याहवेहले मलाई भन्नुभयो, “एउटा ठूलो पाटी लिएर त्यसमा साधारण कलमले महेर-शालल-हाज-बजको बारेमा लेख्।
KO
Copywork
Nepali ONCV 이사야 8장
성경필사는 빠르게 끝내는 입력 훈련이 아니라, 한 절씩 말씀의 문장과 흐름을 다시 붙드는 시간입니다. 입력 내용은 이 브라우저에 임시 저장되며, 로그인하면 계정에도 저장됩니다.
소제목 단위로 진행 · 이사야
म पुजारी उरियाह र येबेरक्याहको छोरा जकरियालाई आफ्ना निम्ति विश्वासयोग्य साक्षी हुनलाई बोलाउनेछु।”
तब म अगमवादिनीकहाँ गएँ; उनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्माइन्। याहवेहले मलाई भन्नुभयो, “त्यसको नाम महेर-शालल-हाज-बज राख्।
यस बालकले ‘मेरा बुबा’ अथवा ‘मेरी आमा’ भनेर ज्ञान पाउनुअगि दमस्कसको धन र सामरियाको लुटको माल अश्शूरको राजाले लैजानेछ।”
याहवेहले मलाई फेरि भन्नुभयो:
“यस जातिले शीलोको
यसकारण प्रभुले यहूदाका मानिसहरूको विरुद्धमा
अनि यहूदालाई बेगसित बगाएर स्वात्तै लैजानेछ,
हे राष्ट्रहरू हो, युद्धको ध्वनि उठाओ, र चकनाचुर होओ!
आफ्ना उपायहरू बनाओ, तर ती विफल पारिनेछन्;
याहवेहले आफ्नो बलियो हात ममाथि राखेर मलाई यस जातिको मार्गमा नहिँड्न भनी चेतावनी दिँदै मसित बोल्नुभयो। उहाँले भन्नुभयो:
“जुन कुरालाई यस जातिले षड्यन्त्र भन्छ,
तिमीहरूले पवित्र मान्नुपर्ने सेनाहरूका याहवेह नै हुनुहुन्छ;
उहाँ पवित्रस्थान बन्नुहुनेछ;
तिनीहरूमध्ये धेरैले ठेस खानेछन्;
यस साक्षीलाई बाँधेर राख्;
म याहवेहलाई पर्खनेछु,
याहवेहले मलाई दिनुभएका छोराछोरीहरूका साथमा म यहीँ नै छु। सियोन पर्वतमा विराजमान हुनुहुने सेनाहरूका याहवेहतर्फबाट इस्राएलमा हामी अलौकिक चिन्ह र सङ्केतहरू हौँ।
मानिसहरूले तिमीहरूलाई तन्त्रमन्त्र गर्नेहरू र भूतप्रेत खेलाउनेहरूसित सल्लाह लिनुभन्दा के मानिसहरूले आफ्ना परमेश्वरसित सोध्नुपर्दैन र? जिउँदाहरूको पक्षमा किन मरेकाहरूसित सल्लाह लिने?
परमेश्वरको निर्देशन र शिक्षालाई हेर्! यदि तिनीहरू यस वचनअनुसार बोल्दैनन् भने तिनीहरूसित प्रकाश छैन।
तिनीहरू दुःखी र भोका भई देशभरि घुमिहिँड्नेछन्; तिनीहरू क्रोधित भएपछि तिनीहरू रिसले चुर भएर मास्तिर हेर्दै तिनीहरूका राजा र तिनीहरूका परमेश्वरलाई सराप्नेछन्।
त्यसपछि तिनीहरूले पृथ्वीतिर हेर्नेछन्; अनि दुःख, अन्धकार, डरलाग्दो नैराश्य देख्नेछन् र तिनीहरू घोर अन्धकारमा फालिनेछन्।