूरीमका बेन्यामीनी गेराका छोरा शिमी यहूदाका मानिसहरूसँग राजा दावीदलाई भेट्न हतार-हतार गए।
तिनीसँग शाऊलका घरानाका सेवक सीबासहित एक हजार बेन्यामीनीहरू र तिनका पन्ध्र जना छोरा, र बीस जना नोकरसमेत तिनको साथमा थिए। तिनीहरू राजा भएको ठाउँमा यर्दनतिर हतार-हतार गए।
तिनीहरू राजाका घरानालाई नदी पार गराउन र तिनले इच्छा गरेको पूरा गर्नलाई भनी नदीको किनार तरेर पारिपट्टि गए।
तब तिनले राजालाई भने, “मेरा मालिक महाराजा, हजुरले यरूशलेम छोड्नुहुँदा हजुरको सेवकले गरेको दोष नसम्झून्! हजुरले त्यस कुरालाई आफ्नो हृदयमै नराखून्।
किनकि म जान्दछु, हजुरको सेवकले पाप गरेको छु। तर आज यहाँ योसेफको घरानाबाट मेरा मालिक हजुरलाई भेट्न आउने पहिलो व्यक्ति म नै हुँ।”
तब सरूयाहका छोरा अबीशैले भने, “के यसका लागि शिमी मारिनुपर्दैन र? यसले याहवेहको अभिषिक्त जनलाई सरापेको थियो।”
दावीदले जवाफ दिए, “हे सरूयाहका छोराहरू हो, यस विषयमा तिमीहरू किन यस्तो चासो राख्छौ? आजको दिन किन तिमीहरू मेरा विरोधीहरू बन्छौ? के आजको दिन इस्राएलमा कसैलाई पनि मृत्युदण्ड दिनु उचित हुन्छ र? के आज म इस्राएलका राजा हुँ भनी म जान्दिनँ र?”
यसकारण राजाले शिमीलाई भने, “तिमी मर्नेछैनौ।” अनि राजाले तिनीसँग शपथ खाएर प्रतिज्ञा गरे।
शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल आए। राजाले यरूशलेम छोडेर गएको दिनदेखि तिनी सुरक्षितसाथ फर्केर यरूशलेम नआएसम्म तिनले आफ्ना खुट्टाको वास्ता गरेका थिएनन्। न त तिनले आफ्ना दाह्री काँटेका थिए, न त आफ्ना लुगा नै धोएका थिए।
मपीबोशेत राजालाई भेट्न यरूशलेमबाट आएपछि राजाले तिनलाई सोधे, “मपीबोशेत तिमी मसित किन गएनौ?”
तिनले भने, “मेरा मालिक महाराजा, म हजुरको सेवक लङ्गडो भएको कारण म गधामा जीन-लगाम कसेर चढेर हजुरसँग जानेछु भनी मैले सोचेको थिएँ। तर मेरो सेवक सीबाले मलाई धोका दियो।
त्यसले मेरा मालिक महाराजाको नजरमा हजुरको सेवकलाई दोषी ठहराएको छ। मेरा महाराजा हजुर त परमेश्वरका स्वर्गदूतजस्तै हुनुहुन्छ। यसकारण हजुरलाई जे इच्छा लाग्छ, त्यही गर्नुहोस्।
मेरा बाजेका सबै सन्तानहरू मेरा मालिक महाराजाबाट मारिनबाहेक अरू केही कुराका निम्ति योग्यका छैनौँ। तर हजुरले आफ्ना सेवकलाई हजुरसँगै बसेर खाने ठाउँ दिनुभयो। यसकारण राजासँग अझ धेरै बिन्ती गर्ने मसँग के अधिकार छ र?”
राजाले तिनलाई भने, “तिमी किन अझ बोलिरहनु पर्यो र? म तिमी र सीबालाई खेतहरू भागबण्डा गर्ने आज्ञा दिन्छु।”
मपीबोशेतले राजालाई भने, “म यसैमा सन्तुष्ट छु। किनकि मेरा मालिक महाराजा सुरक्षितसाथ घर आइपुग्नुभएको छ। यसैले त्यसैलाई सबै कुरा लैजान दिनुहोस्।”