तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पुजारीकहाँ गए,
JA
Copywork
Nepali ONCV Acts 9장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Acts
र दमस्कसमा भएका विश्वासी पुरुष र स्त्रीलाई बन्दी बनाई यरूशलेममा ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाममा पत्रहरू मागे।
आफ्नो यात्राको क्रममा उनी जब दमस्कसको नजिकै पुगे, तब अकस्मात् स्वर्गबाट एउटा प्रकाश उनको चारैतिर चम्क्यो।
उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?”
शाऊलले भने, “हे प्रभु, तपाईं को हुनुहुन्छ?”
अब तिमी उठ र दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।”
शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अक्न न बक्क भएर उभिए। किनकि जो तिनीसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्।
शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्याउँदै दमस्कसमा पुर्याए।
तीन दिनसम्म तिनी दृष्टिविहीन भए, र केही खानपिन गरेनन्।
हननिया नाम गरेका एक जना चेला दमस्कसमा थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “हे हननिया!”
प्रभुले तिनलाई भन्नुभयो, “तिमी सीधा नामको सडकमा यहूदाको घरमा जाऊ; र टार्सस निवासी शाऊल नामको व्यक्तिलाई त्यहाँ भेट। ऊ त्यस घरमा प्रार्थना गरिरहेको छ।
उसले हननिया नाम गरेका व्यक्तिले उसको शिरमा आफ्ना हातहरू राखेर फेरि आँखा देख्ने तुल्याएको दर्शनमा देखेको छ।”
तब हननियाले जवाफ दिए, “प्रभु, यस मानिसले यरूशलेममा तपाईंका पवित्र जनहरूलाई सताएको र तिनीहरूमाथि गरेको अत्याचारहरूका बारेमा मैले धेरैजनाबाट सुनेको छु,
र यहाँ पनि हजुरका नाम लिनेहरूलाई बन्दी बनाउन मुख्य पुजारीहरूबाट अधिकार लिएर त्यो मानिस आएको हो।”
तर प्रभुले हननियालाई भन्नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु।
मेरो नामका निम्ति उसले कतिसम्म दुःख भोग्नुपर्छ म उसलाई देखाउनेछु।”
त्यसपछि हननिया त्यस घरभित्र गए। शाऊलको शिरमा आफ्ना हातहरू राखेर उनले यसो भने, “भाइ शाऊल, तिमी यस सहरमा आउँदा तिमीलाई बाटोमा दर्शन दिनुहुने प्रभु येशूले तिमीले फेरि देख्न सक, र तिमी पवित्र आत्माले भरपूर होऊ भनी मलाई यहाँ पठाउनुभएको छ।”
तुरुन्तै शाऊलका आँखाहरूबाट पाप्राहरूजस्ता केही कुरा खसे; र तिनी फेरि देख्न सक्ने भए। तब तिनी उठे, र बप्तिस्मा लिए।
अनि केही खानेकुरा खाएपछि तिनले फेरि शक्ति पाए।
अनि तुरुन्तै तिनले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनेर सभाघरहरूमा प्रचार गर्न सुरु गरे।
तिनका कुरा जति जनाले सुने, ती सबैले अचम्म मानेर सोधे, “के यो मानिस त्यही होइन, जसले यरूशलेममा यही नाम लिने मानिसहरूमाथि ठूलो अत्याचार गरेको थियो? त्यति मात्र होइन, यहाँ पनि यो नाम लिने मानिसहरूलाई समातेर मुख्य पुजारीहरूकहाँ सुम्पन यो आएको होइन र?”
तर शाऊल झन्-झन् शक्तिशाली हुँदै प्रचार गर्न थाले र दमस्कसका यहूदीहरूका बीच येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाणित गरेर तिनीहरूलाई छक्क पारे।
धेरै दिन बितेपछि, यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र गरे।
तर शाऊलले तिनीहरूका योजना थाहा पाए। तिनलाई मार्न सहरका ढोकाहरूमा मानिसहरू दिनरात पहरा दिन थाले।
तर तिनका चेलाहरूले मध्यरातको पहरमा तिनलाई एउटा डालोभित्र राखेर पर्खालको प्वालबाट बाहिर निकाले।
यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्न खोजे। तर तिनीहरू सबै जना उनीसँग डराए; किनकि शाऊल पनि चेला भइसकेको तथ्यलाई तिनीहरूले विश्वास गर्न सकेनन्।
तर बारनाबासले तिनलाई प्रेरितहरूकहाँ लिएर गए। दमस्कसको आफ्नो यात्रामा शाऊलले कसरी प्रभुलाई देखे, कसरी प्रभु तिनीसँग बोल्नुभयो, र त्यस सहरमा कसरी उनले साहससाथ येशूको नामको प्रचार गरे, यी सबै कुरा बारनाबासले तिनीहरूलाई बताए।
त्यसपछि शाऊल तिनीहरूसँगै बसे। अनि यरूशलेममा स्वतन्त्र भएर घुम्दै साहससाथ प्रभुको नामको प्रचार गर्न थाले।
ग्रीकभाषी यहूदीहरूका बीच उहाँको नामको वर्णन गर्नुको साथै उनीहरूसँगै वाद-विवाद पनि गरे। तर तिनीहरूले तिनलाई मार्ने योजना बनाए।
यो कुरा अरू विश्वासीजनहरूले थाहा पाएपछि तिनलाई कैसरियामा ल्याई त्यहाँबाट टार्सस पठाइदिए।
त्यसपछि यहूदिया, गालील र सामरियाका मण्डलीमा केही शान्ति छायो र मण्डली सुदृढ भयो। तब मानिसहरू प्रभुको डरमा जिउन थाले, र पवित्र आत्माद्वारा उत्साह पाएर तिनीहरू संख्यामा वृद्धि हुँदैगए।
पत्रुस विभिन्न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्ने पवित्र जनहरूलाई भेट्न गए।
तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे।
पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको तुल्याउनुहुन्छ। उठ र आफ्नो ओछ्यान मिलाऊ।” तब एनियास तुरुन्तै उठ्यो।
त्यसपछि लिड्डा र शारोनमा बस्ने सबै जनाले त्यसलाई देखे, र प्रभुमा फर्के।
योप्पा सहरमा तबीता (ग्रीक भाषामा उनलाई डोरकास भनिन्थ्यो) नामकी एक जना बहिनी थिइन्। तिनी सदा असल कार्य गरिरहन्थिन् र गरिबहरूलाई सहायता पनि गर्ने गर्थिन्।
त्यही समयमा तिनी बिरामी भइन्, र मरिन्। तिनलाई नुहाइदिएर माथिल्लो तलाको कोठामा राखियो।
लिड्डाचाहिँ योप्पाको नजिकै थियो। त्यसैले चेलाहरूले पत्रुस लिड्डामा भएको सुनेर तिनीहरूले दुई जनालाई तिनीकहाँ पठाएर अनुरोध गरे, “कृपया तुरुन्तै आउनुहोस्।”
तब पत्रुस तिनीहरूसँग गए, र जब तिनी त्यहाँ पुगे, उनलाई माथि कोठामा लगियो। सबै विधवाहरू उनको चारैतिर उभिएर रुँदै तिनीहरूसँग भएको बेला डोरकासले बनाएका पोशाक र अरू लुगाहरू तिनीहरूले देखाए।
त्यस कोठाभित्र भएका सबैलाई पत्रुसले बाहिर पठाए। त्यसपछि उनले घुँडा टेकेर प्रार्थना गरे। मरेकी स्त्रीतिर फर्केर उनले भने, “तबीता, उठ!” अनि तिनले आफ्ना आँखाहरू खोलिन्, र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन्।
पत्रुसले हातले समातेर तिनलाई आफ्नै खुट्टामा उभिन मदत गरे। त्यसपछि तिनले विधवा तथा पवित्र जनहरूलाई कोठाभित्र बोलाए। अनि जीवित तबीतालाई तिनीहरूकहाँ सुम्पिदिए।
यो घटना सम्पूर्ण योप्पा सहरबासीले थाहा पाए। अनि धेरै जनाले प्रभुमा विश्वास गरे।
त्यसपछि, पत्रुस योप्पा सहरमा सिमोन नामको एक जना छालाको काम गर्नेको घरमा केही दिनसम्म बसे।