त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियाकहाँ पत्रहरू र एउटा उपहार पठाए; किनकि तिनले उनको बिमार र स्वास्थ्य-लाभको विषयमा सुनेका थिए।
KO
Copywork
Nepali ONCV 이사야 39장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
हिजकियाले दूतहरूलाई हर्षसाथ स्वागत गरेर तिनीहरूलाई आफ्ना भण्डारमा भएका सबै चीजहरूः चाँदी, सुन, मसलाहरू, बहुमूल्य तेल, आफ्ना सारा हतियारहरू राख्ने घर र भण्डारमा भएका प्रत्येक चीज देखाइदिए। हिजकियाले आफ्नो महलमा वा सम्पूर्ण राज्यमा तिनीहरूलाई नदेखाएको कुनै चीज थिएन।
तब अगमवक्ता यशैया राजा हिजकियाकहाँ गएर सोधे, “ती मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?”
तब अगमवक्ताले सोधे, “तिनीहरूले तपाईंको महलमा के-के देखे?”
तब यशैयाले हिजकियालाई भने, “सेनाहरूका याहवेहको वचन सुन्नुहोस्:
त्यो समय निश्चय आउनेछ, जब तेरो महलमा भएको प्रत्येक चीज र तेरा पितापुर्खाहरूले आजको दिनसम्म थुपारेका सबै कुराहरू बेबिलोनमा लगिनेछन्; केही पनि छोडिनेछैन, याहवेह भन्नुहुन्छ।
तेरा केही सन्तान, तेरा आफ्नै मासु र रगत, जो तँबाट जन्मनेछन्, ती लगिनेछन्। तिनीहरू बेबिलोनको राजाको महलमा नपुंसक हुनेछन्।”
हिजकियाले जवाफ दिए, “तपाईंले बोल्नुभएको याहवेहको वचन असल छ।” किनकि तिनले सोचे, “मेरो जीवनकालमा शान्ति र सुरक्षा भइरहनेछ।”