शब्बाथ दिनको भोलिपल्ट हप्ताको पहिलो दिन, एकाबिहानै मरियम मग्दलिनी र अर्की मरियम येशूलाई राखिएको चिहान हेर्न गए।
JA
Copywork
Nepali ONCV Matthew 28장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Matthew
अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एक जना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, र त्यसमाथि बसे।
तिनको मुहार बिजुली चम्केजस्तो र लुगा हिँउजस्तो सेतो थियो।
ती पहरेदारहरू यति साह्रो डराए कि तिनीहरू काँपे, र मरेतुल्य भए।
ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु।
उहाँ यहाँ हुनुहुन्न: उहाँले भन्नुभएझैँ उहाँ जीवित हुनुभएको छ। आओ, र उहाँलाई राखिएको ठाउँ हेर।
तब झट्टै गई उहाँका चेलाहरूलाई यसो भनिदेओ: ‘उहाँ मरेकाहरूबाट जीवित भई उठ्नुभएको छ। अनि तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर मैले तिमीहरूलाई भनिदिएको छु।”
त्यसकारण ती स्त्रीहरू डराएका भए तापनि आनन्दसाथ चिहानबाट हतार-हतार उहाँका चेलाहरूलाई खबर दिन दगुरे।
अचानक येशूले तिनीहरूलाई भेट्नुभयो, र भन्नुभयो, “अभिवादन!” तिनीहरू उहाँकहाँ गए, र उहाँको पाउ पक्री उहाँलाई दण्डवत् गरे।
तब येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”
ती स्त्रीहरू बाटोमा छँदै, पहरेदारहरूमध्ये केही सहरमा गए। अनि जे भएको थियो, सो प्रत्येक कुरा मुख्य पुजारीहरूलाई बताइदिए।
जब मुख्य पुजारीहरूले प्रधानहरूलाई भेटे, तब तिनीहरूले एउटा योजना बनाए। तिनीहरूले सिपाहीहरूलाई धेरै घूस दिए,
अनि भने, “तिमीहरूले ‘उहाँका चेलाहरूले राति हामी सुतेको बेला आएर उहाँलाई चोरेर लगे’ भन्नू।
यदि यो खबर हाकिमकहाँ पुग्यो भने हामी तिनलाई सन्तुष्ट पार्नेछौँ, र तिमीहरूलाई विपत्तिमा पर्न दिनेछैनौँ।”
यसकारण ती सिपाहीहरूले घूस लिए, र तिनीहरूलाई अह्राएबमोजिम गरे। आजसम्म पनि यही कथा यहूदीहरूको बीचमा फैलिएको छ।
तब ती एघार जना चेलाहरू गालीलको पहाडमा गए, जहाँ येशूले तिनीहरूलाई जानू भन्नुभएको थियो।
तिनीहरूले उहाँलाई देखे, र दण्डवत् गरे: तर कतिले त शङ्का गरे।
तब येशू तिनीहरूकहाँ आउनुभयो र भन्नुभयो, “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।
यसकारण जाओ, र सबै राष्ट्रहरूमा गएर चेला बनाओ, र तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ,
मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। निश्चय म यस युगको अन्त्यसम्म, सधैँ नै तिमीहरूको साथमा रहनेछु।”