बालामले बालाकलाई भने, “मेरा निम्ति यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढे र सात वटा भेडा तयार पार्नुहोस्।”
JA
Copywork
Nepali ONCV Numbers 23장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Numbers
बालामले भनेजस्तै बालाकले गरे, र ती दुवै जनाले प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।
तब बालामले बालाकलाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ अलि पर जान्छु। सायद याहवेह मसँग भेट गर्न आउनुहुनेछ। उहाँले मलाई जे प्रकाश गर्नुहुन्छ, म तपाईंलाई भन्नेछु।” तब तिनी एउटा उजाड-डाँडातिर गए।
परमेश्वरले तिनीसँग भेट गर्नुभयो र बालामले उहाँलाई भने, “मैले सात वटा वेदीहरू तयार गराएँ; र प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाएँ।”
याहवेहले बालामको मुखमा सन्देश हालिदिनुभयो र भन्नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दिनू।”
यसकारण बालाम बालाककहाँ फर्केर गए। अनि मोआबका राजा र सबै अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए:
तब बालामले आफ्नो सन्देश सुरु गरे:
परमेश्वरले जसलाई श्राप दिनुभएन,
मैले तिनीहरूलाई चट्टानको शिखरबाट हेरेँ;
याकोबको धुलोलाई कसले गन्न सक्छ,
बालाक राजाले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्नलाई बोलाएको हुँ, तर तपाईंले त केही नगरेर तिनीहरूलाई आशिष् पो दिनुभएको छ!”
बालामले जवाफ दिए, “याहवेहले मेरो मुखमा जे दिनुभएको छ, के मैले त्यही बोल्नुपर्दैन र?”
त्यसपछि बालाकले तिनलाई भने, “मसँग अर्को ठाउँमा आउनुहोस्, जहाँबाट तपाईंले तिनीहरूलाई देख्न सक्नुहुन्छ। तपाईंले तिनीहरू सबैलाई होइन, तर तिनीहरूका छाउनीको बाहिरी भाग मात्र देख्न सक्नुहुन्छ। अनि त्यहाँबाट तपाईंले मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्।”
यसकारण बालाक राजाले बालामलाई पिसगाको टुप्पोमा सोफिमको मैदानमा लगे, र त्यहाँ तिनले सात वटा वेदीहरू बनाए। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।
बालामले बालाक राजालाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ उहाँलाई त्यहाँ पर भेट्नेछु।”
याहवेहले बालामसँग भेट गर्नुभयो, र तिनको मुखमा सन्देश दिएर भन्नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दे।”
यसकारण तिनी बालाककहाँ गए। अनि उनलाई मोआबका अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए। बालाकले तिनलाई सोधे, “याहवेहले के भन्नुभयो?”
तब बालामले यसरी आफ्नो सन्देश बोले:
परमेश्वर मानिसजस्तो हुनुहुन्न, उहाँले झूट बोल्नुहुन्न;
मैले आशिष् दिनू भन्ने आज्ञा पाएको छु;
“याकोबमा कुनै दुष्टता देखिँदैन,
परमेश्वरले तिनीहरूलाई इजिप्टबाट निकाल्नुभयो;
याकोबको विरुद्धमा कुनै तन्त्रमन्त्र छैन।
यो जाति सिंहनीझैँ उठ्छन्;
तब बालाक राजाले बालामलाई भने, “तिनीहरूलाई श्राप नदिनुहोस्, र तिनीहरूलाई आशिष् पनि नदिनुहोस्!”
बालामले बालाकलाई जवाफ दिए, “याहवेहले मलाई जे भन्नुहुन्छ, त्यही कुरा भन्नुपर्छ भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”
त्यसपछि बालाक राजाले बालामलाई भने, “आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजानेछु। सायद त्यहाँबाट तपाईंले तिनीहरूलाई मेरा निम्ति सरापेकोमा परमेश्वर खुशी हुनुहोला कि।”
अनि बालाकले बालामलाई पोरको टुप्पामा लगे, जहाँबाट उजाडभूमि देखिन्थ्यो।
तब बालामले बालाकलाई भने, “मेरा लागि यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढेहरू र सात वटा भेडाहरू तयार पार्नुहोस्।”
बालामले भनेजस्तै बालाकले गरे। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए।