ती दिनहरूमा जब चेलाहरूको संख्या बढिरहेको थियो, तब हिब्रूभाषी यहूदीहरूका विरुद्ध ग्रीकभाषी यहूदीहरूले गनगन गरे। किनकि दैनिक भोजन वितरण गरिँदा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो।
EN
Copywork
Nepali ONCV Acts 6장
Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.
Practice by section · Acts
त्यसैले बाह्रै जना प्रेरितहरूले सबै चेलाहरूलाई भेला गराएर भने, “परमेश्वरको वचनको प्रचार गर्न छोडेर भोजनको सेवामा लाग्नु हाम्रा निम्ति उचित होइन।
दाजुभाइ-दिदीबहिनीहरू हो, आफ्ना बीचबाट पवित्र आत्मा र बुद्धिले भरिएका अनि सबैको आदर पाएका सात जना मानिसहरूलाई छान, जसलाई हामीले यस काममा नियुक्त गरौँ।
अनि हामी हाम्रो ध्यान प्रार्थना र वचनको प्रचारमा केन्द्रित गर्न सक्छौँ।”
यो प्रस्तावले समूहका सबैलाई खुशी तुल्यायो। अनि पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी धर्म अपनाएका शिक्षित निकोलाउसलाई तिनीहरूले छाने।
छनौट गरिएका ती मानिसहरूलाई तिनीहरूले प्रेरितहरूसामु उपस्थित गराए। अनि प्रेरितहरूले प्रार्थना गरेर तिनीहरूका शिरमाथि आफ्ना हात राखे।
यसरी परमेश्वरको वचन फैलिँदै गयो, र यरूशलेममा चेलाहरूको संख्या तीब्रताका साथ बढ्दैगयो। पुजारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे।
परमेश्वरको शक्ति र अनुग्रहले भरिपूर्ण भएका स्तिफनसले मानिसहरूसामु अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरे।
तर त्यस समयमा स्वतन्त्र दलका सभाघर (यसको नाम यही थियो) भनिने सभाका सदस्यहरू, र साइरिनी र अलेक्जेन्ड्रियाका साथै किलिकिया र एशिया प्रान्तहरूका मानिसहरूले स्तिफनसको विरुद्ध वाद-विवाद गर्न थाले।
तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्।
त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्न लगाए, “परमेश्वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौँ।”
त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए।
तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्ति सधैँ बोलिरहन्छ।
‘नासरतका येशूले यो स्थान नष्ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौँ।”
महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको देखे।