ख्रीष्टमा म सत्य बोल्दछु; पवित्र आत्माद्वारा मेरो विवेकले पनि यही साक्षी दिँदछ, कि मैले असत्य बोलेको छैनँ।
JA
Copywork
Nepali ONCV Romans 9장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Romans
म अत्यन्त दुःखित छु, र मेरो हृदय निरन्तर वेदनामा छ।
किनकि म चाहन सक्थेँ, मेरा भाइहरू, जो शरीरमा मेरा जातिका हुन्। उनीहरूका खातिर म श्रापित भई ख्रीष्टदेखि अलग होऊँ।
यी सबै इस्राएलका मानिसहरू हुन्। उनीहरूले नै धर्मपुत्र हुने हक, उनीहरूले नै ईश्वरीय महिमा, करारहरू, व्यवस्था, मन्दिरको आराधना र प्रतिज्ञाहरू प्राप्त गरेका हुन्।
पुर्खाहरू उनीहरूकै हुन्, र उनीहरूबाट नै ख्रीष्टको मानवीय वंश पनि आएको हो। उहाँ, जो सबैमाथि परमेश्वर हुनुहुन्छ। उहाँलाई नै सदासर्वदा प्रशंसा होस्! आमेन।
परमेश्वरको वचन विफल भएको होइन; किनभने इस्राएलमा जन्मेका सबै सदस्यहरू साँचो रूपमा इस्राएल होइनन्।
न त उनीहरू अब्राहामका वंशका भएका कारण अब्राहामका सन्तान हुन्। यसको विपरीत धर्मशास्त्रले भन्छ, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।”
यसको अर्थ अब्राहामको शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन्, तर प्रतिज्ञाबाट जन्मेका सन्तानचाहिँ अब्राहामका सन्तान मानिन्छ।
किनकि प्रतिज्ञा गर्दा यसरी भनिएको थियो: “ठिक समयमा म फर्किआउनेछु र साराको एउटा छोरा हुनेछ।”
यति मात्र होइन, त्यही समयमा रिबेकाले हाम्रा पुर्खा इसहाकद्वारा सन्तान गर्भधारण गरेकी थिइन्।
जुम्ल्याहा छोराहरू जन्मनुभन्दा अगि तथा उनीहरूले कुनै असल वा खराब काम गर्नुभन्दा अगि नै चुनावमा परमेश्वरको उद्देश्य पूरा होस् भन्ने अभिप्रायले,
कामद्वारा होइन, तर बोलावट गर्नेको इच्छा पूरा होस् भनेर रिबेकालाई यो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ।”
यस्तो लेखिएको छ: “याकोबलाई मैले प्रेम गरेँ, तर एसावलाई घृणा गरेँ।”
अब हामीले के भनौँ त? के परमेश्वर अन्यायी हुनुहुन्छ? कदापि होइन!
किनकि उहाँले मोशालाई भन्नुहुन्छ;
यसकारण यो कुरा मान्छेको चाहना र प्रयासमा निर्भर छैन, तर परमेश्वरको कृपामा निर्भर छ।
किनकि धर्मशास्त्रले फारोलाई भन्दछ: “मैले तँलाई यही उद्देश्यले खडा गरेँ, कि मेरो शक्ति तँमा देखाऊँ र सारा पृथ्वीमा मेरो नामको घोषणा गरियोस्।”
यसकारण परमेश्वरले जसलाई कृपा देखाउन चाहनुहुन्छ, उसैलाई कृपा गर्नुहुन्छ; अनि जसलाई कठोर पार्न चाहनुहुन्छ, उसलाई कठोर पार्नुहुन्छ।
कसैले मलाई प्रश्न गर्ला: “किन परमेश्वरले हामीलाई अझ पनि दोष लगाउनुहुन्छ? किनकि कसले उहाँको इच्छाको विरोध गर्न सक्छ?”
तर हे मानिस, परमेश्वरसँग प्रश्न गर्ने तिमी को हौ? “बनाइएको वस्तुले आफूलाई बनाउनेलाई नै ‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो?’ ” भनेर भन्छ र?
के कुमालेलाई एउटै माटोको ढिकाबाट कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति बनाउने अधिकार हुँदैन र?
यदि परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको निम्ति तयार गरिएको क्रोधको पात्रहरूलाई धैर्यतासँग सहिदिनुभयो भने के भयो त?
उहाँले आफ्नो महिमाको धनसम्पत्ति उहाँको कृपा पात्रहरूमाथि प्रकट गर्नलाई यसो गर्नुभयो, जसलाई उहाँको महिमाका निम्ति पहिल्यै तयार पार्नुभएको थियो;
हामीलाई पनि यहूदीहरूबाट मात्र नभई, गैरयहूदीहरूबाट पनि बोलाउनुभयो।
होशेको पुस्तकमा परमेश्वर घोषणा गर्नुहुन्छ:
अनि,
इस्राएलका निम्ति यशैया रुन्छन्:
किनकि प्रभुले पृथ्वीमा
जसरी यशैयाले पहिल्यै भविष्यवाणी गरेका थिए:
अब हामीले के भनौँ त? ती गैरयहूदीहरू, जसले धार्मिकताको खोजी गरेनन्, यसलाई प्राप्त गर्न सकेका छन्, जुन धार्मिकता विश्वासले मात्र प्राप्त गर्न सकिन्छ;
तर इस्राएलका मानिसहरू, जसले धार्मिकताको व्यवस्था पालन गरेर पनि यसलाई प्राप्त गर्न सकेनन्।
किन नसकेको त? किनकि तिनीहरूले यसलाई विश्वासद्वारा होइन, तर कर्मद्वारा प्राप्त गर्न खोजे। उनीहरू “ठक्कर खाने ढुङ्गा” मा ठेस खान पुगे।
यस्तो लेखिएको छ: