scripture.how Bible Copywork
EN

Copywork

Nepali ONCV Esther 2장

Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.

KO Korean
ZH Chinese
JA Japanese
HI Hindi
BN Bengali
TA Tamil
TE Telugu
ML Malayalam
FA Persian
MY Burmese
NE Nepali
MR Marathi
KN Kannada
HA Hausa
YO Yoruba
SW Swahili
IG Igbo
ID Indonesian
TSI
PT Portuguese
VI Vietnamese
AR Arabic
AVD
RU Russian
UK Ukrainian
RO Romanian
BTF
IT Italian
FI Finnish
TO Tongan
HR Croatian
SR Serbian
TR Turkish
HU Hungarian
PL Polish
SK Slovak
LA Latin
NL Dutch
CS Czech
FR French
ES Spanish
DE German
ETC Other languages
2:1
Waiting

त्यसपछि जब राजा अहासूरसको क्रोध शान्त भयो, तब उनलाई वश्तीको याद आयो; अनि तिनले गरेको कुरा र उनको विरोधमा निकालिएको उर्दीलाई उनले सम्झना गरे।

2:2
Waiting

तब राजाका व्यक्तिगत सेवकहरूले यसो भनी प्रस्ताव गरे, “राजाका निम्ति सुन्दरी कन्याहरूको खोजी गरियोस्।

2:3
Waiting

ती सबै सुन्दरी केटीहरूलाई शूशनको राजधानीमा भएको स्त्री-गृहमा ल्याइयोस् भनेर राजाले आफ्नो राज्यका प्रत्येक प्रान्तमा उच्‍च कर्मचारीहरू नियुक्त गरून्। ती कन्याहरूलाई स्त्री-गृहको जिम्मावाल रहेका राजाका नपुंसक हेगेको अधीनमा राखियोस्; अनि तिनीहरूलाई सुन्दर बनाउने सिङ्गार-पटारका सामग्रीहरू दिइयोस्।

2:4
Waiting

अनि जुन स्त्रीले राजालाई रिझाउँछे, उही नै वश्तीको सट्टामा रानी होस्।” यो सल्‍लाह राजालाई असल लाग्यो, तब तिनले त्यस्तै गरे।

2:5
Waiting

शूशनको राजधानीमा मोर्दकै नाम भएका एक जना यहूदी थिए, जो याईरका छोरा शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए;

2:6
Waiting

उनी बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैद गरेर लगिएकाहरू मध्येका एक थिए।

2:7
Waiting

मोर्दकैकी हदस्सा नाम भएकी एउटी बहिनी थिइन्। तिनका बुबाआमा कोही पनि थिएनन्। यसकारण मोर्दकैले नै तिनलाई हुर्काएका थिए। मोर्दकैले तिनका बुबाआमाको मृत्युपछि तिनलाई आफ्नी छोरीझैँ धर्म-पुत्री बनाएर राखेका थिए। तिनलाई एस्तर नामले पनि चिनिन्थ्यो; तिनी एउटी राम्रो जीउडाल भएकी सुन्दरी थिइन्।

2:8
Waiting

त्यसपछि जब राजाको आदेश र उर्दीको घोषणा भयो, तब शूशन राजधानीमा हेगेको जिम्मामा धेरै युवतीहरू भेला गराइए। तब एस्तरलाई पनि राजमहलमा ल्याइयो; अनि स्त्री-गृहको जिम्मावाल हेगेको जिम्मामा राखियो।

2:9
Waiting

एस्तरले हेगेलाई खुशी पारिन्, र तिनको निगाह प्राप्‍त गरिन्। तिनले तत्कालै एस्तरलाई सौन्दर्यका सामग्रीहरू र विशेष भोजनको प्रबन्ध गरिदिए। तिनले एस्तरलाई राजाको महलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए। अनि तिनी र तिनका सहेलीहरूलाई स्त्री-गृहको विशेष सुविधा भएको ठाउँमा राखिदिए।

2:10
Waiting

एस्तरले आफ्नो जातीय पृष्‍ठभूमि र परिवारको बारेमा प्रकट गरेकी थिइनन्; किनकि मोर्दकैले तिनलाई त्यसै गर्न सल्‍लाह दिएका थिए।

2:11
Waiting

एस्तर कस्तो अवस्थामा छिन् र तिनलाई के-कसो हुँदैछ, सो पत्ता लगाउन मोर्दकै दिनहुँ त्यस स्त्री-गृहको आँगनबाट भएर ओहोर-दोहोर गर्थे।

2:12
Waiting

कुनै पनि युवती एक-एक गरी राजा अहासूरसकहाँ जाने पालो आउनअगि तिनीहरूको लागि तोकिएको सिङ्गार-पटारको बाह्र महिना पूरा गर्नुपर्थ्यो। छ महिनासम्म मूर्रको तेलले, छ महिनासम्म सिङ्गार मसला र अत्तरको तेलले मालिश गरिन्थ्यो।

2:13
Waiting

यसरी ऊ राजाकहाँ जानुपर्थ्यो: युवतीहरूले स्त्री-गृहबाट आफूसँग राजाकहाँ लैजान चाहेका कुनै पनि चीज उसलाई लैजान दिइन्थ्यो।

2:14
Waiting

बेलुकी ऊ राजाकहाँ जान्थी, र भोलिपल्ट बिहान उपपत्नीहरूका जिम्मावाल रहेका राजाका नपुंसक शाश्गजको रेख-देखमा रहन स्त्री-गृहको अर्को ठाउँमा जान्थी। राजा ऊसँग प्रसन्‍न भएर उसको नाम काढेर नबोलाएसम्म ऊ राजाकहाँ फेरि जान पाउँदिनथिई।

2:15
Waiting

जब एस्तरको (जसलाई मोर्दकैले धर्म-पुत्री बनाएका थिए, तिनी मोर्दकैका काका अबीहेलकी छोरी थिइन्) राजाकहाँ जाने पालो आयो, तब तिनले स्त्री-गृहको जिम्मामा रहेका राजाका नपुंसक हेगेले सल्‍लाह दिएका कुराबाहेक अरू केही मागिनन्। यसरी एस्तरलाई देख्ने सबैको दृष्‍टिमा तिनले कृपा पाइन्।

2:16
Waiting

तिनलाई दसौँ महिना अर्थात् तेबेत महिनामा, राजाको शासनकालको सातौँ वर्षमा राजा अहासूरसको राजभवनभित्र लगियो।

2:17
Waiting

राजा अरू सबै स्त्रीहरूभन्दा एस्तरप्रति बढी आकर्षित भए; अनि तिनले अरू कन्याहरूले भन्दा बढी राजाको कृपा र निगाह पाइन्। यसकारण राजाले तिनको शिरमाथि राजसी मुकुट पहिराइदिए, र तिनलाई वश्तीको सट्टामा रानी तुल्याए।

2:18
Waiting

त्यसपछि राजाले एस्तरको सम्मानमा आफ्ना सबै भारदार र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। तिनले सबै प्रान्तभरि बिदाको घोषणा गरे; अनि राजाको उदारताअनुसार राजकीय उपहारहरू बाँडे।

2:19
Waiting

कन्याहरू दोस्रो पटक भेला भएको बेला, मोर्दकैचाहिँ राजाको दरबारको मूलढोकामा उपस्थित थिए।

2:20
Waiting

तर मोर्दकैले एस्तरलाई आफ्नो परिवार र जातियताको कुरा गुप्‍त राख्न भनेझैँ, तिनले त्यसै गरेकी थिइन्; किनकि मोर्दकैले उनलाई हुर्काउँदै गर्दा सिकाएका तिनका आदेशहरू पालन गर्दै आएकी थिइन्।

2:21
Waiting

मोर्दकै राजाको मूलढोकामा बसिरहेको समयमा, ढोकाको रक्षा गर्ने राजाका दुई जना अधिकारीहरू, बिग्थाना र तेरेश रिसाएका थिए; अनि राजा अहासूरसलाई मार्ने षड्यन्त्र खोज्न थाले।

2:22
Waiting

तर यो षड्यन्त्र मोर्दकैलाई थाहा भयो, तब त्यो कुरा रानी एस्तरलाई बताइदिए; अनि तिनले त्यसको श्रेय मोर्दकैलाई दिँदै त्यो कुरा राजालाई सुनाइदिइन्।

2:23
Waiting

अनि जब त्यस कुराको जाँचबुझ भयो, तब त्यो सत्य ठहरियो। तब ती दुवै अधिकारीहरूलाई फाँसीको सजाय दिएर खाँबोमा झुण्ड्याइयो। यी सबै कुरा राजाकै उपस्थितिमा इतिहासका पुस्तकमा लेखियो।