scripture.how Bible Copywork
EN

Copywork

Nepali ONCV Esther 9장

Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.

KO Korean
ZH Chinese
JA Japanese
HI Hindi
BN Bengali
TA Tamil
TE Telugu
ML Malayalam
FA Persian
MY Burmese
NE Nepali
MR Marathi
KN Kannada
HA Hausa
YO Yoruba
SW Swahili
IG Igbo
ID Indonesian
TSI
PT Portuguese
VI Vietnamese
AR Arabic
AVD
RU Russian
UK Ukrainian
RO Romanian
BTF
IT Italian
FI Finnish
TO Tongan
HR Croatian
SR Serbian
TR Turkish
HU Hungarian
PL Polish
SK Slovak
LA Latin
NL Dutch
CS Czech
FR French
ES Spanish
DE German
ETC Other languages
9:1
Waiting

अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिनमा, राजाले दिएको आदेश पालन गरिनुपर्नेथियो। त्यस दिन यहूदीहरूका शत्रुहरूले यहूदीहरूलाई जित्ने आशा राखेका थिए। तर त्यसको ठिक विपरीत यहूदीहरूले आफ्ना शत्रुहरूमाथि विजय पाए।

9:2
Waiting

यहूदीहरू तिनीहरूलाई नाश गर्न चाहनेहरूमाथि आक्रमण गर्न भेला भए; अनि राजा अहासूरसका सबै प्रान्तहरूमा भएका यहूदीहरू सहरहरूमा भेला भए। अरू सबै जातिका मानिसहरू तिनीहरूसित डराएका कारण यहूदीहरूको विरुद्धमा कोही पनि खडा हुन सकेनन्।

9:3
Waiting

अनि मोर्दकैको डरको कारण प्रान्तहरूका सबै अधिकारीहरू, बडाहाकिमहरू, अधिकृतहरू र राजाका प्रशासकहरूले यहूदीहरूलाई सघाए।

9:4
Waiting

राजमहलमा मोर्दकै प्रमुख भए, र तिनको ख्याति प्रान्तहरूभरि फैलिएको थियो; अनि तिनी झन्-झन् शक्तिशाली हुँदैगए।

9:5
Waiting

यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई तरवारले प्रहार गरेर मारे; अनि तिनीहरूले आफूलाई घृणा गर्नेहरूलाई जे गर्न चाहन्थे, त्यही गरे।

9:6
Waiting

राजधानी शूशनमा यहूदीहरूले पाँच सय मानिसहरूलाई मारेर नाश गरे।

9:7
Waiting

तिनीहरूले पर्शन्दाता, दल्फोन, अस्पाता,

9:8
Waiting

पोराता, अदलिया, अरीदाता,

9:9
Waiting

पर्मशता, अरीशै, अरीदै र बैजातालाई पनि मारे,

9:10
Waiting

जो हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दश जना छोराहरू थिए। तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।

9:11
Waiting

राजधानी शूशनमा मारिएकाहरूको संख्या त्यसै दिन राजालाई सुनाइयो।

9:12
Waiting

राजाले रानी एस्तरलाई भने, “यहूदीहरूले राजधानी शूशनमा पाँच सय मानिसहरू र हामानका दश जना छोराहरूलाई मारेर नाश गरेका छन् भने तिनीहरूले राजाका बाँकी प्रान्तहरूमा के गरे होलान्? अब तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। तिमी के चाहन्छ्यौ? त्यो पनि गरिनेछ।”

9:13
Waiting

तब एस्तरले जवाफ दिइन्, “राजालाई असल लाग्यो भने शूशनमा भएका यहूदीहरूलाई आजको उर्दी भोलि पनि पालन गर्न दिनुहोस्; अनि हामानका दश जना छोराहरूलाई फाँसी दिने काठमा झुण्ड्याइयोस्।”

9:14
Waiting

यसकारण राजाले त्यसो गर्ने आज्ञा दिए। शूशनमा एउटा उर्दी जारी गरियो; अनि तिनीहरूले हामानका दश जना छोराहरूलाई झुण्ड्याए।

9:15
Waiting

शूशनमा भएका यहूदीहरू अदार महिनाको चौधौँ दिन एकसाथ भेला भए, र तिनीहरूले शूशनमा तीन सय मानिसहरूलाई मारे; तर तिनीहरूले लुटपाटमा भने हात लगाएनन्।

9:16
Waiting

त्यसै बेला राजाका प्रान्तमा भएका बाँकी यहूदीहरू पनि आफूलाई आफ्ना शत्रुहरूदेखि रक्षा गर्नलाई भेला भए। यहूदीहरूले उनीहरूका पचहत्तर हजार मानिसहरूलाई मारे; तर लुटपाटमा हात लगाएनन्।

9:17
Waiting

यो घटना अदार महिनाको तेह्रौँ दिनमा भएको थियो, र चौधौँ दिनमा तिनीहरूले विश्राम लिए। अनि त्यस दिनलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए।

9:18
Waiting

शूशनमा भएका यहूदीहरू तेह्रौँ र चौधौँ दिनमा भेला भए; अनि पन्ध्रौँ दिनमा तिनीहरूले विश्राम गरे। अनि त्यसलाई तिनीहरूले उत्सव र आनन्दको दिन ठहराए।

9:19
Waiting

यसैकारण टाढा-टाढाका सहरहरूमा बस्‍ने यहूदीहरूले अदार महिनाको चौधौँ दिनलाई आनन्द र भोजको उत्सव मान्छन्; अनि एक-अर्कालाई उपहारहरू पठाउँछन्।

9:20
Waiting

मोर्दकैले यी घटनाहरूका विषयमा लेखे; अनि तिनले राजा अहासूरसका सबै प्रान्तहरूमा नजिक र टाढा सबै ठाउँमा रहेका यहूदीहरूलाई

9:21
Waiting

वर्षेनी अदार महिनाको चौधौँ र पन्ध्रौँ दिनलाई यहूदीहरूले उत्सव मनाउनुपर्छ भनेर पत्रहरू पठाए।

9:22
Waiting

यहूदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाएको दिनको रूपमा; अनि तिनीहरूको दुःखको शोकबाट आनन्द र विलापबाट उत्सवमा परिणत भएको महिनाको रूपमा मान्‍न स्थापित गरे। तिनीहरूले यी दिनहरूलाई भोज र आनन्दको दिनको रूपमा मनाउन र एक-आपसमा भोजनको सौगात पठाऊन् र गरिबहरूलाई उपहार देऊन् भनेर तिनीहरूलाई पत्र लेखे।

9:23
Waiting

यसकारण मोर्दकैले लेखेअनुसार यहूदीहरूले गरे; अनि तिनीहरूले सुरु गरेको उत्सवलाई कायम राख्नलाई सहमत भए।

9:24
Waiting

किनकि अगागी हम्मदाताका छोरा सारा यहूदीहरूका शत्रु हामानले यहूदीहरूलाई नाश गर्न भनी षड्यन्त्र गरेका थिए; अनि तिनीहरूको विनाश र सर्वनाशको निम्ति पूर (अर्थात् चिट्ठा) हालेका थिए।

9:25
Waiting

तर जब त्यो षड्यन्त्र राजाको नजरमा पर्‍यो, तब राजाले यहूदीहरूको विरुद्धमा हामानले गरेको योजना त्यसकै टाउकोमाथि परोस्; अनि त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनेर लिखित उर्दी जारी गरे।

9:26
Waiting

(यसकारण यी दिनहरूलाई पूर शब्दबाट आएको हुनाले पूरीम भनिन्छ।) किनकि यस पत्रमा लेखिएका सबै कुराहरू, र तिनीहरूले जे-जे देखेका थिए; अनि तिनीहरूमाथि जे-जे घटना घटेका थिए, ती सबैको कारणले गर्दा

9:27
Waiting

यहूदीहरू, तिनीहरूका सन्तान र आफूसित मिल्न आउने सबैले प्रत्येक वर्ष यी दुई दिनहरूलाई लेखिएअनुसार र तोकिएको समयअनुसार अवश्य पालन गर्नुपर्ने रीति स्थापित गर्ने जिम्मा यहूदीहरू आफैँले लिए।

9:28
Waiting

यी दिनहरूलाई प्रत्येक पुस्ता, प्रत्येक परिवार, प्रत्येक प्रान्तमा र प्रत्येक सहरमा सम्झना गर्नुपर्छ र मनाउनुपर्छ। अनि पूरीमका यी दिनहरूलाई यहूदीहरूले चाड मनाउन कहिल्यै छाड्नुहुन्‍न, न त यी दिनहरूको सम्झना तिनीहरूका सन्तानहरूको बीचबाट नष्‍ट हुन दिनुहुन्छ।

9:29
Waiting

यसकारण अबीहेलकी छोरी रानी एस्तरले यहूदी मोर्दकैसित मिलेर पूरीमको विषयमा यो दोस्रो पत्रलाई पुष्‍टि गर्न पूर्ण आधिकारिक रूपमा लेखिन्।

9:30
Waiting

अनि मोर्दकैले अहासूरसका सबै 127 वटा राज्यहरूमा शान्ति र शुभकामनाका पत्रहरू पठाए।

9:31
Waiting

पूरीमका यी दिनहरू यहूदी मोर्दकै र रानी एस्तरले आदेश दिएझैँ, तिनीहरूले त्यो उपवास र विलापको समय स्थापित गरेझैँ, ती आफ्नो र आफ्ना सन्तानहरूका निम्ति तोकिएको समयमा स्थापना गरेर मनाउनुपर्ने भन्‍ने बारेमा लेखिएको थियो।

9:32
Waiting

एस्तरको आदेशले पूरीमका यी नियमहरूलाई पक्‍का गर्‍यो। अनि ती उर्दीहरू आधिकारिक रूपमा पुस्तकमा लेखेर राखियो।