पाँच दिनपछि प्रधान पुजारी हननिया आफ्ना साथमा केही प्रधानहरू र तर्तुल्लस नामको एक जना वकील लिएर कैसरिया पुगे; र त्यहाँ तिनीहरूले राज्यपालका सामु पावलका विरुद्ध आफ्नो मुद्दा पेश गरे।
JA
Copywork
Nepali ONCV Acts 24장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Acts
जब पावल त्यहाँ बोलाइए, तर्तुल्लसले आफ्नो पक्ष फेलिक्सको सामु यसरी प्रस्तुत गरे: “हजुरको अधीनमा हामीले लामो समयदेखि शान्ति अनुभव गरिरहेका छौँ र हजुरको दूरदर्शिताले यस राष्ट्रमा धेरै सुधार भएको छ।
हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौँ।
तर हजुरलाई झर्को नहोस् भनेर छोटकरीमा दया गरी हाम्रो बिन्ती सुनिदिनुहुन म आग्रह गर्दछु।
“यो मानिस एउटा समस्याको जड भएको हामीले पायौँ। संसारभरिका यहूदीहरूमा हुलदङ्गा मच्चाइरहेको छ। यो नासरी पन्थको अगुवा पनि हो।
अनि यसले मन्दिरलाई अपवित्र गर्ने प्रयत्न पनि गर्यो। त्यसैकारण हामीले यसलाई समातेका हौँ। हामीले त हाम्रो आफ्नै व्यवस्थाअनुसार यसको न्याय गर्न खोजेका हौँ।
तर सेनापति लुसियस आएर जबरजस्ती यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो,
र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजुरकहाँ आउने आज्ञा गर्नुभयो। हजुर आफैँले त्यसलाई जाँचेर हामीले यसको विरुद्ध लगाएका यी सबै आरोपहरूको सत्यता जान्न सक्नुहुन्छ।”
त्यहाँ उपस्थित अन्य यहूदीहरूले ती अभियोगहरू सत्य हुन् भन्दै सहमति जनाए।
त्यसपछि राज्यपालले पावललाई आफ्नो पक्ष प्रस्तुत गर्नु भनेकोले पावलले यसरी जवाफ दिए: “धेरै वर्षदेखि हजुर यस राष्ट्रको न्यायाधीश रहनुभएको थाहा पाएर म झन् खुशीसाथ आफ्नो बचाउमा बोल्दछु।
हजुरले सजिलैसँग जाँच गर्न सक्नुहुन्छ, म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन।
यिनीहरूले मलाई मन्दिरमा कसैसँग वाद-विवाद गरिरहेको वा सभाघरहरूमा भीडलाई उक्साइरहेको वा सहरको कुनै भागमा त्यस्तै काम गरिरहेको भेट्टाएका होइनन्।
मेरा विरुद्धमा अहिले तिनीहरूले लगाएका आरोपहरू पनि तपाईं सामु प्रमाणित गर्न सक्दैनन्।
तैपनि तिनीहरूले मार्ग भनेर जसलाई भन्छन्, त्यसको म अनुयायी भएकोले हाम्रा पितापुर्खाहरूको परमेश्वरलाई आराधना गर्दछु भनी म स्वीकार गर्दछु। अगमवक्ताका पुस्तकहरूमा लेखिएका सबै कुरा र व्यवस्थासँग मेल खाने हरेक कुरामा म विश्वास राख्छु।
अनि यी मानिसहरूको जस्तै मेरो पनि परमेश्वरमा त्यही आशा छ, धर्मीहरू र दुष्ट दुवै मरेकाहरूको पुनरुत्थान हुन्छ।
यसकारण म सधैँ परमेश्वर र मानिसका सामु मेरो विवेकलाई सफा राख्ने प्रयास गर्दछु।
“धेरै वर्षको अन्तरालपछि आफ्ना मानिसबाट गरिबहरूका निम्ति दानहरू र भेटीहरू पुर्याउन म यरूशलेममा आएको थिएँ।
यिनीहरूले मलाई मन्दिरमा फेला पार्दा म विधिपूर्वक शुद्ध हुँदैथिएँ। मेरा सामु त्यहाँ कुनै भीड थिएन, न त कुनै उत्पात मच्चाउन म लागेको थिएँ।
तर त्यहाँ एशिया प्रान्तका केही यहूदीहरू थिए, जो यहाँ हजुरको सामु उपस्थित हुनुपर्थ्यो र मेरो विरुद्ध आरोपहरू लगाउनुपर्थ्यो।
अथवा जुन बेला म महासभामा उभिएको थिएँ; र तिनीहरूले ममा कुनै अपराध फेला पारेका छन् भने त्यो कुरा अहिले यहाँ भेला हुनुभएका मानिसहरूले भनून्।
यही एउटा कुरा मात्र मैले उहाँहरू सामु उभिएर कराएको थिएँ: ‘मरेकाहरूको पुनरुत्थान हुन्छ भन्ने सन्दर्भमा मात्रै आज तपाईंहरूसमक्ष मेरो मुद्दा चलिरहेको छ।’ ”
त्यसपछि फेलिक्सले, जो यस मार्गको राम्रो ज्ञान र परिचित भएका हुनाले, मुद्दाको बहसलाई यसै टारिदिए। अनि तिनले भने, “सेनापति लुसियस आएपछि मात्र म तिम्रो मुद्दाको बारेमा मेरो निर्णय दिनेछु।”
त्यसपछि तिनले एउटा सेनापतिलाई पावललाई पाले पहरासहित राख्नू, तर उनलाई केही स्वतन्त्रता भने दिनू र उनका आवश्यकताहरू पूरा गर्न उनका मित्रहरूलाई अनुमति दिनू भनी आदेश दिए।
केही दिनपछि फेलिक्स आफ्नी पत्नी द्रूसिल्लालाई साथमा लिएर त्यहाँ आए, जो यहूदी थिइन्। तिनले पावललाई बोलाए, र ख्रीष्ट येशूमा भएको विश्वासका बारेमा उनले बोलेका कुराहरू ध्यानसित सुने।
जब पावलले धार्मिकता, आत्मनियन्त्रण र आउने दिनहरूको न्यायको बारेमा वर्णन गरे, तब फेलिक्सले भयभीत भएर भने, “अहिलेलाई यति नै वर्णन काफी छ! अब तिमी गए हुन्छ। जब मलाई फुर्सद हुन्छ, म तिमीलाई फेरि बोलाउनेछु।”
साथसाथै पावलले तिनलाई केही घूस देलान् भन्ने तिनको आशा थियो, त्यसैले तिनले उनलाई घरी-घरी बोलाउँथे र तिनीसँगै कुराकानी गर्थे।
जब दुई वर्ष बित्यो, फेलिक्सको पदमा पोर्सियस फेस्तस आए। यहूदीहरूलाई कृपा देखाउन चाहेकाले फेलिक्सले पावललाई झ्यालखानामै छोडे।