तेस्रो दिन एस्तरले आफ्नो राजकीय वस्त्र पहिरिन्, र राजमहलको भित्री चोकमा राज कक्षको सामु उभिइन्। राजाचाहिँ कक्षको राजकीय सिंहासनमा प्रवेशद्वारतिर फर्केर बसेका थिए।
EN
Copywork
Nepali ONCV Esther 5장
Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.
Practice by section · Esther
जब राजाले रानी एस्तरलाई चोकमा उभिरहेकी देखे, तब राजा तिनलाई देखेर खुशी भए; अनि आफ्नो हातमा भएको सुनको राजदण्ड एस्तरतिर पसारे। तिनी नजिक गइन् र राजदण्डको टुप्पो छोइन्।
तब राजाले सोधे, “रानी एस्तर, तिम्रो बिन्ती के हो? तिमी के चाहन्छौँ? तिमीले आधा राज्य नै माग्यौ भने पनि त्यो तिमीलाई दिइनेछ।”
एस्तरले जवाफ दिइन्, “महाराजालाई असल लाग्यो भने हजुरको निम्ति मैले तयार गरेको भोजमा आज राति हामानको साथमा हजुरको सवारी होस्।”
राजाले भने, “हामानलाई झट्टै बोलाओ, र एस्तरले भनेझैँ हामी भोजमा जान सकौँ।”
तिनीहरूले दाखमद्य पिउँदै गरेको बेला राजाले एस्तरलाई फेरि सोधे, “तिम्रो बिन्ती के छ? त्यो तिमीलाई दिइनेछ। अनि तिम्रो अनुरोध के छ? आधा राज्य नै भए तापनि त्यो दिइनेछ।”
एस्तरले जवाफ दिइन्, “मेरो बिन्ती र मेरो अनुरोध यही हो:
यदि राजाले ममाथि निगाह गर्नुहुन्छ, मेरो बिन्ती र मेरो माग पूरा गर्न राजालाई असल लाग्छ भने मैले हजुरहरूको निम्ति तयार पार्ने भोजमा राजा र हामानको सवारी होस्। तब म भोलि राजाको प्रश्नको उत्तर दिनेछु।”
त्यस दिन हामान रमाउँदै र मनमा खुशी हुँदै निस्केर गए। तर जब तिनले राजाको मूलढोकामा मोर्दकै तिनको अगि न खडा भएको, न त तिनको उपस्थितिमा डराएको देखे, तब तिनी मोर्दकैसित रिसले चुर भए।
तरै पनि हामानले आफूलाई सम्हालेर तिनी घरतिर गए।
अनि हामानले तिनीहरूलाई आफ्नो सम्पत्ति, आफ्ना धेरै छोराहरू, र राजाले कसरी तिनलाई धेरै सम्मान दिएका कुराहरू, अनि तिनले आफूलाई अरू प्रमुख व्यक्तिहरू र अधिकारीहरूभन्दा उच्च पदमा नियुक्त गरेको बारेमा धाक लगाए।
हामानले भने, “अनि यति मात्र होइन, रानी एस्तरले दिएको भोजमा राजासित बस्न पाउने व्यक्ति म मात्र हुँ।” अनि भोलि पनि रानीले राजासित मलाई निम्तो दिएकी छिन्।
तर पनि जबसम्म त्यो यहूदी मोर्दकैलाई राजाको मूलढोकामा देख्छु, यी सबै कुराहरूले मलाई सन्तुष्टि दिन सक्दैन।
तब तिनकी पत्नी जेरेश र तिनका सबै मित्रहरूले तिनलाई सल्लाह दिए, “पचास क्यूबिट अग्लो एउटा फाँसीको काठ बनाउन लगाउनुहोस्; अनि त्यसैमा बिहान मोर्दकैलाई झुण्ड्याउन राजासँग बिन्ती गर्नुहोस्। त्यसपछि राजासित भोजमा गएर रमाइलो गर्नुहोस्।” यो सल्लाहले हामानलाई खुशी तुल्यायो; अनि तिनले फाँसी दिने काठ तयार गर्न लगाए।