विश्वासमा कमजोर भएका अरू विश्वासीहरूलाई स्वीकार गर, तर उनीहरूका विचारमा विवाद र झगडा नगर।
JA
Copywork
Nepali ONCV Romans 14장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Romans
कसैले हरेक थोक खान हुन्छ भनी विश्वास गर्छन्, तर कमजोरहरूले सागसब्जी मात्र खान्छन्।
सबै चीज खाने व्यक्तिले नखानेलाई तुच्छ नठानोस्, र सबै नखाने व्यक्तिले पनि सबै खानेलाई दोष नलाओस्। किनकि तिनीहरूलाई परमेश्वरले ग्रहण गर्नुभएको छ।
अर्काको सेवकलाई न्याय गर्ने तिमी को हौ र? त्यस सेवकको स्थिरता वा पतन त्यसको मालिकको हातमा निर्भर हुन्छ। तिनीहरू स्थिर रहनेछन्; किनकि प्रभु तिनीहरूलाई स्थिर गराउन सक्षम् हुनुहुन्छ।
कुनै व्यक्तिले कुनै दिनलाई अर्को दिनलाई भन्दा बढ्ता पवित्र ठान्छ भने अर्को व्यक्तिले चाहिँ प्रत्येक दिनलाई बराबर ठान्न सक्छ। प्रत्येक व्यक्ति यसबारे आफ्नो मनमा आफैँ पूरा निश्चिन्त हुनुपर्छ।
जसले एक दिनलाई अरू दिनभन्दा विशेष दिन ठान्छ, त्यसले त्यो प्रभुको निम्ति गर्दछ। जो मांसहारी छ, त्यसले त्यो प्रभुको निम्ति खान्छ, र प्रभुलाई धन्यवाद दिन्छ; र जो शाकाहारी छ, त्यसले त्यो प्रभुको निम्ति खाँदैन, र प्रभुलाई धन्यवाद दिन्छ।
किनकि हामी कोही पनि आफ्नो लागि मात्र जिउँदैनौँ र हामी कोही पनि आफ्नो लागि मात्र मर्दैनौँ।
यदि हामी जिउँछौँ त प्रभुको निम्ति जिउँछौँ; यदि मर्छौँ त प्रभुको निम्ति मर्छौँ। यसकारण हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ।
किनकि यही विशेष कारणले ख्रीष्ट मर्नुभयो, र फेरि पुनर्जीवित हुनुभयो, ताकि उहाँ जीवित र मृतक दुवैका प्रभु होऊन्।
तब तिमी किन आफ्नो दाजुभाइ वा दिदीबहिनीको न्याय गर्दछौ? अथवा तिनीहरूलाई किन तुच्छ ठान्दछौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको अगि उभिनेछौँ।
धर्मशास्त्रमा यसरी लेखिएको छ:
यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्वरलाई दिनुपर्नेछ।
यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ।
म जान्दछु, र प्रभु येशूमा निश्चित छु, कि कुनै पनि भोजन आफैँमा अशुद्ध हुँदैन। तर कसैले त्यो अशुद्ध देख्छ भने त्यसको निम्ति त्यो अशुद्ध हुनेछ।
यदि तिमीले खाएको कुराले तिम्रो दाजुभाइ वा दिदीबहिनीलाई उदास बनाउँछ भने तिमी प्रेममा जिएका छैनौ। तिमीहरूको भोजनको कारणले कसैलाई नाश नगर, जसको निम्ति ख्रीष्ट मर्नुभयो।
यसकारण तिमीलाई जे असल लाग्छ, त्यसलाई खराबीको रूपमा बोल्न नदेऊ।
किनकि परमेश्वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।
किनभने जसले ख्रीष्टलाई यस प्रकारले सेवा गर्दछ, त्यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ र मानिसहरूबाट स्वीकृत हुन्छ।
हामी हर प्रयासले ती कुराहरूमा लागौँ, जसले शान्तिमा डोर्याउँछ र पारस्परिक उन्नति गराउँछ।
परमेश्वरको कामलाई भोजनको कारणले नाश नगर। सबै भोजन शुद्ध छन्, तर त्यो अर्को व्यक्तिलाई ठक्करको कारण बन्छ भने उसले यो खानु गलत हो।
मासु नखानू वा मद्य नपिउनू अथवा तिम्रो दाजुभाइ-दिदीबहिनीलाई ठेस लाग्ने कुनै पनि काम नगर्नू उचित हो।
यसकारण यसबारे तिमीहरू जे विश्वास गर्छौ, त्यो कुरा तिमी र परमेश्वरको बीचमा राख। त्यो मानिस धन्य हो, जसले आफूले स्वीकार गरेको कुराले आफूमाथि दोष ल्याउँदैन।
तर यदि कसैले शङ्का गरेर खायो भने त्यो दोषी ठहरिन्छ। किनकि उसले विश्वासद्वारा खाएको हुँदैन। जे कुरा विश्वासद्वारा आउँदैन, त्यो पाप हो।