हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन,
KO
Copywork
Nepali ONCV 잠언 4장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 잠언
म तिमीहरूलाई उचित कुरा सिकाउँछु,
किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ,
मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो,
बुद्धि प्राप्त गर, समझशक्ति प्राप्त गर;
बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ;
बुद्धि सर्वोच्च हो, यसकारण बुद्धि प्राप्त गर।
बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्च पार्नेछ,
यसले तिम्रो शिरमा शोभायमान माला पहिर्याइदिनेछ,
हे मेरो छोराछोरी, सुन;
म तिमीलाई बुद्धिको मार्ग सिकाउँछु,
तिमी हिँड्दा कुनै पनि कुराले तिम्रा पाइलाहरूलाई छेक्नेछैनन्,
अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ;
दुष्टको मार्गमा पाइला नटेक
त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड,
किनकि दुष्टहरू खराब काम नगरी सुत्नै सक्दैनन्;
तिनीहरूले दुष्टताको रोटी खान्छन्
धर्मीको चाल बिहानको पहिलो ज्योतिजस्तै हो,
तर दुष्टको चाल घोर अन्धकारजस्तै हो;
हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ;
ती तिम्रो दृष्टिदेखि अलग हुन नदेऊ;
किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्,
यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख;
तिम्रो मुखबाट भ्रष्टता टाढै रहोस्,
तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्,
तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ,
दाहिने अथवा देब्रेतिर नलाग;