scripture.how Bible Copywork
EN

Copywork

Nepali ONCV Esther 6장

Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.

KO Korean
ZH Chinese
JA Japanese
HI Hindi
BN Bengali
TA Tamil
TE Telugu
ML Malayalam
FA Persian
MY Burmese
NE Nepali
MR Marathi
KN Kannada
HA Hausa
YO Yoruba
SW Swahili
IG Igbo
ID Indonesian
TSI
PT Portuguese
VI Vietnamese
AR Arabic
AVD
RU Russian
UK Ukrainian
RO Romanian
BTF
IT Italian
FI Finnish
TO Tongan
HR Croatian
SR Serbian
TR Turkish
HU Hungarian
PL Polish
SK Slovak
LA Latin
NL Dutch
CS Czech
FR French
ES Spanish
DE German
ETC Other languages
6:1
Waiting

त्यस रात राजा सुत्नै सकेनन्; यसकारण तिनले आफ्नो शासनकालको ऐतिहासिक विवरणहरूको पुस्तक पढेर सुनाउने हुकुम गरे।

6:2
Waiting

अनि त्यस विवरणमा राजा अहासूरसको विरुद्ध षड्यन्त्र रचेर राजालाई मार्न खोज्ने द्वारपालहरू, बिग्थाना र तेरेशको योजनाको बारेमा मोर्दकैले बताइदिएको विषयमा लेखिएको थियो।

6:3
Waiting

अनि राजाले सोधे, “यस कामका लागि मोर्दकैलाई कुन सम्मान र कस्तो इनाम दिइयो त?”

6:4
Waiting

अनि राजाले सोधे, “चोकमा को छ?” त्यस बेला हामान मोर्दकैलाई झुण्ड्याउन तयार पारेको फाँसीको काठको विषयमा राजासित कुरा गर्न भनी राजमहलको बाहिरी चोकभित्र प्रवेश गरेका थिए।

6:5
Waiting

यसकारण राजाका सेवकहरूले तिनलाई भने, “चोकमा हामान उभिरहेका छन्।”

6:6
Waiting

जब हामान भित्र पसे, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन चाहेको मानिसलाई के गरिनुपर्छ?”

6:7
Waiting

यसकारण तिनले राजालाई जवाफ दिए, “जुन मानिसलाई सम्मान दिन राजा इच्छुक हुनुहुन्छ,

6:8
Waiting

उहाँले लगाउनुभएको राजकीय वस्त्र ल्याइयोस्, उहाँ सवार हुनुहुने घोडा र शिरमा लगाइएको मुकुट ल्याइयोस्।

6:9
Waiting

त्यसपछि त्यो वस्त्र र त्यो घोडा राजाका मुख्य राजकुमारहरूमध्ये एक जनाको जिम्मामा दिइयोस्। तिनीहरूले राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई त्यो वस्त्र पहिर्‍याइदेऊन्; अनि तिनलाई त्यस घोडामाथि सवार गराएर सहरका सडकहरूमा डोर्‍याऊन्, र तिनको अगि-अगि यसो भनेर घोषणा गर्दै जाऊन् ‘राजाले सम्मान दिन चाहेका मानिसलाई यसै गरिन्छ।’ ”

6:10
Waiting

तब राजाले हामानलाई आज्ञा दिए, “झट्टै गएर वस्त्र र घोडा ल्याऊ, र तिमीले सल्‍लाह दिएअनुसार राजाको मूलढोकामा बसिरहेका यहूदी मोर्दकैको निम्ति त्यसै गर। तिमीले सिफारिस गरेका कुनै पनि कुरा नछोड्नू।”

6:11
Waiting

यसकारण हामानले त्यो वस्त्र र त्यो घोडा ल्याए। तिनले मोर्दकैलाई वस्त्र पहिर्‍याए; अनि घोडामा चढाएर सहरका सडकहरूमा, “राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई यस्तै गरिन्छ!” भन्दै घोषणा गर्दै डोर्‍याए।

6:12
Waiting

त्यसपछि मोर्दकै राजाको मूलढोकामा फर्किआए। तर हामानचाहिँ शोकले झुकेको शिर छोपेर हतार-हतार गर्दै घरतिर गए।

6:13
Waiting

अनि आफ्नी पत्नी जेरेश र आफ्ना सबै साथीहरूलाई तिनीमाथि भएका सबै कुरा बताए।

6:14
Waiting

तिनीहरू हामानसित कुरा गरिरहेकै बेला राजाका नपुंसकहरू आए; अनि एस्तरले तयार पारेको भोजमा तिनलाई लगिहाले।