“म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैँ पठाउँदैछु। यसकारण सर्पझैँ चतुर र ढुकुरझैँ सोझो होओ।
JA
Copywork
Nepali ONCV · 10:16-25 Coming Persecutions Foretold
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Matthew
मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्।
मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, र तिमीहरू गैरयहूदीहरूका अगि मेरा साक्षी हुनेछौ।
तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो, सो दिइनेछ।
किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ।
“भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्।
मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ।
जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसको पुत्र आउनुभन्दा अगि तिमीहरूले इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ।
“चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, न त सेवक मालिकभन्दा श्रेष्ठ हुन सक्छ।
चेलालाई गुरुसमान हुनु र सेवकलाई मालिकसमान हुनु नै पर्याप्त हुन्छ। यदि घरका मुखियालाई बालजिबुल भनेका छन् भने घरका सदस्यहरूलाई त झन् कति बढ्ता गरी भन्लान्!