“बुबाहरू र दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो बचाउको कुरा सुन्नुहोस्।”
EN
Copywork
Nepali ONCV Acts 22장
Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.
Practice by section · Acts
जब पावलले हिब्रू भाषामा बोलेको तिनीहरूले सुने, तब तिनीहरू एकदमै शान्त भए।
“म एक यहूदी हुँ, किलिकियाको टार्सस सहरमा जन्म भएको, तर यसै सहरमा गमलिएलको संरक्षणमा शिक्षा पाएर हुर्किएको हुँ; र हाम्रा पितापुर्खाहरूको व्यवस्थामा मैले तालिम पाएको हुँ। म पनि त्यस्तै उत्साहित थिएँ, जसरी आज यहाँ तपाईंहरू सबै परमेश्वरका निम्ति हुनुहुन्छ।
पुरुषहरू र महिलाहरू दुवैलाई पक्रेर बाँधेर झ्यालखानामा हालेँ, र मैले यस मार्गमा लागेकाहरूलाई मृत्यु हुने गरी नै सताएँ।”
यस कुराको साक्षी प्रधान पुजारी र सम्पूर्ण सभाले पनि दिन सक्छन्। यहाँसम्म कि तिनीहरूबाट दमस्कसमा भएका तिनीहरूकै यहूदी विश्वासीहरूका लागि पक्राउ-पुर्जीहरू लिनसमेत म सफल भएँ, र ती पत्रहरू लिएर ती मानिसहरूलाई बन्दी बनाएर यरूशलेममा ल्याए, र सजाय दिलाउनको निम्ति म त्यहाँ गएँ।
“जब म अपरान्हको समयमा दमस्कसको नजिकै पुगेको थिएँ, तब अकस्मात् स्वर्गबाट एउटा चहकिलो प्रकाश मेरो चारैतिर चम्क्यो।
म भुइँमा पछारिएँ, र एउटा आवाजले मलाई यसो भनेको सुनेँ, ‘शाऊल! शाऊल! तिमी मलाई किन सताउँछौ?’
“ ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ भनी मैले सोधेँ।
मसँग यात्रा गर्नेहरूले पनि त्यो प्रकाश देखे, तर मसँग जो बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्।
“ ‘हे प्रभु, अब मैले के गर्नुपर्छ?’ भनी मैले सोधेँ।
त्यस प्रकाशको तेजले मैले देख्न सकिनँ, तब मेरा सङ्गीहरूले आफ्ना हातद्वारा मलाई डोर्याउँदै दमस्कसमा पुर्याए।
“त्यहाँ हननिया नाम गरेका एक जना मानिस मलाई भेट्न आए। तिनी व्यवस्थाअनुसार चल्ने मानिस थिए, र त्यहाँ बस्ने सबै यहूदीहरूमा अति नै सम्मानित पनि थिए।
उनी मकहाँ आए, र मेरो छेउमा उभिएर भने, ‘भाइ शाऊल, आफ्नो आँखाको ज्योति प्राप्त गर,’ अनि तुरुन्तै मैले तिनलाई देख्न सकेँ।
“त्यसपछि तिनले भने: ‘हाम्रा पुर्खाहरूका परमेश्वरले उहाँको इच्छा जान्न र एक जना धर्मी जनलाई हेर्न र उहाँको मुखबाट वचनहरू सुन्न तपाईंलाई छान्नुभएको छ।
तपाईंले जे देख्नु र सुन्नुभएको छ, ती कुराका विषयमा तपाईं सबै मानिसहरूको सामु उहाँको साक्षी हुनुहुनेछ।
अब तपाईं केका निम्ति पर्खिरहनुभएको छ? उठ्नुहोस्, बप्तिस्मा लिनुहोस् र प्रभुको नाम लिँदै आफ्ना पापहरूको क्षमा प्राप्त गर्नुहोस्।’
“जब म यरूशलेम फर्केर आएँ र मन्दिरमा प्रार्थना गरिरहेको थिएँ, म ध्यानमग्न अवस्थामा पुगेँ
र मसँग दर्शनमा प्रभुले भन्नुभयो, ‘छिटो गर! यरूशलेम तुरुन्तै छोड, किनकि तिमीले मेरो बारेमा दिएको साक्षी यहाँका मानिसहरूले स्वीकार गर्नेछैनन्।’
“मैले जवाफ दिएँ, ‘प्रभु, यी मानिसहरूलाई थाहा छ, तपाईंमा विश्वास गर्नेहरूलाई बन्दी बनाउन र सताउन म एउटा सभाघरबाट अर्को सभाघर गएँ।
र जब तपाईंको साक्षी स्तिफनसको रगत बगाइएको थियो, त्यसलाई अनुमति दिँदै उनलाई मार्ने साक्षीहरूको लुगाफाटाहरू हेरविचार गर्दै म त्यहीँ उभिरहेको थिएँ।’
“अनि परमेश्वरले मलाई भन्नुभयो, ‘जाऊ म तिमीलाई धेरै टाढा गैरयहूदीहरूकहाँ पठाउनेछु।’ ”
यति भनुन्जेलसम्म भीडले पावलका कुरा सुने। त्यसपछि तिनीहरू आफ्नो उच्च सोरमा यसरी कराउन थाले, “यस मानिसलाई पृथ्वीबाटै हटाइयोस्! यो बाँच्न योग्यको छैन!”
जब तिनीहरू कराउन थाले र आफ्नो लुगा फ्याँक्न र हावामा धुलो उडाउन थाले,
तब सेनापतिले पावललाई ब्यारेकभित्र लैजान आदेश दिए। ती मानिसहरू किन उनीप्रति त्यसरी कराइरहेका छन्, सो पत्ता लगाउनका निम्ति उनलाई कोर्राले कुट्ने र सोधपुछ गर्ने निर्देशन दिए।
जब तिनीहरूले उनलाई कोर्राले कुट्नलाई बाँधे, तब त्यहाँ उभिएका सेनापतिसँग पावलले सोधे, “कुनै पनि दोष पत्ता नलागेको एउटा रोमी नागरिकलाई तपाईंहरूले कोर्राले कुट्नु के कानुनी कुरा हो?”
जब कप्तानले यो कुरा सुने, उनले उच्च सेनापतिकहाँ गएर सो बताए र सोधे, “तपाईं के गर्दै हुनुहुन्छ? यो मानिस त रोमी नागरिक रहेछ।”
सेनापति पावल भएको ठाउँमा गएर सोधे, “मलाई भन, के तिमी रोमी नागरिक हौ?”
अनि सेनापतिले भने, “रोमी नागरिक हुनका निम्ति मैले त ठूलो मूल्य चुकाउनुपरेको थियो।”
उनलाई प्रश्न गरी जाँच गर्न तम्सिएकाहरू त्यो सुनेर तुरुन्तै पछि हटिगए। जब सेनापतिले एक रोमी नागरिक, पावललाई बाँधेको थाहा पाए, उनी आफैँ पनि तर्सिए।
वास्तवमा यहूदीहरूले किन पावललाई आरोप लगाएका हुन् भनेर सेनापति पत्ता लगाउन चाहन्थे। त्यसैले अर्को दिन, उनले पावललाई बन्धनबाट फुकाइदिए र मुख्य पुजारीहरू र महासभाका सबैलाई भेला हुन तिनले आदेश दिए। तिनले पावललाई ल्याएर तिनीहरू समक्ष खडा गराए।