समय बित्दै गएपछि दावीदले याहवेहसित यसो भनेर सोधे, “के म यहूदाका कुनै एक सहरमा जाऊँ?”
JA
Copywork
Nepali ONCV 2 Samuel 2장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · 2 Samuel
यसकारण दावीद आफ्ना दुई पत्नीहरू, यिजरेलकी अहीनोम र कर्मेलको नाबालकी विधवा अबीगेलसित त्यहाँ गए।
दावीदले आफूसित भएका हरेक मानिसलाई तिनका परिवारसँगै लगे। अनि तिनीहरू हेब्रोन र त्यहाँका सहरहरूमा बसोबास गरे।
तब यहूदाका मानिसहरू हेब्रोनमा आए; अनि त्यहाँ तिनीहरूले दावीदलाई यहूदाको कुलमाथि राजा अभिषेक गरे।
तब तिनले याबेश-गिलादका मानिसहरूकहाँ समाचार दिन दूतहरू पठाए, “तिमीहरूका मालिक शाऊललाई गाडेर तिमीहरूले उहाँप्रति दया देखाएको कारण याहवेहले तिमीहरूलाई आशिष् देऊन्।
याहवेहले तिमीहरूमाथि दया र विश्वासयोग्यता देखाऊन्। अनि तिमीहरूको यस कामको कारण म पनि तिमीहरूप्रति कृपालु हुनेछु।
अब बलिया र साहसी होओ; किनकि तिमीहरूका मालिक शाऊलको मृत्यु भइसकेको छ। अनि यहूदाका मानिसहरूले मलाई तिनीहरूमाथि राजा अभिषेक गरेका छन्।”
यसै बीचमा शाऊलका फौजको सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई महनाइममा लिएर आए।
अबनेरले ईश्बोशेतलाई गिलाद, अश्शूरी र यिजरेल, र एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए।
शाऊलका छोरा ईश्बोशेत इस्राएलमाथि राजा हुँदा चालीस वर्षका थिए। तिनले दुई वर्षसम्म शासन गरे। तर यहूदाको कुलचाहिँ दावीदप्रति नै विश्वासयोग्य भइरहे।
दावीदले हेब्रोनमा यहूदाको घरानामाथि साँढे सात वर्ष शासन गरे।
नेरका छोरा अबनेर शाऊलका छोरा ईश्बोशेतका मानिसहरूसित महनाइमलाई छोडेर गिबोन गए।
सरूयाहका छोरा योआब र दावीदका मानिसहरू हेब्रोनबाट निस्केर गए। तिनीहरूलाई गिबोनको पोखरीनेर भेटे। एउटा दल पोखरीको एकातिर र अर्को दलचाहिँ अर्कोतिर बसे।
तब अबनेरले योआबलाई भने, “हामी केही जवान मानिसहरूलाई खडा गरौँ र हाम्रो सामु तिनीहरूलाई लड्न लगाऔँ।”
यसकारण तिनीहरू खडा भए, र गन्ती गरिए। बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतबाट बाह्र जना र दावीदको पक्षबाट बाह्र जना मानिसहरू थिए।
तब हरेक मानिसले आफ्नो विपक्षीको टाउकोमा पक्रेर त्यस विरोधीको कोखामा छुरी रोपिदिए। अनि तिनीहरू चौबीसै जना एकसाथ ढले। यसकारण गिबोनको त्यस ठाउँलाई हेल्कत-हज्जुरीम भनिन्छ।
त्यस दिनको लडाइँ अति भयानक थियो; अनि अबनेर र इस्राएलका मानिसहरू दावीदका मानिसहरूद्वारा परास्त भए।
सरूयाहका तीन छोराहरू: योआब, अबीशै र असाहेल थिए। असाहेलचाहिँ मैदानमा कुदिहिँड्ने हरिणजस्तै फूर्तिला थिए।
तिनले दायाँ-बायाँ कतै नहेरी अबनेरलाई खेदिरहे।
अबनेरले पछि फर्केर हेरे, र सोधे, “के तिमी असाहेल नै हौ?”
तब अबनेरले तिनलाई भने, “तिमी दायाँ अथवा बायाँतिर लाग। कुनै एक जवान मानिसलाई पक्र, र त्यसको हतियारहरू खोस।” तर असाहेलले तिनलाई खेद्न छाडेनन्।
फेरि अबनेरले तिनलाई चेतावनी दिए, “मलाई खेद्न छोडिदेऊ! मैले तिमीलाई किन प्रहार गर्नु? तिम्रो दाजु योआबलाई आफ्नो मुख कसरी देखाउनु?”
तर असाहेलले तिनलाई खेद्न छोडेनन्; यसकारण अबनेरले आफ्नो भाला असाहेलको पेटमा रोपिदिए। भाला तिनको पिठिउँबाट बाहिर निस्क्यो। तिनी त्यहीँ ढले, र ठहरै मरे। तब असाहेल लडेर मरेको ठाउँमा आइपुग्ने हरेक मानिस त्यहीँ रोकिए।
तर योआब र अबीशैले चाहिँ अबनेरलाई खेदिरहे। घाम डुब्न लाग्दा तिनीहरू गिबोनको उजाड ठाउँतिर जाने बाटोको गीहको छेउमा भएको अम्माको डाँडामा आइपुगे।
तब बेन्यामीनका मानिसहरू अबनेरकहाँ डाँडामा भेला भए। तिनीहरूले आफ्नो दल बनाए, र डाँडाको टुप्पोमा मोर्चा बाँधेर खडा भए।
अबनेरले योआबलाई कराएर भने, “के हामी सधैँको लागि लडाइँ गरिरहने? के लडाइँको अन्त्य तितोपनामा मात्र हुनेछ भनी तिमीलाई थाहा छैन? तिमीले आफ्ना मानिसहरू, तिनीहरूका इस्राएली दाजुभाइहरूलाई खेद्न छोडिदिनू भनेर कहिले भन्ने?”
योआबले जवाफ दिए, “जीवित परमेश्वरलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले यो कुरा नभनेको भए यी मानिसहरूले बिहानसम्म नै खेदिरहने थिए।”
यसकारण योआबले तुरही फुके; अनि सबै सेनाहरू रोकिए। तिनीहरूले इस्राएललाई खेद्न छोडिदिए, न त तिनीहरूले फेरि लडाइँ नै गरे।
त्यस रातभरि अबनेर र तिनका मानिसहरू मोर्चा बाँधेर अराबा भएर गए। तिनीहरूले यर्दन नदी तरे, र बिहानसम्मै निरन्तर हिँडिरहे; अनि महनाइममा आइपुगे।
तब योआब अबनेरको पछि लाग्न छोडेर सबै सेनाहरूलाई भेला गराए। असाहेलबाहेक दावीदका उन्नाइस जना मानिसहरू हराएका थिए।
तर दावीदका मानिसहरूले अबनेरसँग भएका तीन सय साठी जना बेन्यामीनीहरूलाई मारेका थिए।
तिनीहरूले असाहेललाई लिएर त्यसका बुबाको चिहान बेथलेहेममा गाडे। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँडेर बिहान मिरमिरे उज्यालोमा हेब्रोनमा आइपुगे।