येशूले फेरि तिनीहरूसित दृष्टान्तहरूमा बोल्दै यसो भन्नुभयो:
JA
Copywork
Nepali ONCV Matthew 22장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Matthew
“स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना पुत्रका विवाहको लागि एउटा भोज तयार गरे।
तिनले आफ्ना सेवकहरूलाई भोजमा निम्तो पाएकाहरूलाई बोलाउन पठाए; तर तिनीहरूले आउन अस्वीकार गरे।
“तब तिनले अझ बढी सेवकहरू पठाए र भने, ‘ती निम्ता गरिएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भनी भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएका छन्; अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ।’
“तर ती कसैले पनि ध्यान दिएनन्; अनि एउटा आफ्नो खेततिर र अर्कोचाहिँ आफ्नो व्यापारतिर गइहाले।
अरू बाँकी रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे र मारे।
राजा अति रिसाए, र तिनले आफ्ना सेनाहरू पठाए, र ती हत्याराहरूलाई नाश पारिदिए, र तिनीहरूका सहरहरू जलाइदिए।
“तब तिनले आफ्ना सेवकहरूलाई भने, ‘विवाहको भोज त तयार छ, तर ती निम्त्याइएकाहरू आउन योग्यका ठहरिएनन्।
यसकारण सडकका कुनाहरूतिर जाओ, र जसलाई भेट्टाउँछौ, त्यसलाई भोजमा आउन निम्तो देओ।’
यसकारण ती सेवकहरू सडकतिर गए, र के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए; अनि विवाहको घर पाहुनाहरूले भरियो।
“तर जब राजा ती पाहुनाहरूलाई हेर्न भित्र आए, त्यहाँ तिनले विवाहको वस्त्र नलाएको एक जना मानिसलाई देखे।
तिनले सोधे, ‘ए साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो।
“तब राजाले कर्मचारीहरूलाई भने, ‘यसका हातखुट्टा बाँधेर बाहिर अँध्यारोमा फ्याँकिदेओ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।’
“किनकि बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”
त्यसपछि फरिसीहरू बाहिर गइहाले र येशूलाई उहाँकै कुरामा कसरी फसाऔँ भनेर योजना बनाए।
तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ, र तपाईंले साँचो गरी परमेश्वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्न; किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्न।
तब हामीलाई तपाईंको विचार भन्नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?”
येशूले तिनीहरूका दुष्ट अभिप्राय जानेर भन्नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ?
कर तिर्दा प्रयोग गरिने सिक्का मलाई देखाओ।” तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए।
अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?”
“सिजरको,” तिनीहरूले जवाफ दिए।
जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे, र उहाँलाई छोडेर गइहाले।
त्यही दिन पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँकहाँ एउटा प्रश्न लिएर आए।
तिनीहरूले भने, “हे गुरु, मोशाले हामीलाई भनेका थिए, यदि कुनै मानिस बालबच्चा नभईकन मर्यो भने उसको भाइले त्यस विधवालाई विवाह गरेर उसका लागि बालबच्चा जन्माउनुपर्छ।
अब हाम्रो बीचमा सात भाइहरू थिए। पहिलोले विवाह गर्यो, तर ऊ मर्यो; अनि उसका बालबच्चा नभएकोले उसले आफ्नी पत्नीलाई भाइका निम्ति छोड्नुपर्यो।
त्यही घटना दोस्रो भाइसित, तेस्रो भाइसित र सातौँसम्म नै घट्यो।
अन्त्यमा त्यो स्त्री पनि मरी।
अब पुनरुत्थानमा त्यो स्त्री सात जनामध्ये कसकी पत्नी हुनेछे? किनकि त्यसको विवाह ती सबैसँग भएको थियो।”
येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्वरको शक्तिलाई नजानेकाले भ्रममा परेका छौ।
पुनरुत्थानमा मानिसहरू न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्।
तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, के तिमीहरूले पढेका छैनौ?
‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, र याकोबका परमेश्वर हुँ।’ उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ।”
जब भीडहरूले यो सुने, तिनीहरू उहाँका शिक्षामा छक्क परे।
येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने सुनेर फरिसीहरू एकसाथ भेला भए।
तीमध्ये एक जना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गरे:
“हे गुरु, व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुनचाहिँ हो?”
येशूले जवाफ दिनुभयो: “ ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’
यही नै पहिलो र सबैभन्दा महान् आज्ञा हो।
अनि दोस्रो पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूले आफ्ना छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’
सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।”
फरिसीहरू एकसाथ भेला भएका बेलामा येशूले तिनीहरूलाई सोध्नुभयो,
“तिमीहरू ख्रीष्टको विषयमा के विचार गर्छौ? उनी कसका पुत्र हुन्?”
उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए दावीदले आत्माद्वारा बोल्दैगर्दा उहाँलाई कसरी ‘प्रभु’ भने? किनकि तिनी भन्छन्,
“ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो:
यदि दावीदले उहाँलाई ‘प्रभु’ भन्छन् भने कसरी उहाँ तिनका पुत्र हुन सक्छन्?”
यसको जवाफमा कसैले एक शब्द पनि भन्न सकेन। त्यस दिनदेखि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेन।