जब बालामले इस्राएललाई आशिष् दिँदा याहवेह प्रसन्न हुनुहुन्छ भन्ने कुरा थाहा पाए, तब तिनले अरू बेलाजस्तै टुनामुना गरेनन्। तर तिनले आफ्नो अनुहार उजाडस्थानतिर फर्काएर हेरे।
JA
Copywork
Nepali ONCV Numbers 24장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Numbers
जब तिनले इस्राएलीहरूलाई कुल-कुलअनुसार पाल टाँगेर बसेको देखे; तब परमेश्वरका आत्मा बालाममाथि आउनुभयो।
अनि तिनले आफ्नो सन्देश भन्न थाले:
उसको अगमवाणी, जसले परमेश्वरको वचन सुन्छ,
“हे याकोब, तेरा पालहरू,
“टाढासम्म फैलिएका बेँसीहरूझैँ,
तिनीहरूका भाँडाहरूबाट पानी बगेर निस्कनेछ;
“परमेश्वरले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो;
तिनीहरू सिंहजस्तै पल्टिरहेका छन्, र विश्राम गर्दछन्,
त्यसपछि बालाक राजाको क्रोध बालामप्रति दन्क्यो। तिनले आफ्ना हातहरू एकसाथ ठटाएर बालामलाई भने, “मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएँ, तर तपाईंले तिनीहरूलाई यसरी तीनपल्ट आशिष् दिनुभयो।
अब झट्टै यस ठाउँलाई छोडेर घर गइहाल्नुहोस्! तपाईंलाई ठूलो रकम दिन्छु भनी मैले सोचेको थिएँ। तर याहवेहले तपाईंलाई रकम पाउनबाट रोक्नुभएको छ।”
बालामले बालाक राजालाई जवाफ दिए, “के तपाईंले पठाउनुभएका सन्देश वाहकहरूलाई मैले भनेको थिइनँ,
‘यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिनुभए तापनि याहवेहको आज्ञादेखि बाहिर असल वा खराब म आफ्नो तर्फबाट केही गर्न सक्दिनँ। अनि मैले याहवेहले भन्नुभएको कुरा मात्र भन्नुपर्छ भनेर भनेको थिइनँ र?’
अब म आफ्नै मानिसहरूकहाँ फर्किजाँदैछु। तर सुन्नुहोस्, यी इस्राएली जातिले आउने दिनहरूमा तपाईंका जातिलाई के गर्नेछन्, सो चेतावनी दिन्छु।”
तब बालामले आफ्नो सन्देश भने:
उसको अगमवाणी, जसले परमेश्वरले भन्नुभएको वचन सुन्छ,
“म उहाँलाई देख्छु, तर अहिले होइन;
एदोम पराजित हुनेछ;
याकोबबाट एउटा शासक निस्कनेछ।
तब बालामले अमालेकलाई देखेर आफ्नो सन्देश भने:
तब तिनले केनीहरूलाई देखेर आफ्नो सन्देश भने:
तरै पनि जब अश्शूरले तिमीहरूलाई कैद गरेर लैजान्छन्
तब बालामले सन्देश गरे:
जहाजहरू कित्तीम किनारबाट आउनेछन्;
त्यसपछि बालाम उठे, र आफ्नो घरतिर फर्के। अनि बालाक पनि आफ्नो बाटो लागे।